युवा पुस्तालाई रोजगार दिन श्रमाधान मेला
बिहीबार, जेठ १७, २०८१

देवदह खयरडाँडामा पुन : उत्खनन
बुधबार, जेठ १६, २०८१
रुपन्देहीको देवदहस्थित खयरडाँडामा स्थानीय सरकारको साझेदारीमा आजदेखि पुनः उत्खनन सुरु गरिएको छ । देवदह नगरपालिकाको आर्थिक तथा लुम्बिनी विकास कोष र पुरातत्व विभागको प्राविधिक सहयोगमा देवदह –९ स्थित खयरडाँडामा क्षेत्रमा उत्खनन सुरु गरिएको हो ।

ऐन कार्यान्वयन मापन गर्दै संसदीय समिति
बुधबार, जेठ १६, २०८१
राष्ट्रियसभा,विधायनव्यवस्थापनसमितिले ऐनकानुन मापनका सन्दर्भमा बालबालिकाको सम्मानजनक सहभागिताको विषयमा भएको व्यवस्था र कार्यान्वयनको अवस्थाबारे अध्ययन अघि बढाउने निर्णय गरेको छ ।

बजेट वक्तव्य : प्रदेश र स्थानीय तहका लागि रु पाँच खर्ब ६७ अर्ब विनियोजन
मंगलबार, जेठ १५, २०८१
सङ्घीय सरकारबाट हुने वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँटबाट आगामी आर्थिक वर्ष २०८१/८२ मा प्रदेश र स्थानीय तहका लागि रु पाँच खर्ब ६७ अर्ब बराबर हस्तान्तरण हुने अनुमान गरिएको छ ।

लुम्बिनी प्रदेशमा कृषि तथ्याङ्कको अध्यावधिक
मंगलबार, जेठ १५, २०८१
लुम्बिनी प्रदेश सरकारले कृषि क्षेत्रका योजना तर्जुमा र बजेट विनियोजमा व्यवस्थित बनाउन कृषि तथ्याङ्कको अद्यावधिक गरेको छ ।

करेन्ट लागेर एक जनाको मृत्यु
मंगलबार, जेठ १५, २०८१
कपिलवस्तुको यशोधरा गाउँपालिका–६ रङपुरमा ट्रान्सफर्मर बनाउने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

दलहरुबीच सहमति, सदनको गतिरोध अन्त्य हुने
मंगलबार, जेठ १५, २०८१
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरुले उठाउँदै आएको सहकारीको रकम अपचलनका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागमा निष्कर्षउन्मुख सहमति भएपछि संसद्को गतिरोध अन्त्य हुने भएको छ ।

बाढीका कारण १६ जनाको मृत्यु
मंगलबार, जेठ १५, २०८१
अफगानिस्तानको बाघलान र बदख्सान प्रान्तमा हालै आएको बाढीमा १६ जनाको मृत्यु भएको टोलो न्यूजले जनाएको छ । प्रभावित प्रान्तका स्थानीय अधिकारीहरूका अनुसार बाढीमा पाँच सय घरमा पूर्ण वा आंशिक रूपमा क्षति भएको छ ।

चार सवारी साधन एकापसमा ठोक्किए : एक जनाको मृत्यु, २२ घाइते
सोमबार, जेठ १४, २०८१
चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा गए राति चार सवारी साधन एकापसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।

रुपन्देहीमा २०७ उद्योग बन्द
सोमबार, जेठ १४, २०८१
रुपन्देहीमा चालु आर्थिक वर्ष २०८०/८१ मा दुई सय सात उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका कार्यालय प्रमुख नेत्रप्रसाद भुसालका अनुसार चालु आवको वैशाखसम्ममा रुपन्देहीमा दुई सय सात उद्योगले कार्यालयबाट लगत कट्टा गराएका छन् ।

सत्तापक्षले विपक्षीको कुरा नसुन्नु अशोभनीय : नेता डा कोइराला
सोमबार, जेठ १४, २०८१
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संसदीय व्यवस्थामा संसद् प्रतिपक्षको हुन्छ भन्ने मान्यता विपरीत सत्तापक्ष अगाडि बढेको बताएका छन ।

चालु आवमा थप तीन लाख जनसङ्ख्यामा सुरक्षित खानेपानी सेवा
आइतबार, जेठ १३, २०८१
चालु आर्थिक वर्षमा थप तीन लाख दुई हजार ७८ जनसङ्ख्यामा सुरक्षित खानेपानी सेवा पुगेको छ । अर्थमन्त्री वर्षमान पुनले आज सार्वजनिक गर्नुभएको आर्थिक सर्वेक्षणमा राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता नीति, २०८० कार्यान्वयनबाट आधारभूत तथा सुरक्षित खानेपानीको पहुँचमा वृद्धि भएको सर्वेक्षणमा उल्लेख गरिएको छ ।

सरकारको आगामी आवको नीति तथा कार्यक्रम पारित
आइतबार, जेठ १३, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१र०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ ।