Shittalpati
वरिष्ठ लोक गायकद्वय रायमाझीलाई मातृ शोक
वरिष्ठ लोक गायकद्वय रायमाझीलाई मातृ शोक नेपाली लोक संगीतका नक्षत्र तथा वरिष्ठ लोकगायद्वय नारायण रायमाझी र दुर्गा रायमाझीलाई मातृ शोक परेको छ । पाल्पा माथागढी गाउँपालिका झडेवा निवासी उनीहरूकी ममतामयी माता कृष्णकुमारी रायमाझीको विहीबारराती काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा ८२ वर्षको उमेरमा निधन भएको हो ।
आज विश्व पर्यटन दिवस मनाइँदै
आज विश्व पर्यटन दिवस मनाइँदै आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस । नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस मनाइँदैछ । खासगरी, पर्यटन सम्बन्धी काम गर्ने निकाय वा संस्थाले विभिन्न कार्यक्रम गर्दै छन् । दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा संघसंस्थाले...
बगनासकालीमा सामाजिक सुरक्षा भत्ता लिन ३ हजार १ सय सूचिकृत
बगनासकालीमा सामाजिक सुरक्षा भत्ता लिन ३ हजार १ सय सूचिकृत जिल्लाको बगनासकाली गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता लिन तीन हजार एक सय बढी लाभग्राही सूचिकृत भएका छन् । गाउँपालिकामा तोकिएको मापदण्ड र प्रक्रिया पूरा गरेका ३ हजार १ सय ४७ जना लाभग्राही सामाजिक सुरक्षा भत्ता दिन सूचिकृत भएका हुन् ।
आज परमाणु हतियार निर्मूल दिवस मनाइँदै
आज परमाणु हतियार निर्मूल दिवस मनाइँदै अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मुल दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र संघको आह्वानमा यो दिवस हरेक वर्ष सेप्टेम्बर २६ का दिन मनाउने गरिएको हो । राष्ट्रसंघको स्थापनासँगै आणविक हतियार नष्ट गर्ने विषयले प्राथमिकता पाउँदै आए पनि सन् २०१३ मा सम्पन्न साधारणसभाबाट घोषणा भएसँगै सेप्टेम्बर २६ का दिन...
प्रभास क्षेत्रको सम्भावना र अवसर, खाँचो इच्छा शक्तिको
प्रभास क्षेत्रको सम्भावना र अवसर, खाँचो इच्छा शक्तिको सिद्धार्थ राजमार्ग (बेहलिया देखि पोखरा) को तानसेन नगरपालिका खण्डमा पर्ने यो क्षेत्र तानसेन नगरपालिकाको वडा नं. ७ मा पर्दछ । प्रभास एक सिमसार क्षेत्र (धार्मिक र सांस्कृतिक क्षेत्र) पनि हो । यो राजमार्गको एक आकर्षक स्थान हो ।
थारू महिलाहरुको जितिया पर्व
थारू महिलाहरुको जितिया पर्व तराईका थारू समुदायका महिलाहरुले मंगलबारदेखि जितिया पर्व मनाइरहेका छन् । सन्तानको दीर्घायु, सुखसमृद्धि र मनोकामना पूर्ण गराउन तराईका थारुसहित अन्य समुदायका महिलाले पहिलो नदी, तलाउमा नुहाएर जितमहानको पूजा गरी जितिया सुरुवात गरेका हुन् ।
छुट्टाछुट्टै घटनामा ११ जनाको मृत्युु
छुट्टाछुट्टै घटनामा ११ जनाको मृत्युु देशका विभिन्न स्थानमा भएका छुुट्टाछुुट्टै घटनामा ११ जनाको मृत्युु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पाल्पा, रौतहट, पाँचथर, सिन्धुली, बाँके, दाङ, सर्लाही, सल्यान, सिराहा, चितवन र मोरङमा भएका छुुट्टाछुट्टै घटनामा ११ जनाको मृत्युु भएको हो ।
एसईईको पूरकमा ५६.७८ प्रतिशत उत्तीर्ण
एसईईको पूरकमा ५६.७८ प्रतिशत उत्तीर्ण यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेडवृद्धि परीक्षामा सहभागीमध्ये ५६.७८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले सोमबार प्रकाशन गरेको परीषाफल अनुसार पूरक परीक्षामा १ लाख १९ हजार चार सय २५ जना ग्रेड (पास) भएका हुन् ।
तानसेनमा पिताहरूको स्मरणमा ‘बा कप’ व्याडमिन्टन प्रतियोगिता
तानसेनमा पिताहरूको स्मरणमा ‘बा कप’ व्याडमिन्टन प्रतियोगिता जिल्लाको सदरमुकाम तानसेनमा स्वर्गीय पिताहरुको स्मरणमा ‘बा कप’ व्याडमिन्टन प्रतियोगिता २०८१ आयोजना गरिएको छ । सोह्र श्राद्ध चलिरहेका बेला नारायण युवा क्लव तानसेनले पिताहरुको सम्झनामा व्याडमिन्टन प्रतियोगिता आयोजना गरेको हो । तानसेन –२ स्थित फूलबारी कवर्डहलमा क्लवको आयोजना,अमर नारायण कभर्डहल व्यवस्थापन समितिको व्यवस्थापन र वडा कार्यालयको समन्वयमा शुक्रबार र शनिबार...
पूर्वडीआईजी जोशीलाई हिरासतमा राख्न अनुमति
पूर्वडीआईजी जोशीलाई हिरासतमा राख्न अनुमति सहकारी ठगी प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वनायव महानिरीक्षक (डीआईजी) छविलाल जोशीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुुमति दिएको छ । 
Weather Update