पर्वतको जलजलामा एक दम्पती मृतावस्थामा फेला
मंगलबार, चैत २०, २०८०

२८ दशमलव नौ प्रतिशतले बढे विदेशी पर्यटक
सोमबार, चैत १९, २०८०
यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटक २८ दशमलव नौ प्रतिशतले बढेका छन् । नेपाल पर्यटक बोर्डका अनुसार गत वर्षको मार्च महिनाको तुलनामा यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटकको सङ्ख्या २८ हजार सात सय ४१ ले वृद्धि भएको हो ।

प्रतिनिधिसभा : सुनारको परिवारलाई राहतको माग
सोमबार, चैत १९, २०८०
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले पाल्पा रिब्दिकोट गाउँपालिकामा हत्या गरिएकी पद्मा सुनारको परिवारलाई राहतको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद गैरेले यही चैत १३ गते हत्या गरिएकी रिब्दिकोट गाउँपालिकास्थित खेया निवासी सुनारको परिवारको अवस्था अत्यन्त नाजुक रहेको भन्दै राहतको व्यवस्था गर्न माग...

स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ
आइतबार, चैत १८, २०८०
नेपाल प्रहरीले स्रोत नखुलेको नगद रु १८ लाख ५० हजारसहित चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट दुई जनालाई पक्राउ गरेको छ ।

पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु
आइतबार, चैत १८, २०८०
गुल्मीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर एकजनाको मृत्यु भएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका–२ घोरा निवासी रमेश सारुको छोरा १२ वर्षीय प्रिन्स सारुको मृत्यु भएको हो ।

मनकामना जाँदै गरेको स्कारपियो दुर्घटना हुँदा एकको मृत्यु
शनिबार, चैत १७, २०८०
सहिद लखन गाउँपालिका–३ घोर्लेस्वाँरामा आज दिउँसो स्कारपियो कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गुल्मीमा तीन सय १२ प्रजातिका चरा
शनिबार, चैत १७, २०८०
विश्वमा रहेकामध्ये आठ दशमलव नौ प्रतिशत चरा नेपालमा पाइन्छन् । नेपाल भौगोलिक विविधताले भरिपूर्ण देश हो । गुल्मीको मदाने र रेसुङ्गा वन संरक्षण क्षेत्र पनि जैविक विविधताले भरिएको क्षेत्र हो । जसका कारण गुल्मीका यी दुई क्षेत्रमा बर्सेनि चराका प्रजातिको सङ्ख्या बढिरहेको छ ।
1711783660.jpg)
उखु किसानलाई प्रविधिले दियो खुसी
शनिबार, चैत १७, २०८०
परम्परागत रूपमा उखु खेती गर्दै आएका स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ लुङ्सिङका किसान प्रविधिको प्रयोग गर्न पाउँदा उत्साहित भएका छ न् ।
1711689491.jpg)
स्थानीय सरकारको नजरमा सडक छेउमा व्यवसाय गरी गुजारा गर्दै आएका महिला
शुक्रबार, चैत १६, २०८०
बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका फुटपाथ, सार्वजनिक चोकमा सामान्य व्यवसाय गरेर स्वरोजगार बनेका महिलालाई सम्मान गर्न थालेको छ ।

देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने
बिहीबार, चैत १५, २०८०
पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ । देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबारदेखि सुरु हुने एसइईको सम्पूर्ण तयारी पूरा
बुधबार, चैत १४, २०८०
बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पुरा भएको छ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको अन्तिम तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष प्रा डा महाश्रम शर्माले भालिदेखि सञ्चालन हुने परीषाको सम्पूर्ण तयारी पूरा भएको भन्दै...

सात वर्षमा पनि बनेन पुल
बुधबार, चैत १४, २०८०
जिल्लाको मुसिकोट नगरपालिकाको बडीगाढ खोलामा पुल निर्माण हुने भनिएको सात वर्ष भयो । तर अहिलेसम्म खोलामा पुल बन्न सकेको छैन । पुल बन्ने आसैआशामा स्थानीयले सात वर्ष बिताइसके ।

आयरल्याण्ड ‘ए’विरुद्धको शृङ्खला नेपालले जित्यो
मंगलबार, चैत १३, २०८०
आयरल्याण्ड‘ए’विरुद्धको दोस्रो टी–२० खेलमा नेपाल विजयी भएको छ । आयरल्याण्ड‘ए’लाई ७१ रनले पराजित गर्दै नेपालले उक्त शृङ्खलाको उपाधि जितेको हो । यसअघि पहिलो खेलमा पनि नेपालले आयरल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो ।