Shittalpati
३२ थान मोबाइलसहित चार भारतीय पक्राउ
३२ थान मोबाइलसहित चार भारतीय पक्राउ बाँकेको नेपालगञ्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित चार भारतीय नागरिक पक्राउ परेका छन् । जहाजमा काठमाडौँ जाने तयारीमा रहेका भारतको मध्यप्रदेशका उनीहरुलाई ३२ थान मोबाइलसहित विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।
गुल्मीमा करिब चार सय किशोरी आमा
गुल्मीमा करिब चार सय किशोरी आमा गुल्मीमा करिब चार सय किशोरी आमा बनेका छन् । जनचेतनाको अभावमा २० वर्ष नपुग्दै बिहे गर्ने चलनका कारण उमेर नपुग्दै गर्भवती हुनेको संख्या बढ्दै गएको स्वास्थ्य कार्यालय गुल्मीका निमित्त प्रमुख पशुपति आचार्यको भनाइ छ ।
कालीगण्डकीमा अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन
कालीगण्डकीमा अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन कालीगण्डकी नदीबाट अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन तथा चोरी निकासी हुने गरेको छ । शुक्रबार गल्याङ नगरपालिका ११ जिमुहा कोप्चेघाटस्थित कालीगण्डकी नदीबाट अवैधरुपमा ढुङ्गा लोड गरी ल्याउँदै गरेको ग त ५६७३ नम्बरको ट्याक्टर समातिएपछि घटना बाहिर आएको हो ।
स्वास्थ्य क्षेत्रमा धेरै सुधारको काम गरेका छौँ : स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य क्षेत्रमा धेरै सुधारको काम गरेका छौँ : स्वास्थ्यमन्त्री बस्नेत स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा मन्त्रालयले धेरै सुधारको काम गरेको बताए । मिर्गौलाका बिरामीलाई जुटाएको सहयोग हस्तान्तरण गर्ने कार्यक्रममा आज सहभागी हुँदै उनले स्वास्थ्य क्षेत्रमा लामो समयदेखिका यथावत समस्या समाधान गर्न सफल भएको दाबी गरे । 
प्रेस युनियनद्वारा परामर्श समिति गठन
प्रेस युनियनद्वारा परामर्श समिति गठन नेपाल प्रेस युनियनले ‘नेपाल प्रेस युनियन केन्द्रीय परामर्श समिति’ गठन गरेको छ । युनियनका अध्यक्ष शिव लम्सालले आज ६१ सदस्यीय केन्द्रीय परामर्श समिति गठन गरिएको जानकारी दिए । 
विज्ञान र गणितका शिक्षक अभाव
विज्ञान र गणितका शिक्षक अभाव मालारानी गाउँपालिकाको वीरेन्द्र माध्यमिक विद्यालयमा चार महिनादेखि गणित विषयको शिक्षक नहुँदा पठनपाठन प्रभावित बनेको छ । गणित शिक्षकका लागि तीन पटकसम्म विज्ञापन खुलाए पनि एउटा पनि दरखास्त नपरेको विद्यालयका प्रधानाध्यापक कमल पछाइले बताए ।
विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षक महासङ्घ धर्नामा
विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षक महासङ्घ धर्नामा सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौँको माइतीघर मण्डलामा धर्ना सुरु गरेको छ ।
महङ्गा स्वास्थ्य उपकरण अस्पतालका कोठामा थन्किए
महङ्गा स्वास्थ्य उपकरण अस्पतालका कोठामा थन्किए लुम्बिनी प्रादेशिक अस्पतालले विशेषज्ञ सेवासहितको सेवा प्रदान गर्दै आएको छ । यस अस्पतालमा बहिरङ्ग (ओपिडी) विभागमा दैनिक बिरामीको परीक्षण र उपचार गर्ने क्षमता पाँच सय जति रहेको छ । तर यहाँ दैनिक दुई हजार पाँच सयसम्म बिरामी उपचारका लागि आउँछन् ।
दुर्घटनामा दुईको मृत्यु
दुर्घटनामा दुईको मृत्यु चौतारा साँगाचोकगढी नगरपालिका–९ घुमाउनेडाडाँमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अरनिको राजमार्गअन्तर्गत खाडीचौरबाट बन्देउतर्फ जाँदै गरेको ना ८ ख ३७६ नम्बरको पेट्रोल बोक्ने ट्याङ्करले विपरीत
भोजपुरका किसानको रोजाइमा चिराइतो खेती 
भोजपुरका किसानको रोजाइमा चिराइतो खेती  चिराइतो खेती भोजपुरका किसानहरुको रोजाइमा परेको छ । बहुउपयोगी जडीबुटी चिराइतोबाट मकै, आलुलगायतको तुलनामा खेती गर्न सहज हुने र आम्दानी पनि मनग्य हुने भएपछि किसानको रोजाइमा परेको हो । 
तरकारी खेतीबाट वार्षिक २५ लाख बढी आम्दानी
तरकारी खेतीबाट वार्षिक २५ लाख बढी आम्दानी कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाका वीरबहादुर खड्काले व्यावसायिकरुपमा तरकारी खेती गरेर वार्षिकरुपमा रु २५ लाख बढी आम्दानी गर्दै आएका छन् । डेढ दशकदेखि तरकारी खेतीमा संलग्न खड्काले दुई बिघा १० कड्डा जग्गामा खेती गर्दै आएका हुन् ।
विदेशबाट फर्किएर व्यावसायिक बाख्रापालन
विदेशबाट फर्किएर व्यावसायिक बाख्रापालन स्याङ्जाको वालिङ नगरपालिका–१४ यायडाँडाका खेमराज खनाल बाख्रा पालन व्यवसायमा रमाउन थालका छन् । सात वर्ष विदेश बसेर फर्किएका उनले चार वर्ष अघि गाउँमै खनाल बाख्रा तथा पशुपन्छी फार्म दर्ता गरेर व्यवसाय गरेका छन् । 
Weather Update