Shittalpati
संकटमा चुँदारा समुदायको पेसा
संकटमा चुँदारा समुदायको पेसा पछिल्लो समय यहाँ काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा संकटमा पर्दै जान थालेको छ । चुँदारा समुदायले परम्परागत रुपमा काठबाट कुँदेका सामग्री बिक्री गरेर आफ्नो जीविकोपार्जन गर्दै आएका थिए । आजभोलि प्रविधिको विकाससँगै बजारमा आधुनिक प्रविधिबाट निर्मित प्लास्टिक र सिल्टेका भाँडा बिक्री हुन थालेपछि आफ्नो पेसा संकटमा परेको मालिका...
सुतली बम पड्काएर भाग्ने क्रममा दुई जना पक्राउ
सुतली बम पड्काएर भाग्ने क्रममा दुई जना पक्राउ घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान क्याम्पस परिसरमा बम पड्काएर भाग्न खोज्ने क्रममा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक, प्रहरी प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिए । 
लिफ्ट खानेपानी आयोजनाले विद्युतमा पाए अनुदान
लिफ्ट खानेपानी आयोजनाले विद्युतमा पाए अनुदान स्याङ्जाका एक सय १० लिफ्ट खानेपानी आयोजनाले विद्युत् महसुलबापत रु एक करोड बढी अनुदान पाएका छन् । गण्डकी प्रदेशभित्रका नागरिकलाई स्वच्छ, गुणस्तरीय, सर्वसुलभ र सुरक्षितरुपमा खानेपानी सेवा पुर्‍याउने उद्देश्यले लिफ्ट खानेपानीमा लाग्ने महसुलमा अनुदान दिइएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख हरिप्रसाद तिमिल्सिनाले बताए ।
सुनको मूल्य तोलामा ११ सयले घट्यो
सुनको मूल्य तोलामा ११ सयले घट्यो स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा  एक हजार एक सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन बुधबार प्रतितोला एक लाख ५३ हजारमा कारोबार भएकामा आजका लागि एक लाख ५१ हजार नौ सय निर्धारण भएको छ ।
सुनको मूल्यमा नयाँ कीर्तिमान
सुनको मूल्यमा नयाँ कीर्तिमान स्थानीय बजारमा आज सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । अन्तर्राष्ट्रिय बजारसमेतमा उकालो लागेको सुन आज प्रतितोला एक लाख ५३ हजार कायम भएको छ ।
पाल्पामा समलिङ्गी विवाहले पायो कानूनी मान्यता
पाल्पामा समलिङ्गी विवाहले पायो कानूनी मान्यता पाल्पाको रामपुर नगरपालिकामा समलिङ्गी विवाह दर्ता भएको छ । रामपुर वडा नं ९ को कार्यालयमा ३१ वर्षीया चिनाकुमारी नेपाली र ३६ वर्षीया ज्योति सार्कीले समलिङ्गी विवाह दर्ता गरेसँगै कानूनी रुपमा समलिङ्गी विवाहले मान्यता पाएको छ ।
इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु
इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु दाङमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँमा इनार सफा गर्नेक्रममा उनीहरुको मृत्यु भएको हो ।
परम्परागत खेती छाडेर कफीखेतीतर्फ
परम्परागत खेती छाडेर कफीखेतीतर्फ गुल्मी सिर्सेनीका किसान यतिबेला परम्परागत रुपमा गर्दैै आएको खेती छाडेर कफीखेतीमा लागेका छन् । जिल्लाको मदाने गाउँपालिका–३ अन्तर्गत सिर्सेनीस्थित तोरेटाका किसानको बारी यतिबेला कफीको बगैँचा बनेको छ । त्यहाँका किसान परम्परागत रुपमा उत्पादन गर्दै आएको मकै र कोदोखेतीलाई छाडेर व्यावसायिक रुपमा कफीखेतीमा लागेका हुन् ।
घोराहीमा उपमहानगरपालिकाद्वारा छात्रवृत्तिको व्यवस्था
घोराहीमा उपमहानगरपालिकाद्वारा छात्रवृत्तिको व्यवस्था ही उपमहानगरपालिकाले संस्थागत विद्यालयका कक्षा ११ र १२ मा एक सय ९४ विद्यार्थीलाई निःशुल्क छात्रवृत्तिको व्यवस्था गरेको छ ।
लुम्बिनी प्रदेशसभाको बैठक बस्दै
लुम्बिनी प्रदेशसभाको बैठक बस्दै लुम्बिनी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे  बस्ने भएको छ । बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिने सम्बन्धी प्रस्तावित कार्यसूचि रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता आचार्य नेपाली कांग्रेसको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थियो  । 
भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको तयारी
भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको तयारी सरकारले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि कार्ययोजनासहित प्रक्रिया अगाडि बढाएको छ ।
पहिरोमा परी एकाघरका तीनजनाको मृत्यु
पहिरोमा परी एकाघरका तीनजनाको मृत्यु जाजरकोटको नलगाड नगरपालिका–२ माझगाउँमा आज बिहान पहिरोमा परी एकाघरका तीन जनाको मृत्यु भएको छ ।  मृत्युहुनेमा नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार, उनीहरुका दुई वर्षीय छोरा शिभम परियार छन् ।
Weather Update