एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा
बुधबार, चैत ७, २०८०

रिडी–तम्घास सडकखण्ड आजदेखि तीन साता बन्द
बुधबार, चैत ७, २०८०
मदन भण्डारी राजमार्ग अन्तर्गत रिडी–तम्घास सडक आजदेखि तीन सातासम्म बन्द हुने भएको छ । राजमार्ग योजना कार्यालयले आज सार्वजनिक सूचना निकालेर रिडी– तम्घास खण्डमा सडक विस्तारको काम भइरहेकाले तीन सातालाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

किसानलाई पशु बिमा गर्न कठिन
बुधबार, चैत ७, २०८०
स्याङ्जाको वालिङ नगरपालिका अन्तर्गतका किसानले पशु बिमा गर्न समस्या हुने गरेको बताएका छन् । वालिङ–११ स्वरेक पृतिपका कृषक राजु पङ्गेनीले बाख्राको बिमा गर्न निकै कठिन भएको गुनासो गरे ।

सरकारको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक
मंगलबार, चैत ६, २०८०
सत्तारूढ गठबन्धनको न्यूनतम नीतिगत र साझा सङ्कल्प सार्वजनिक गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गठबन्धनमा आबद्ध शीर्ष नेताहरुको उपस्थितिमा उक्त सङ्कल्प सार्वजनिक गरिएको हो ।

पचहत्तर जना असल बुहारी सम्मानित
मंगलबार, चैत ६, २०८०
सन्धिखर्क नगरपालिकाले ७५ जनालाई असल बुहारीका रुपमा सम्मान गरेको छ । नगरपालिकाका १२ वटै वडामा ९० वर्षभन्दा बढी उमेरका वृद्धवृद्धालाई राम्रोसँग पालनपोषण गरेको भन्दै नगरपालिकालाई ती बुहारीहरुलाई सम्मान गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए ।

एक्काइस वर्षअघि साथीको हत्या गरी फरार रहेका एक अभियुक्त पक्राउ
मंगलबार, चैत ६, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले २१ वर्षअघि साथीको हत्या गरी फरार रहेका एक अभियुक्तलाई पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

निसीखोला बस दुर्घटनामा नौ जनाको मृत्यु, २८ घाइते
मंगलबार, चैत ६, २०८०
बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या नौ पुगेको छ । पूर्वीरुकुमबाट काठमाडौँतर्फ प्रस्थान गरेको बागमती प्रदेश०१–००६ख३८७९ नम्बरको बस सोमबार बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो ।
1710825316.jpg)
चिच्याएर वर मागिने सत्यवती मन्दिरमा थपिए पर्यटन पूर्वाधार
मंगलबार, चैत ६, २०८०
एक दशकअघिसम्म बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौर साग्दीमा रहेको सत्यवती मन्दिर जीर्ण र अव्यवस्थित थियो । देशका विभिन्न भागबाट भक्तजन आउँदा पूजा गर्न सहज थिएन । भौतिक पूर्वाधार निर्माण भएका थिएनन् । पछिल्लो समय बरेङ गाउँपालिकाले लगानी गर्दै गएपछि व्यवस्थित बनेको छ ।

आजदेखि रेसुङ्गा विमानस्थलबाट सातामा तीन उडान
सोमबार, चैत ५, २०८०
रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा तीन दिन उडान हुने भएको छ । यसअघि नेपाल एयरलाइन्सले बुधबार र शुक्रबार गरी दुई दिन उडान हुँदै आएकोमा अब सोमबार पनि सोही एयरलाइन्सले उडान भर्न लागेको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए ।

परम्परागत खेती छाडेर कफी खेतीमा गुल्मीका कृषक
आइतबार, चैत ४, २०८०
गुल्मीमा परम्परागत कृषि पेसा गर्दै आएका कृषक आजभोलि कफीखेतीमा लागेका छन् । जिल्लाको मदाने गाउँपालिका–३ अन्तर्गत सिर्सेनीस्थित तोरेटाका कृषकले बारीमा मकै र कोदो लगाउन छोडेर कफीखेती सुरु गरेका हुन् ।

आखिर मानिस किन बसाइँ सर्छ ?
शनिबार, चैत ३, २०८०
हिजोआज बसाँइसराइले गाउँ रित्तिएका, सहर भरिएका, हिमाल पहाड बिराना बनेका, तरार्ईमा घना बस्ती बसेका विषयहरु जताततै सुन्न र हेर्न पाइन्छ । मानिस किन यसरी चलायमान भएका हुन् ?

लुम्बिनीबाट भिक्षुहरुको धम्मयात्रा सुरु
शनिबार, चैत ३, २०८०
बुद्धजन्मस्थल लुम्बिनीबाट एक हजार दुई सय ५० जना श्रामणेर (अल्पकालीन) भिक्षुहरुको धम्मयात्रा आजदेखि सुरु भएको छ । मायादेवी मन्दिरबाट श्रामणेरहरुले धम्मयात्रा सुरु गरेका हुन् । यात्रा दुइ दिनपछि पूरा हुनेछ ।

संरक्षित क्षेत्रलाई विदेशी पर्यटकको आकर्षक गन्तव्य बनाइने
शुक्रबार, चैत २, २०८०
वन तथा वातारण मन्त्रालयले संरक्षित क्षेत्रहरूमा बाह्य पर्यटक वृद्धि गर्ने रणनीति लिएको छ । संरक्षित क्षेत्रलाई आकर्षक बनाएर आर्थिक वृद्धिमा टेवा पुर्याउने उद्देश्यका साथ बाह्य पर्यटक बढाउने लक्ष्य लिइएको हो ।