हल गोरु पाल्ने किसानलाई पाँच हजार
बिहीबार, फागुन १०, २०८०

विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द
बिहीबार, फागुन १०, २०८०
कपिलवस्तुको एक विद्यालयका विद्यार्थी एकाएक बेहोस हुन थालेपछि दुई दिनका लागि विद्यालय बन्द गरिएको छ । जिल्लाको शिवराज नगरपालिका– १ शिवपुरमा रहेको नेपाल आदर्श उच्च माध्यमिक विद्यालयका विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको शिवराज नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनेश चौधरीले जानकारी दिए ।

आजदेखि बुटवलमा प्राङ्गारिक कृषि मेला
बिहीबार, फागुन १०, २०८०
कृषि क्षेत्रको आधुनिकीकरणमा योगदान गर्ने उद्देश्यले बुटवल उद्योग वाणिज्य संघ र लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको आयोजनामा (आज) बिहीबारदेखि बुटवलमण्डपमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला हुन लागेको छ ।

कोरियन भाषा परीक्षा २०८१ पुस २ गतेसम्म
मंगलबार, फागुन ८, २०८०
इपीएस कोरिया शाखाले सुरु गरेको कोरियन भाषा परीक्षा आगामी २०८१ पुस २ गते सकिने भएको छ । सोमबार पहिलो चरण अन्तर्गत सुरु भएको उक्त परीक्षामा ४७ हजार पाँच सय १९ जना सहभागी हुने उक्त परीक्षा आउँदो चैत २४ गते सकिने इपीएस कोरिया शाखाका निर्देशक मैयाँ कँडेलले जानकारी दिइन् ।

सुन जस्तो देखिने वस्तुसहित एक भारतीय पक्राउ
मंगलबार, फागुन ८, २०८०
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेँलो रङको अर्धठोस वस्तु करिब आठ सय ५५ ग्रामसहित गएराति एक भारतीय नागरिक पक्राउ परेका छन् ।

मौसममा बदली बिहीबारसम्म रहने
मंगलबार, फागुन ८, २०८०
पुनः मौसम बदली भएको छ । गए रातिदेखि पश्चिमबाट सुरु भएको मौसम बदली देशभर फैलने क्रममा रहेको छ । यो क्रम बिहीबारसम्म जारी रहने र शुक्रबारबाट पश्चिम क्षेत्र हुँदै क्रमशः सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहशाखाका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन् ।

बेलायतका विकासमन्त्रीद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको अवलोकन
मंगलबार, फागुन ८, २०८०
नेपाल भ्रमणमा रहेका बेलायतका विकास र अफ्रिका तथा राष्ट्रमण्डल विकास कार्यालयका मन्त्री एन्ड्र्यु मिचेलले सोमबार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको अवलोकन गरेको छ । बेलायती मन्त्री मिचेलले विशेषगरी अस्पतालको मातृ स्वास्थ्य, शिशु स्वास्थ्य तथा बालबालिकाको पोषण कार्यक्रमका बारेमा चासो व्यक्त गर्दै उनले सहयोग वृद्धि गर्ने प्रतिबद्धता गरे ।

१२ घण्टा शिक्षकको निगरानीमा विद्यार्थी
मंगलबार, फागुन ८, २०८०
शिक्षाको गुणस्तर खस्किँदै गइरहेको आरोप सामुदायिक विद्यालयले खेपिरहेका बेला यहाँको जीवनज्योति माध्यमिक विद्यालयले नमूना अभ्यास थालेको छ । स्याङ्जाको विरुवा गाउँपालिका ७ कुसुमभञ्ज्याङमा रहेको जीवनज्योति माविले कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई झण्डै १२ घण्टा विद्यालय हाताभित्रै शिक्षकको निगरानीमा राखेर सैद्धान्तिक र प्रयोगात्मक कक्षा सञ्चालन गर्दै आएको हो ।

पाँच सय ४२ किलो गाँजासहित दुई पक्राउ
सोमबार, फागुन ७, २०८०
जिल्ला प्रहरी कार्यालयले पाँच सय ४२ किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । कार्यालयले दुई वटा ट्रक र ट्रकका चालक र सहचालकलाई पक्राउ गरेको हो ।

कोरियन भाषा परीक्षा आजदेखि सुरु
सोमबार, फागुन ७, २०८०
ईपीएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा आजदेखि सुरु गरेको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सुरु भएको उक्त शाखाले जनाएको छ । परीक्षा एक दिनमा पाँच वटा सिफ्टमा लिइनेछ ।

तनहुँमा जीप दुर्घटना : एकजनाको मृत्यु, सात घाइते
आइतबार, फागुन ६, २०८०
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा शनिबार राति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।

बैंङ्किङ कसूर तथा सजाय विधेयकमाथि छलफल
आइतबार, फागुन ६, २०८०
तिनिधिसभाको आजको बैठकले ‘बैंङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आजको बैठकमा यस्तो प्रस्ताव पेश गरेका थिए ।

लुम्बिनी प्रादेशिक अस्पतालमा ‘क्याथल्याब’ मेसिन बल्ल उपयोगमा आयो
शनिबार, फागुन ५, २०८०
लुम्बिनी प्रादेशिक अस्पतालमा डेढ वर्षदेखि थन्काइएका मुटुसँग सम्बन्धित उपकरणको बल्ल सदुपयोग भएको छ । अस्पतालको कोठामा थन्किएका करोडौँ मूल्यका ‘क्याथ ल्याब मेसिन’बाट बिरामीको उपचार सुरुआत गरिएको छ ।