आगामी आवको बजेट जेठ १५ गते दिउँसो १ बजे
आइतबार, जेठ १३, २०८१

तिनाउ नदीमा डुबेर एकको मृत्यु
शनिबार, जेठ १२, २०८१
रुपन्देहीको तिलोत्तमा नगरपालिका— ६ स्थित तिनाउ नदीमा डुबेर शनिबार एक जनाको मृत्यु भएको छ । नदी उत्खननका क्रममा परेको दहमा जमेको पानीमा पौडी खेल्न गएका स्थानीय १७ वर्षीय किशोर दिब्याम्स भुषालको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

बुद्धधर्मको महत्व विश्वभर छ : परराष्ट्रमन्त्री श्रेष्ठ
बिहीबार, जेठ १०, २०८१
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बुद्ध धर्मको प्रचारप्रसार गर्न सके विश्वमा बढ्दो द्वन्द्व र हिंसालाई न्यूनीकरण गर्न सहयोगी हुने धारणा राखेका छन् ।

हरित ऊर्जा प्रवर्द्धनमा जोड
बिहीबार, जेठ १०, २०८१
सराकारवालाहरुले जलवायु परिवर्तनको समस्या निराकरणका लागि हरित उर्जा प्रवद्र्धनमा जोड दिएको छ । यहाँ जारी ‘हिमाल, मानव र जलवायु परिवर्तनः विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’को दोस्रो दिन आज ‘आर्थिक वृद्धिः स्वच्छ ऊर्जा र हरित अर्थव्यवस्था’ विषयक सत्रमा सहभागी उनिहरुले हरित उर्जा प्रवद्र्धनमा जोड दिएका हुन् ।

दर्जन बढी बस्तीमा खानेपानी समस्या
बिहीबार, जेठ १०, २०८१
दाङको तुलसीपुर उपमहानगरपालिका–३ अम्बास, कल्ले–बल्लेलगायतका बस्तीमा खानेपानीको हाहाकार छ । तुलसीपुर बजारदेखि १३ किलोमिटरको दूरीमा रहेको सोही ठाउँमा खानेपानीको विगतदेखिकै समस्या छ ।

गाउँ फर्किएर व्यवसायिक गाई–भैसी पालन
बुधबार, जेठ ९, २०८१
गुल्मीको रेसुङ्गा नगरपालिका–७ का शम्भु पाण्डे रोजगारीका लागि १२ वर्ष विदेश बसे । विदेश (दुवई) मा उनले होटलमा काम गर्थे । उनी एकपटक घर आएको बेला फेरि विदेश जान मन लागेन । अन्ततः पाण्डेले २०७० सालदेखि व्यावसायिक गाईपालन सुरु गरे ।

संसद्मा कांग्रेसको अवरोध कायमै
मंगलबार, जेठ ८, २०८१
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति गठन नभएसम्म संसद्का कामकारबाही अघि बढ्न नसक्ने जनाउँदै संसद् बैठक अवरोध गरेको छ ।

सहकारीको रकम हिनामिनाः छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक जारी
मंगलबार, जेठ ८, २०८१
सहकारी संस्थाको रकम हिनामिना भएको सम्बन्धमा छानबिन गर्न गठन हुने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी छ ।

आज दिउँसो देशभर आंशिक बदली हुने
मंगलबार, जेठ ८, २०८१
हाल देशमा स्थानीय र पश्चिमी वायुका साथै विहार आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्युु, दुई घाइते
आइतबार, जेठ ६, २०८१
पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
आइतबार, जेठ ६, २०८१
हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ ।

विषादी प्रयोगबारे सचेत बन्दै किसान
शनिबार, जेठ ५, २०८१
रासायनिक मलको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल प्रभाव पार्ने भएकाले कैलालीका किसान जैविक विषादीको प्रयोग गर्न थालेका छन् ।

गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि
शुक्रबार, जेठ ४, २०८१
नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर गर्मी बढेको छ ।