मगर भाषा संरक्षणका लागि ‘अक्खा लिपि’ प्रशिक्षण
बिहीबार, वैशाख २०, २०८१

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’
बुधबार, वैशाख १९, २०८१
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आगामी वैशाख ३१ गते खोप लगाउने भएको छ । मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’ सञ्चालन गरिने बताए ।

लुम्बिनी, मधेस र कोशी प्रदेशमा हुरीबतासको चेतावनी
बुधबार, वैशाख १९, २०८१
हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ ।

दुनाटपरी उद्योगबाट आत्मनिर्भर हुने प्रयास
बुधबार, वैशाख १९, २०८१
बागलुङ नगरपालिका–३ की ७७ वर्षीया भद्रकली पुनलाई दुई महिना अगाडिसम्म दिन बिताउन निकै गाह्रो थियो । बुढेसकालमा भारी काम गर्न नसक्ने, घरमा यतिकै बस्दा समय बिताउन गाह्रो हुँदा मोबाइलमा भिडियो हेरेर बस्थिन् ।हिजोआज उनको दैनिकी फेरिएको छ । दिन कसरी बिताउने भन्ने चिन्ता पनि हरायो ।

डढेलो लगाएको आरोपमा दुईजना पक्राउ
मंगलबार, वैशाख १८, २०८१
गुल्मीमा डढेलो लगाएको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–७ सिस्न्यारा पातल सामुदायिक वनमा डढेलो लगाउने दुईजना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा रेसुङ्गा नगरपालिका–७ का ३८ वर्षीय राजकुमार पन्थी क्षेत्री र ४१ वर्षीय राजु जिसी रहेको डिभिजन वन कार्यालय गुल्मीका निमित्त वन अधिकृत पङ्कजकुमार ठाकुरले जानकारी...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी
मंगलबार, वैशाख १८, २०८१
प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार सात सय ७२ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार नेम्वाङलाई नेपाल परिवार दलको पनि समर्थन थियो...

स्याङ्जाका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती
मंगलबार, वैशाख १८, २०८१
दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थालेका छन् । वालिङ नगरपालिका–४ रत्नेथुम्काका उनले विदेशमा सिकेको सीप आफ्नै गाउँ फर्केर उपयोग गरेका हुन् ।

लुम्बिनीको तराईमा तातो हावाको लहर अझै बढ्ने
सोमबार, वैशाख १७, २०८१
विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिकरुपमा वृद्धि भइरहेकाले तातो हावाको लहर अझै बढ्ने भएको छ ।

नेपालमा ढुक्क भएर लगानी गर्न अपिल
सोमबार, वैशाख १७, २०८१
चनेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी लगानीकर्तालाई यहाँ ढुक्क भएर लगानी गर्न र आफ्नो लगानीको प्रतिफलको चिन्ता नगर्न सरोकारवाला निकाय तथा विभिन्न क्षेत्रका जानकारहरुले अपिल गरेका छन् ।

गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, एकको मृत्यु, १२ घाइते
आइतबार, वैशाख १६, २०८१
जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । लिम्घाको मौरीओडारस्थित शाहाघाट लिम्घा भित्री सडकखण्डमा रुद्रवेणीबाट मलामी लिएर लिम्घातर्फ फर्किरहेको लु१च ४३२० नम्बरको जिप गए राति दुर्घटना हुँदा स्थानीय ७५ वर्षीय मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी...

निसीखोलाका असला माछा संकटमा
बिहीबार, वैशाख १३, २०८१
अवैध रुपमा माछाको चोरी सिकारी बढेपछि निसीखोलाका असला माछा संकटमा परेका छन् । करेन्ट लगाउने र विष हालेर माछा मार्ने गैरकानुनी कामका कारण निसीखोलामा माछा कम पाइन थालेको हो । माछा लोप हुन थालेपछि स्थानीयवासीको माछा मार्ने पेसासमेत संकटमा परेको छ ।

योजना सुरू हुन्छन्, सम्पन्न हुँदैनन्
बुधबार, वैशाख १२, २०८१
गुल्मीको इस्मा गाउँपालिकाले रिङरोडका नाममा विसं २०७५ मा वडा २ की चन्द्रा कुमालको घर माथिबाट सडक खन्न सुरु गर्यो । माथिबाट सडक खन्दा घरलाई जोखिम हुने भएपछि पुनःघर तलपट्टिबाट सडक खनियो । माथिबाट बाटो खन्दा गएको पहिरोले घर पुरियो भने तलपट्टिबाट खनेको सडकका कारण गरिखाने पाटो सकियो ।

कतारका अमिर नेपालमा, राष्ट्रपति पौडेलबाट स्वागत
मंगलबार, वैशाख ११, २०८१
मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमणको सिलसिलामा आज अपरान्ह काठमाडौँ आइपुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएका हुन् ।