सांसदद्वारा सरकारी जग्गा संरक्षणमा सरकारको ध्यानाकर्षण
आइतबार, माघ २८, २०८०

रामग्राम क्षेत्रलाई भाडामा लगाउने सम्झौता खारेज गर्न समितिको निर्देशन
आइतबार, माघ २८, २०८०
लुम्बिनीस्थित रामग्राम क्षेत्रको जग्गा अधिग्रहण गरेर निजी कम्पनीलाई ९९ वर्षका लागि भाडामा लगाउने गरी भएको सम्झौता खारेज गर्न सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ । रामग्राम क्षेत्रलाई संरक्षण तथा विकाससम्बन्धी अनुसन्धान तथा परियोजनाको आर्थिक स्रोतको खोजी गरी लुम्बिनी विकास कोष र प्रमिष्ट ल्याण्ड लिमिटेडबीच भएको सम्झौता खारेज गर्न समितिको...

छ महिनामा १० लाखभन्दा बढी सवारीसाधन कारबाहीमा
आइतबार, माघ २८, २०८०
ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको छ महिनामा देशभर १० लाख ५२ हजार ५५ विभिन्न सवारी साधनहरुलाई कारबाही गरेको छ । गत साउनदेखि पुस मसान्तसम्म गरिएको कारबाहीबाट रु ७९ करोड ७१ लाख ४४ हजार आठ सय ५२ राजस्व सङ्कलन गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।
1707630125.jpg)
पर्यटकको बसाइ लम्ब्याउने रामपुरको चिन्ता
आइतबार, माघ २८, २०८०
कालीगण्डकी सभ्यतासँग जोडिएको स्थलसमेत हो पाल्पाको पर्यटकीय गन्तव्य रामपुर । भूगोलले चिटिक्क सजिएको वरपर डाँडाकाँडाले घेरिएको काठमाडौँ उपत्यकाकै झल्को दिने गन्तव्य पनि हो यो । लामो समयसम्म सडक सञ्जालले नजोडिँदा मौलिक पहिचान नै कताकता हराए जस्तै बनेको यो स्थल सडक पूर्वाधारकै अभावमा लामो समयसम्म विकासमा पछि परेको थियो ।

लिम्बू भाषाको वंशावली सार्वजनिक
शनिबार, माघ २७, २०८०
लामो समयको खोज अनुसन्धानपछि फेम्सोहाङ लिबाङ (लिम्बू) समुदायको वंशावली सार्वजनिक भएको छ । दश वर्षको अनुसन्धानपछि शुक्रबार मोरङको पथरीशनिश्चरेमा उक्त वंशावली सार्वजनिक गरिएको हो । साँवा वंशावलीका अध्यक्ष धनप्रसाद साँवाको प्रमुख आतिथ्यमा वंशावली सार्वजनिक भएको थियो ।

प्रहरी कर्मचारीका लागि निःशुल्क स्वास्थ्य शिविर
शनिबार, माघ २७, २०८०
नेपाल प्रहरी श्रीमती संघले बिहीबार रुपन्देहीमा कार्यरत प्रहरी कर्मचारीका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न आयोगको चासो
शुक्रबार, माघ २६, २०८०
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सर्वोच्च अदालतको निर्देशात्मक आदेशबमोजिम विदेशमा रहेका नेपाली मतदाताको मताधिकार सुनिश्चित गर्न आयोग तत्पर रहेकोे बताएका छन् । अदालतले २०७४ चैत ७ गते उक्त आदेश दिएको थियो ।

अपहरण गरेर सात लाख फिरौती माग्ने दुई पक्राउ
शुक्रबार, माघ २६, २०८०
नुवाकोटको ककनी गाउँपालिका–४ का सूर्यबहादुर तामाङलाई अपहरण गरेर रु सात लाख फिरौती लिन आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा जिल्लाको ककनी गाउँपालिका–४ का राजकुमार तामाङ र शिवपुरी गाउँपालिका–८ का चन्द्रबहादुर तामाङ रहेका छन् ।

आजदेखि इ–भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सुरु
शुक्रबार, माघ २६, २०८०
अध्यागमन विभागले आजदेखि ई–भिसा, कार्यालय स्वचालन प्रणाली र अनलाइन भुक्तानीको शुभारम्भ गरेको छ । आज विभागको कालिकास्थानस्थित कार्यालयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो सेवाको शुभारम्भ गरे ।

नेपाल र अष्ट्रेलियाबीच व्यापार तथा लगानी सम्झौता
शुक्रबार, माघ २६, २०८०
नेपाल र अष्ट्रेलियाबीच व्यापार तथा लगानीसम्बन्धी सम्झौता भएको छ । परराष्ट्रमन्त्री एनपी साउदको अष्ट्रेलिया भ्रमणका क्रममा उक्त सम्झौता भएको उनको सचिवालयले जनाएको छ । अष्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

स्याङ्जामा पर्यटन पूर्वाधारका ४५ योजना सञ्चालनमा
शुक्रबार, माघ २६, २०८०
स्याङ्जामा चालु आर्थिक वर्षमा पर्यटन पूर्वाधार निर्माण सम्बन्धी ४५ योजना सञ्चालनमा रहेका छन् । गण्डकी प्रदेश सरकारले स्याङ्जाका ४५ योजना निर्माणका लागि बजेट विनियोजन गरेसँगै पर्यटन पूर्वाधार निर्माण थालिएको हो ।

विश्व सामाजिक मञ्चको १६ औँ सम्मेलन नेपालमा
बिहीबार, माघ २५, २०८०
विश्वका सीमान्तकृत समुदायको आवाज उठाइने विश्व सामाजिक मञ्चको १६औँ संस्करण आगामी फागुन ३ गतेदेखि ७ गतेसम्म काठमाडौँमा हुने भएको छ । मञ्च अन्तर्गतको नेपाल आयोजक समितिले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी फागुन ३ गतेदेखि ७ गतेसम्म काठमाडौँको भृकृटीमण्डपमा सम्मेलन हुने जनाइएको हो ।

बसको ठक्करबाट युवकको मृत्यु
बिहीबार, माघ २५, २०८०
धनुषामा विद्यालयको बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । जनकपुरधाम उपमहागनरपालिका–२३ बेलापुरस्थित जनकपुरधामको श्रीराम स्कूलको बसले आज ठक्कर दिँदा एक भारतीय नागरिकको ज्यान गएको हो ।