Shittalpati
गुल्मीमा बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु
गुल्मीमा बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु जिल्लाको रेसुङ्गा नगरपालिका –४ अर्खरेलेमा बस र मोटरसाईकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु  भएको छ ।
गुल्मीको एक पसलमा आगोलागी, लाखौंको क्षति
गुल्मीको एक पसलमा आगोलागी, लाखौंको क्षति जिल्लाको गुल्मीदरबार गाउँपालिका –७ देउराली चारपालामा पसलमा भएको आगलागीबाट लाखौंको सम्पत्ति जलेर नष्ट भएको छ । देउराली चारपाला फेदी निवासी टोपबहादुर बस्नेतको घरमा आगलागीबाट पसलमा रहेको सम्पूर्ण नगद,मोटरसाइकल सहित सम्पूर्ण खाद्यान्न सामाग्री जलेर नस्ट भएको हो । 
गुल्मीमा मानव अधिकारकर्मीले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र
गुल्मीमा मानव अधिकारकर्मीले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र गुल्मीमा मानव अधिकारकर्मीहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुुझाएका छन् । सोमबार मुलुकमा विद्यमान कहालीलाग्दो दण्डहीनताको अन्त्य गरी सुशासनको प्रत्याभूति गर्दै लोकतान्त्रिक गणतन्त्रको आदर्शलाई आत्मसात गर्न भन्दै  प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । 
गुल्मीमा पर्यटकीय एवं कृषि महोत्सव हुँदै
गुल्मीमा पर्यटकीय एवं कृषि महोत्सव हुँदै गुल्मीमा पर्यटकीय एवं कृषि महोत्सव हुन लागेको छ । गुल्मी उद्योग संघको आयोजनामा कात्तिक १५ देखि २५ गतेसम्म रेसुङ्गा नगरपालिका–९ उपल्लो तम्घासमा महोत्सव हुन लागेको हो ।
रेसुङ्गा–काठमाडौं उडान समय परिवर्तन
रेसुङ्गा–काठमाडौं उडान समय परिवर्तन रेसुङ्गा विमान स्थलबाट उडान हुने गुल्मी–काठमाडौंको समय तालिका परिवर्तन गरिएको छ । गुल्मीबाट प्रत्येक हप्ताको मंगलबार र शुक्रबार नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले उडान भर्दै आएकोमा अहिले विविध कारण देखाउँदै समय तालिका परिवर्तन गरेको हो ।
गुल्मीको इन्द्रेगौंडामा ग्लोबलको एक्सटेन्सन काउन्टर
गुल्मीको इन्द्रेगौंडामा ग्लोबलको एक्सटेन्सन काउन्टर गुल्मीको मुसीकोट नगरपालिका–५ स्थित इन्द्रेगौंडा बजारमा ग्लोबल आईएमई बैंक लिमिटेडले एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
गुल्मीका दुई पत्रकारलाई ‘नवजनचेतना उत्कृष्ट पत्रकारिता पुरस्कार’
गुल्मीका दुई पत्रकारलाई ‘नवजनचेतना उत्कृष्ट पत्रकारिता पुरस्कार’ नवजनचेतना राष्ट्रिय दैनिक पत्रिकाद्वारा स्थापित नवजनचेतना उत्कृष्ट पत्रकारिता पुरस्कारबाट गुल्मीका दुई पत्रकार पुरस्कृत  भएका छन् । शुक्रबार गुल्मीको तम्घासमा नेपाल प्रेस युनियन गुल्मीको नवौं जिल्ला अधिवेशन तथा १७ औं साधारण सभाको अवसरमा जिल्लाका दुई पत्रकार नवजनचेतना उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् ।
Weather Update