Shittalpati
मूल्यवृद्धि पाँच दशमलव ४४ प्रतिशत
मूल्यवृद्धि पाँच दशमलव ४४ प्रतिशत गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक औसत मुद्रास्फीति पाँच दशमलव ४४ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मूल्यवृद्धि वाञ्छित सीमाभित्र देखिएको हो ।
तीन हजार बिन्दुबाट ओरालो लाग्यो नेप्से
तीन हजार बिन्दुबाट ओरालो लाग्यो नेप्से धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३४ दशमलव ४७ अङ्कले ओरालो लागेर दुई हजार नौ सय ६६ दशमलव ३३ मा सीमित भएको हो ।
पहिरो गएपछि गुल्मीको तम्घास–रिडी वामीटक्सार सडक अबरुद्ध
पहिरो गएपछि गुल्मीको तम्घास–रिडी वामीटक्सार सडक अबरुद्ध गए रातिदेखि परेको अबिरल वर्षाका कारण तम्घास‐रिडी र रिडी‐वामीटक्सार सडकखण्ड अबरुद्ध बनेको छ । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीदरबार गाउँपालिकाको गौडाकोट र बिरबासमा सडकमाथिबाट पहिरो खसेपछि सडक अबरुद्ध बनेको हो । 
सुनको मूल्य हालसम्मकै उच्च
सुनको मूल्य हालसम्मकै उच्च लगातार उकालो लागेको सुनको मूल्यमा आज पुनः नयाँ ‘रेकर्ड’ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा पनि लगातार बढिरहेको सुनको मूल्य आज स्थानीय बजारमा हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
पाल्पामा थपिए एक वर्षमा ९७ उद्योग
पाल्पामा थपिए एक वर्षमा ९७ उद्योग पाल्पामा आर्थिक वर्ष २०८०/८१ मा ९७ वटा नयाँ उद्योग थपिएका छन् । जसमा उत्पादनमूलक आठ, कृषि तथा पशुपालन ४४, पर्यटन ३०, सेवासम्बन्धी १५ गरी ९७ वटा उद्योग दर्ता भएका हुन् । दर्ता भएका उद्योगमध्ये ‘प्राइभेट फार्म’ ९३ र साझेदारी फार्म चारवटा छन् ।
चार करोड ५६ लाखमा बन्यो इलाका प्रशासनको भवन 
चार करोड ५६ लाखमा बन्यो इलाका प्रशासनको भवन  भाडाको घरबाट सेवा दिँदै आएको इलाका प्रशासन कार्यालय रामपुरले अहिले आफ्नै भवनबाट सेवा दिन थालेको छ । कार्यालयको सुविधासम्पन्न भवन निर्माण भएपछि नवनिर्मित भवनबाट सेवा सञ्चालन गरिएको छ । रामपुर नगरपालिका–५ स्थित बेझाड बजार (बजारदेखि माथिको भागमा अवस्थित) मा आधुनिक प्रविधिबाट निर्माण भएको अपाङ्गमैत्री कार्यालय भवनसँगै पाले घर, चमेनागृह तथा...
खोलाले बगाउँदा बेपत्ता
खोलाले बगाउँदा बेपत्ता बागलुङको गलकोटमा माछा मार्ने क्रममा खोलाले बगाउँदा आज एक जना बेपत्ता भएका छन् । गलकोट नगरपालिका–१० रमुवाका ४२ वर्षीय रमेश परियार दरमखोलामा माछा मार्ने क्रममा बपत्ता भएका हुन् । 
सुनको मूल्य तोलामा नौ सयले घट्यो
सुनको मूल्य तोलामा नौ सयले घट्यो स्थानीय बजारमा सुनको मूल्य आज तोलामा नौ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बिहीबार प्रतितोला एक लाख ५० हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४९ हजार छ सय निर्धारण भएको छ । 
साढे तीन सय वर्ष पुरानो मन्दिरको जीर्णोद्धार
साढे तीन सय वर्ष पुरानो मन्दिरको जीर्णोद्धार साढे तीन सय वर्ष पुरानो इतिहास रहेको यहाँको एक मन्दिरको जीर्णोद्धार गरिएको छ । स्याङ्जाको बिरुवा गाउँपालिका–४ मड्किना गुफास्थित शिवजी मन्दिर तथा श्री १००८ चम्पा गिरी जन्म आश्रमको जीर्णाेद्धार गरिएको हो ।
गुल्मीको रेसुङ्गा र मदानेमा भेटिए नयाँ प्रजातिका आठ चरा
गुल्मीको रेसुङ्गा र मदानेमा भेटिए नयाँ प्रजातिका आठ चरा रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा आठ प्रकारका नयाँ प्रजातिका चरा फेला परेका छन् । नेपाल पक्षी संरक्षण संघले गरेको सर्वेक्षणअनुसार मदाने र रेसुङ्गा संरक्षित वन क्षेत्रमा ती चरा फेलापरेका संघका परियोजना अधिकृत भरत पन्थील जानकारी दिए ।
स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै
स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै लुम्बिनी प्रदेशमा स्वास्थ्य संस्था गएर प्रसूति गराउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । चेतनाको विकास भएसँगै स्वास्थ्य संस्था गएर प्रसूति गराउनेको सङ्ख्या १८.८ प्रतिशतले वृद्धि भएको लुम्बिनी प्रदेशको प्रथम आवधिक योजनाको समीक्षा प्रतिवेदन २०८० मा उल्लेख गरिएको छ ।
Weather Update