लुम्बिनी प्रदेशमा सरकार विस्तार
बिहीबार, वैशाख ६, २०८१

रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण निर्माण हुँदै
बुधबार, वैशाख ५, २०८१
नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढाएको छ । रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा तटबन्ध निर्माण र जमीन पुर्ने कार्यको थालनी गरिएको छ ।

लुम्बिनी प्रदेशसभा संसदीय समितिमा सर्वसम्मत नेतृत्व
बुधबार, वैशाख ५, २०८१
लुम्बिनी प्रदेशसभामा दोस्रो कार्यकालका लागि संसदीय निर्वाचन भएको १७ महिनापछि संसदीय समितिमा नेतृत्व चयन भएको छ ।

बस दुर्घटनामा १४ जना घाइते
बुधबार, वैशाख ५, २०८१
दाङबाट रुकुमका लागि हिँडेको यात्रुबहाक बस सल्यानको बागचौर नगरपालिका–२ ठिनबाँङमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

स्वास्थ्य चौकी बनाउन स्थानीयले दिए जग्गा
बुधबार, वैशाख ५, २०८१
स्वास्थ्य चौकी भवन बनाउनका लागि यहाँका स्थानीयले निःशुल्क जग्गा दिएका छन् । स्याङ्जाको भीरकोट नगरपालिका–५ सिम्लेमा स्वास्थ्य चौकी भवन बनाउनका लागि स्थानीयले चार रोपनी आठ आना जग्गा निःशुल्क उपलब्ध गराएका हुन् ।

कार्यान्वयनमुखी बजेट ल्याउन विज्ञहरुको सुझाव
मंगलबार, वैशाख ४, २०८१
विज्ञहरुले आगामी आर्थिक वर्षका लागि कार्यान्वयनमुखी बजेट ल्याउन सुझाव दिएका छन् । राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको आज सिंहदरबारमा भएको बैठकमा विज्ञहरुले सामाजिक क्षेत्रको विकास र सामाजिक न्यायमा आधारित भई लैङ्गिक उत्तरदायी बजेट ल्याउनुपर्नेमा जोड दिएका हुन् ।

निगमले बुझायो किस्तावापतको रु ५३ करोड
सोमबार, वैशाख ३, २०८१
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जहाज खरिद गर्न लिएको ऋणवापतको चैत मसान्तसम्मको रु ५३ करोड, नौ लाख ५५ हजार दुई सय ८१ रकम भुक्तानी गरेको छ ।

सैनिक प्रवक्ताको जिम्मेवारी केसीलाई हस्तान्तरण
सोमबार, वैशाख ३, २०८१
सैनिक जनसम्पर्क तथा सूचना निर्देशक एवं नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी गौरवकुमार केसीले सम्हालेका थिए । यसअघिका प्रवक्ता एवं सहायकरथी कृष्णप्रसाद भण्डारीले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा आज आयोजित कार्यक्रममा सहायकरथी केसीलाई औपचारिकरुपमा प्रवक्ताको कार्यभार हस्तान्तरण गरेका हुन् ।

गुल्मीमा कानुन विपरीतका हतियार जफत गरिने
आइतबार, वैशाख २, २०८१
जिल्ला प्रशासन कार्यालय गुल्मीले कानुन विपरीतका सम्पूर्ण हातहतियार जफत गर्ने भएको छ । पाँच वर्षभन्दा बढी नवीकरण नभएका हातहतियार प्रशासन कार्यालयले जफत गर्ने भएको हो ।

होटल व्यवसायीलाई भाडा तिर्नै समस्या
आइतबार, वैशाख २, २०८१
पर्यटकको चहलपहल तथा आर्थिक गतिविधि कम हुन थालेपछि दाङका होटेल व्यवसायी मारमा छन् ।
1692789672.jpg)
संसद्को चालु अधिवेशनबाट तीन विधेयक पारित, आजदेखि अधिवेशन अन्त्य
आइतबार, वैशाख २, २०८१
प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरिएको छ । सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त सोसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए । अधिवेशन आज वैशाख २ गते राति १२ बजेदेखि स्वतः अन्त्य हुने सभामुखले जानकारी गराए ।

सुनको मूल्य प्रतितोला रु दुई हजार दुई सयले घट्यो
आइतबार, वैशाख २, २०८१
स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आज छापावाल सुन प्रतितोला रु दुई हजार दुई सयले घटेर रु एक लाख ३६ हजार आठ सय कायम भएको छ ।