प्रतिनिधिसभा बैठक : बाढीपहिरो पीडितको उद्धार गर्न माग
शुक्रबार, असार १४, २०८१

इस्मा गाउँपालिकाले प्राविधिक शिक्षा निःशुल्क पढाउने
शुक्रबार, असार १४, २०८१
गुल्मीको इस्मा गाउँपालिकाले जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा विद्यार्थीलाई निःशुल्क रुपमा अध्यापन गराउने भएको छ । इस्मा अन्तर्गत वडा नं ५ मा रहेको जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा अध्ययनरत सबै विद्यार्थीको शुल्क गाउँपालिकाले बेहोर्ने निर्णय गरेको हो ।

एसईईको नतिजा सार्वजनिक
बिहीबार, असार १३, २०८१
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षामा सहभागी भएका चार लाख ६४ हजार सात सय ८५ जनामध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

एसईईको नतिजा बिहीबार सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय
बुधबार, असार १२, २०८१
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार सार्वजनिक गर्ने निर्णय गरेको छ ।

आक्रमणमा १५ प्रहरी अधिकृतको मृत्यु
सोमबार, असार १०, २०८१
दक्षिणी रूसको दागेस्तान गणतन्त्रमा श्रृङ्खलाबद्ध आक्रमणमा कम्तीमा १५ जना प्रहरी अधिकारीको मृत्यु भएको आरआइए नोभोस्तीले स्थानीय अधिकारीलाई उद्धृत गर्दै सोमबार जानकारी गराएको छ ।

गुल्मेली समाज जापानद्वारा अग्निपीडितलाई सहयोग
आइतबार, असार ९, २०८१
गुल्मेली समाज जापानले गुल्मीका ७० अग्निपीडित परिवारलाई रु सात लाख आर्थिक सहयोग गरेको छ । गत वैशाख र जेठमा जिल्लाका विभिन्न स्थानमा भएका आगलागीका घटनाबाट घरबास गुमाएका प्रतिपरिवारलाई रु १० हजारका दरले सहयोग गरिएको हो ।

बुटवलको डेल्टा मार्टमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा
शुक्रबार, असार ७, २०८१
बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा बिहीबार साँझदेखि लागेको आगो नियन्त्रणमा आएको छ । तीन तलाको मार्टको माथिल्लो तलाबाट सुरु भएको आगलागी झण्डै पाँच घण्टापछि नियन्त्रणमा आएको हो ।

ट्रयाक खुलेको १८ वर्षपछि ग्रामीण सडक कालोपत्र गरिँदै
बिहीबार, असार ६, २०८१
अबागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा– जैदीछिस्ती ग्रामीण सडक कालोपत्र गर्न थालिएको छ । चालु आर्थिक वर्षमा संघिय सरकार र जैमिनी नगरपालिकाले विनियोजन गरेको रु ५० लाख गरी रु एक करोडमा सडक कालोपत्र गर्न थालिएको हो । कुश्मिसेरा बजारदेखि सर्कुवा, ब्यार्थला, बिनामारी, जैदीछिस्ती पुग्ने सडकको कालोपत्रसँगै स्तरोन्नतिको कामसमेत भइरहेको छ ।

राष्ट्रपति पौडेल स्वदेश फिर्ता
बुधबार, असार ५, २०८१
राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश र्फकेका छन । उनि स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण पूरा गरी केहीबेर अघि स्वदेश र्फकीएका हुन ।

विपद् जोखिम न्यूनीकरणमा संवेदनशील बन्न आग्रह
बुधबार, असार ५, २०८१
राष्ट्रिय मानव अधिकार आयोगले विपद्जन्य घटनाको न्यूनीकरण, पूर्वतयारी, प्रतिकार्य र व्यवस्थापनपक्षलाई थप चुस्त, सुरक्षित र प्रविधियुक्त बनाउन आग्रह गरेको छ ।

दुबईको जागिर छोडेर गाउँमै घाँसखेती
बुधबार, असार ५, २०८१
गुल्मीको मदाने गाउँपालिका– ३ सिर्सेनीका गोपाल खत्री क्षेत्रीको दैनिकी आजकाल घाँसखेतीमा कट्ने गरेको छ ।

भूकम्पपीडितलाई चाँडो राहत उपलब्ध गराउन माग
मंगलबार, असार ४, २०८१
राष्ट्रियसभा सदस्यहरुले जाजरकोट भूकम्पकपीडितलाई चाँडोभन्दा चँडो राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन । राष्ट्रियसभाको आजको बैठकको विषेश समयमा उनले समयमा नै राहत उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

के के हुन सक्छन् स्थानीय तहका प्राथमिकताका क्षेत्रहरु ?
मंगलबार, असार ४, २०८१
असारको पहिलो हप्ता भएको हुँदा यतिबेला सबैजसो स्थानीय तहहरु नीति तथा कार्यक्रम र बजेट तयारीका क्रममा व्यस्त छन् । आ–आफ्नो तहमा रहेका सवालहरु र क्षमता समेतका आधारमा स्थानीय तहहरुले आर्थिक रुपान्तरण, सेवा प्रवाह र सामाजिक सद्भावमा सकारात्मक रुपान्तरणका लागि तल उल्लेख गरिएका केही सुझावलाई अभ्यासमा ल्याउन सक्छन् ।