कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि
बिहीबार, फागुन ३, २०८०

अमेरिका लैजाने भन्दै बन्धक बनाइएका ११ जनाको उद्धार
बिहीबार, फागुन ३, २०८०
जिल्ला प्रहरी परिसर काठमाडौँको प्रहरी टोलीले अमेरिका लैजाने भन्दै काठमाडौँमा ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकको उद्धार गरेको छ ।

कपिलवस्तु बस दुर्घटना अपडेट: दश जना मृतकको सनाखत
बिहीबार, फागुन ३, २०८०
कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै आज विहान भएको बस दुर्घटनामा मृत्यु भएका दशजनाको पहिचान खुलेको छ ।

कपिलवस्तु बस दुर्घटना १० जनाको मृत्यु, ३० घाइते
बिहीबार, फागुन ३, २०८०
कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस आज विहान सडकबाट दुई सय मिटर तल खसेको थियो ।

एसिसी महिला प्रिमियर लिग क्रिकेट : कुवेतलाई हराउँदै नेपाल सेमिफाइनलमा
बुधबार, फागुन २, २०८०
कुवेतलाई हराउँदै नेपाल एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ । मलेसियाको क्वालालाम्पुरस्थित वाइएसडी युकेएम क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले कुवेतलाई आठ विकेटले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रबाट हुने आम्दानी स्थानीय विकासमा लगाउन माग
बुधबार, फागुन २, २०८०
बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको भेटीलगायतबाट हुने आम्दानीको आधा हिस्सा लुम्बिनी सांस्कृतिक नगरपालिकालाई प्रदान गर्न माग गरिइएको छ ।

पशु विज्ञानमा विद्यार्थीको आकर्षण
बुधबार, फागुन २, २०८०
कुनै समय विद्यार्थी भरिभराउ हुने बागलुङ सदरमुकाम नजिकै रहेको धौलागिरि वीरेन्द्र माध्यामिक विद्यालय एक दशकअघि विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुगेको थियो । निजी विद्यालयप्रतिको बढ्दो आकर्षणका कारण उक्त विद्यार्थी सङ्ख्या घटेपछि विद्यालयमा विसं २०७३ देखि प्राविधिक धारतर्फको अध्यापन सुरु गरियो ।

तिनाउमा शोक बिदा, मृतकका परिवारलाई जनही ३५ हजार
बुधबार, फागुन २, २०८०
पाल्पाको तिनाउ गाउँपालिकामा मङ्गलबार साँझ यात्रुबाहक जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । मृतक १० मध्ये आठ जनाको घटनास्थलमा र दुुई जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्युु भएको हो ।

अझै २० प्रतिशत गरिबीको रेखामुनि
मंगलबार, फागुन १, २०८०
नेपालमा अझै २० दशमलव २७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको ‘नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९/८०’ मा २०७२ सालको भूकम्प र कोरोना महामारी लगायत कारणबाट अपेक्षित रुपमा गरिबीको दर घट्न नसकेको उल्लेख छ ।

चिसोको प्रवाह नगरिकन चलचित्र छायाङ्कन
मंगलबार, फागुन १, २०८०
अन्य समयको तुलनामा चिसो हुने महिना पुस र माघमा सङ्ख्यात्मकरूपमा कम चलचित्र छायाङ्कन हुने गरेको पाइन्छ । विशेषतः चिसोले प्रभाव पार्ने भएकाले यो समयलाई छायाङ्कनका लागि उपयुक्त मानिँदैन । किनकी दृश्याङ्कन गर्दा बाक्लो कुहिरो अर्थात् हुस्सुलेसमेत प्रभाव पर्छ ।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ८९ व्यक्ति पक्राउ
मंगलबार, फागुन १, २०८०
नेपाल प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको छ महिनाको अवधिमा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न ८९ व्यक्तिलाई पक्राउ गरेको छ । त्यसमध्ये ६७ पुरुष र २२ महिला छन् । सोही अवधिमा जम्मा ७९ मुद्दा दर्ता भएका छन् ।

डलर देखाइ ठगी गर्ने फरार व्यक्ति पक्राउ
सोमबार, माघ २९, २०८०
डलर देखाइ रु नौ लाख ठगी गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउपर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ घर भई हाल बूढानीलकण्ठ नगरपालिका–५ टुसाल बस्ने २६ वर्षीय दिलकुमार लामा रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

दर्शकको आकर्षण केराका थामबाट बनाइएका सामग्री
सोमबार, माघ २९, २०८०
स्याङ्जाको वालिङमा सञ्चालित महोत्सवमा केराका थामबाट बनाइएका सामग्रीमा दर्शकको आकर्षण देखिएको छ । माघ १८ गतेदेखि वालिङ उद्योग वाणिज्य संघले आयोजना गरेको आठौँ वालिङ महोत्सवस्थलमा स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले केराका थामबाट बनाएका सामग्री अवलोकन तथा खरिद गर्नेको घुइँचो दैनिक जसो देखिएको थियो ।