Shittalpati
लुम्बिनी : पहाड र मधेसका दलितलाई मात्रै आरक्षण
लुम्बिनी : पहाड र मधेसका दलितलाई मात्रै आरक्षण लुम्बिनी प्रदेशमा पहाड र मधेस दलितलाई मात्रै आरक्षण छुट्याइएको छ । शुक्रबार पारित भएको लुम्बिनी प्रदेशको ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०’ मा यस्तो कुरा उल्लेख छ ।
बाँकेमा भएको बस दुर्घटनामा सातको मृत्यु
बाँकेमा भएको बस दुर्घटनामा सातको मृत्यु नेपालगञ्ज, बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शमशेरगञ्जमा भएको बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ । सो दुर्घटनामा २९ जना घाइते भएका छन् । तीमध्ये दुईको अवस्था गम्भीर छ ।
प्रचारको पखाईमा ‘देउपुजे ढुङ्गा’
प्रचारको पखाईमा ‘देउपुजे ढुङ्गा’ स्याङ्जाको भिरकोट नगरपालिका–३ भतेरपाटामा अवस्थित ‘देउपुजे ढुङ्गा’ प्रचार–प्रसारको अभावमा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक एवं पर्यटकीय दृष्टीले प्रचुर सम्भावना रहँदा रहँदै पनि प्रचार–प्रसार नहुँदा यसको महत्व ओझेलमा परेको हो ।
राष्ट्रियसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित
राष्ट्रियसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित राष्ट्रियसभाको यही भदौ २४ गते आइतबार बिहान ११ बजेका लागि निर्धारित बैठक स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयद्वारा आज जारी सूचनामा बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले अर्को सूचना जारी नभएसम्म स्थगित भएको उल्लेख छ । 
लम्पी स्किन रोगबाट देशभर ५२ हजारभन्दा बढी पशुको मृत्यु
लम्पी स्किन रोगबाट देशभर ५२ हजारभन्दा बढी पशुको मृत्यु कृषि तथा पशुपक्षीमन्त्री डा बेदुराम भुसालले लम्पी स्किन रोगको सङ्क्रमणबाट अहिलेसम्म १५ लाख १९ हजार सात सय ७९ पशु सङ्क्रमित भएको जानकारी दिएका छन् । 
कांग्रेसका सहमहामन्त्री यादव सांघातिक आक्रमणबाट घाइते
कांग्रेसका सहमहामन्त्री यादव सांघातिक आक्रमणबाट घाइते नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौँमा धारिलो हतियारले आक्रमण भएको छ । काठमाडौँको भृकुटीमण्डपस्थित रिपोर्टर्स् क्लबको कार्यक्रमबाट बाहिरिएका यादव गाडी चढ्न लाग्दा धारिलो हतियारबाट आक्रमण भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले राससलाई जानकारी दिए ।
कक्षा १२ को पुरक परीक्षाको समय तालिका  परिवर्तन
कक्षा १२ को पुरक परीक्षाको समय तालिका  परिवर्तन राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११÷१२) ले कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको समय तालिका विशेष कारणले परिवर्तन भएको जनाएको छ ।
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप भदौ २७ देखि
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप भदौ २७ देखि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ भदौ २७ गतेदेखि लगाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले एचपीभी खोपको शुभारम्भ परोपकार प्रसूति तथा रोग अस्पतालबाट गर्ने तयारी भइरहेको जानकारी दिए । 
परम्परागत घारमै मौरीपालन
परम्परागत घारमै मौरीपालन कुनै समय गाउँमा सबैका घरमा परम्परागत (मुढेघार) घारमा मौरी हुन्थे । एक अर्का परिवारबीच कसले कति मह उत्पादन गर्ने विषयमा प्रतिस्पर्धात्मक ढङ्गले मौरीपालन गरिन्थ्यो । औषधीय गुण मानिने, खाँदा स्वादिलो हुनाले पनि पाल्पाका गाउँ बस्तीमा आँगनका डिल, घरका बार्दली, भित्तामा लहरै राखिएका मुढेघारमा मौरी पालिन्थ्यो ।
वालिङमा मोतियाविन्दुको शल्यक्रिया सेवा
वालिङमा मोतियाविन्दुको शल्यक्रिया सेवा स्याङ्जाको वालिङ स्थित गह्रौँ प्राथमिक अस्पतालमा मोतियाविन्दुको शल्यक्रिया सेवा सुरुआत हुने भएको छ । यसका लागि हिमालय आँखा अस्पताल पोखरा र जिल्ला आँखा उपचार केन्द्रका बीचमा मासिक शल्यक्रिया सेवा सञ्चालन सम्बन्धी सम्झौता भएको छ ।
ग्रेटवाल भत्काउने दुई जना पक्राउ
ग्रेटवाल भत्काउने दुई जना पक्राउ चीनको विशाल पर्खाल अर्थात् ग्रेटवाल भत्काएको अभियोगमा दुई जनालाई पक्राउ गरिएको छ ।  उत्तरी शान्क्सी प्रान्तमा उत्खनन यन्त्र प्रयोग गरी ग्रेटवाल को एक भागमा क्षति पुर्‍याएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको केबल न्युज नेटवर्क (सिएनएन)ले जनाएका छ ।
घुस लिएको अभियोगमा मुद्दा दायर
घुस लिएको अभियोगमा मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकामा कार्यरत लेखापाल टेकनारायण यादवविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
Weather Update