विदेश पलायन रोक्न दूधमा अनुदान
सोमबार, चैत २६, २०८०

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री महरासहित मन्त्रीको शपथ
आइतबार, चैत २५, २०८०
लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथग्रहण समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १७२ बमोजिम मुख्यमन्त्री महरालाई शपथ गराएका हुन् ।

उन्नत जातको मकैमा दाना नलागेपछि किसान चिन्तित
शनिबार, चैत २४, २०८०
उन्नत जातको मकैमा दाना नलागेपछि सर्लाहीका किसान चिन्तित भएका छन् । जिल्लाको बागमती, बरहथवालगायत स्थानमा सयौँ किसानले लगाएको उन्नत जातको मकैमा दाना नलागेपछि किसानलाई चिन्ताले सताएको हो ।

कफीखेती विस्तार गर्दै महाभारत गाउँपालिका
शनिबार, चैत २४, २०८०
जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित दुर्गम महाभारत गाउँपालिकाले कफीखेती विस्तारका लागि ‘पकेट क्षेत्र’ थपेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले थप दुई वडामा पकेट क्षेत्र बढाएको हो ।

बारीमा तरकारी, घरमै रोजगारी
शनिबार, चैत २४, २०८०
बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौना ललहीका ४५ वर्षीय टेकराज थारूको दैनिकी तरकारी गोडमेल र स्याहारसुसारमै बित्ने गर्दछ । उनको आम्दानीको स्रोत नै खेतबारी हो । टेकराजका धेरै साथीहरु रोजगारीका लागि विदेश पुगेका छन्, कतिपय साथी मजदुरी गर्न नेपालगञ्जमा भौँतारिरहेका छन् । उनले भने तरकारी खेती छोडेर रोजगारी गर्नेतिर कहिल्यै सोचेनन् ...

सुरक्षित ऋण प्रवाहमा जोड
शुक्रबार, चैत २३, २०८०
राष्ट्रियसभाका सदस्यहरुले सुरक्षित र सहज तरिकाबाट ऋण प्रभाव हुने गरी विधेयक संशोधन गरिनुपर्नेमा जोड दिएका छन् । सिंहदरबारमा आज आयोजित ‘सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ माथि दफाबार छलफलको क्रममा उनीहरुले सुरक्षित र सहज ऋण प्रवाहमा जोड दिएका हुन् ।

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा महरा नियुक्त
शुक्रबार, चैत २३, २०८०
लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन् । प्रदेशसभामा रहेका पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्रसहित ४८ प्रदेशसभा सदस्य समर्थनमा प्रदेश प्रमुख अमिक शेरचनले महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

आठ महिनामा भित्रियो नौ खर्ब ६१ अर्ब विप्रेषण
बिहीबार, चैत २२, २०८०
चालु आर्थिक वर्षको आठ महिनामा नौ खर्ब ६१ अर्ब २२ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विप्रेषण आप्रवाह २१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५ दशमलव तीन प्रतिशतले बढेको थियो ।

व्यवसायिक आलु खेतीबाट मनग्य आम्दानी
बिहीबार, चैत २२, २०८०
यहाँका किसान व्यावसायिक रुपमा आलु खेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् । जिल्लाको मुसिकोट नगरपालिका, रुरुक्षेत्र, मदाने, सत्यवती र मालिक गाउँपालिकाका किसान व्यवसायिक आलु खेती मार्फत आत्मनिर्भर बनेका छन् ।

दुर्घटनामा चालकको मृत्यु
बुधबार, चैत २१, २०८०
अर्घाखाँचीको शीतगङ्गामा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

दुई जिल्ला जोड्न मोटर गुड्ने पुल बनेपछि स्थानीयलाई सहज
बुधबार, चैत २१, २०८०
दरमखोलामा दुई जिल्ला जोड्ने मोटरेबल पुल निर्माण गरिएको छ । बागलुङको गलकोट नगरपालिका–११ तल्लो रिघा र गुल्मीको मुसिकोट नगरपालिका–९ जौँ खेत जोड्ने गरी मोटर चल्ने पुल निर्माण भएपछि स्थानीयलाई आवतजावतमा सहज भएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै
मंगलबार, चैत २०, २०८०
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले यही चैत २२ गते विश्वासको मत लिने भएक छन् । प्रदेश सरकारका प्रवक्ता तथा गृहन्मन्त्री सन्तोषकुमार पाण्डेयका अनुसार बिहीबार अपराह्न ४ बजे विश्वासको मत लिने तयारी छ । त्यसका लागि प्रदेशसभा बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस पठाएको उनले जानकारी दिए ।

डढेलो नियन्त्रणमा सघाउनेलाई पुरस्कृत गरिने
मंगलबार, चैत २०, २०८०
वन डढेलो नियन्त्रणमा उत्कृष्ट भूमिका निर्वाह गर्नेलाई पुरस्कृत गरिने भएको छ । गर्मी मौसममा जिल्लाका विभिन्न क्षेत्रमा डढेलो फैलिन सक्ने सम्भावना भएको र डढेलो नियन्त्रणमा योगदान दिने सङ्घ, संस्था, समूह र व्यक्तिलाई रु १० हजारका दरले पुरस्कृत गर्ने निर्णय गरिएको डिभिजन वन कार्यालयका वन अधिकृत मदन ढुङ्गानाले बताए ।