Shittalpati
अठार वर्षपछि विदेशबाट फर्केर व्यवसायिक बाख्रापालन
अठार वर्षपछि विदेशबाट फर्केर व्यवसायिक बाख्रापालन स्याङ्जाको गल्याङ नगरपालिका–६ पिडीँखोलास्थित सिस्नेरीका लालप्रसाद गुरुङले गाउँमा बाख्रापालक किसानको पहिचान बनाएका छन् । भारत, सिङ्गापुर, मलेसिया, कङ्गो, कुवेतलगायत देशमा १८ वर्ष रोजगार गरेर फर्किएपछि उनले गाउँमै बाख्रापालन व्यवसाय सुरु गरेका हुन् ।
विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत ‘निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । सभाको आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले प्रस्तुत गरेको उक्त प्रस्ताव सर्वसम्मतबाट स्वीकृत भएको हो ।
भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर
भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चङ्खेली गाउँपालिकाका तत्कालीन अध्यक्षसहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । चङ्खेली–३ ब्याफु खानेपानी मर्मत योजनाका सन्दर्भमा भ्रष्टाचार गरेको अभियोगमा उनीहरुमाथि आयोगले आज मुद्दा दायर गरेको हो । 
सङ्घीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस
सङ्घीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस लामो प्रतीक्षापछि सङ्घीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ पेस गरे ।
गुल्मीको धुर्कोटको  ‘विचित्र गुफा’मा विदेशी पर्यटक
गुल्मीको धुर्कोटको  ‘विचित्र गुफा’मा विदेशी पर्यटक जिल्लाको धुर्कोट गाउँपालिकामा रहेको विचित्र गुफामा पहिलो पटक विदेशी पर्यटक पुगेका छन् । धार्मिक एवं ऐतिहासिक तथा पर्यटकीय क्षेत्रका रुपमा पहिलो पटक १७ फ्रान्सेली नागरिक गुफा हेर्न पुगेका हुन् ।
विपिनको खोजी तथा रिहाइको प्रयास गरिदिन आग्रह
विपिनको खोजी तथा रिहाइको प्रयास गरिदिन आग्रह नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि इजरायली राजदूत हनान गोडेरले शिष्टाचार भेटवार्ता गरेका छन् ।
सामूहिक ढाका बुनाइबाट आत्मनिर्भर बन्दै महिला
सामूहिक ढाका बुनाइबाट आत्मनिर्भर बन्दै महिला ताराखोला गाउँपालिकाका महिला सामूहिकरूपमा उद्यममा लागेका छन् । ताराखोला –२ अर्गलका महिलाले गाउँमै उद्यमी बन्ने उद्देश्यले ढाका उद्योग सञ्चालनमा ल्याएका छन् । अघिल्लो वर्ष एकमहिने तालिम लिएपछि अर्गलका महिलाले सामूहिकरूपमा ढाका उत्पादनमा लागेका हुन् । 
पर्व बिदा विवादरहित बनाइने
पर्व बिदा विवादरहित बनाइने सरकारले हरेक वर्ष फागुन–चैत महिनामा सार्वजनिक बिदा घोषणा गरी सोहीअनुसारको वार्षिक क्यालेन्डर प्रकाशन गरेर बिदा व्यवस्थापन गर्दै आएको छ । 
त्रिकोणात्मक शृङ्खलाको फाइनलमा नेपाल र पपुवा न्यूगिनी
त्रिकोणात्मक शृङ्खलाको फाइनलमा नेपाल र पपुवा न्यूगिनी त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाअन्तर्गत आज भएको दोस्रो खेलमा पपुवा न्यूगिनीले हङकङलाई पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको छ । आजै भएको पहिलो खेलमा पपुवा न्यूगिनीलाई ८५ रनले हराउँदै नेपाल फाइनलमा पुगेको थियो ।
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित राष्ट्रियसभाको अध्यक्षमा  सांसद नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । राष्ट्रिसभाको आजको बैठकमा भएको मतविभाजन प्रक्रियाको मत–परिणाम सुनाउँदै सभाको अध्यक्षता गरिरहेका उपाध्यक्ष उर्मीला अर्यालले दाहालका पक्षमा ३९ मत परेकाले दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पारित भएको घोषणा गरेकी थिइन् ।
मुसिकोट नगरपालिकाद्वारा जनप्रतिनिधिका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन निर्देशन
मुसिकोट नगरपालिकाद्वारा जनप्रतिनिधिका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन निर्देशन गुल्मीको मुसिकोट नगरपालिकाले आगामी शैक्षिक शत्रदेखि सरकारी कर्मचारी र जनप्रतिनिधिका बालबालिकालाई अनिवार्यरुपमा सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ । नगरपालिकाले सार्वजनिक सूचना जारी गरी नयाँ शैक्षिक शत्रदेखि अनिवार्यरुपमा सरकारी विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको हो ।
बसको ठक्करबाट घाइते ट्राफिक प्रनानी खत्रीको मृत्यु
बसको ठक्करबाट घाइते ट्राफिक प्रनानी खत्रीको मृत्यु कोटेश्वरमा जुनेली यातायातको बसको ठक्करबाट गम्भीर घाइते भएका ट्राफिक प्रहरी नायव निरीक्षक टोपहादुर खत्रीको मृत्यु भएको छ । यही फागुन २० गते जुनेली यातायातको प्रदेश–३–०१–००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते खत्रीको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ...
Weather Update