गोली लागेर पूर्वराष्ट्रपति ट्रम्प घाइते
आइतबार, असार ३०, २०८१

यस्तो छ नवनियुक्त प्रधानमन्त्री ओलीको जीवनी
आइतबार, असार ३०, २०८१
संविधानको प्रभावकारी कार्यान्वयन गर्दै मुलुकमा समृद्धि र विकासका लागि बलियो एवं स्थिर सरकारको आवश्यकता देखिएका बेला ४५औँ प्रधानमन्त्रीका रूपमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली नियुक्त भएका छन् ।

ओली चौंथौ पटक प्रधानमन्त्रीमा नियुक्त
आइतबार, असार ३०, २०८१
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चौंथौ पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले दिएको समयसीमा आइतबार अपरान्ह ५ बजे सकिएपछि राष्ट्रपतिले ओलीलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम नियुक्त गरेका हुन् ।

सहमतिपछि पत्रकार महासंघमा लागेको ताला खुल्यो
आइतबार, असार ३०, २०८१
नेपाल पत्रकार महासंघको सदस्यता विवादपछि नेपाल प्रेस युनियन पाल्पाले तानसेनस्थित महासंघको कार्यालयमा लगाएको ताला आइतबारबाट खुलेको छ । असार १५ गते लगाइएको ताला सहमतिमा खुुला गरिएको युनियनकी जिल्ला अध्यक्ष मन गहिरेले बताईन् ।

सफल : सत्कर्म !
आइतबार, असार ३०, २०८१
सफल जीवन गतिशिल, गतिहिन शुन्यता ।
पुष्पित पल्लवित जीवन, श्रेष्ठ गतिशिलता ।।

प्रचण्ड सरकार ढल्यो, प्रधानमन्त्रीमा आइतबार ओलीले नियुक्ति र शपथ लिदैं
शनिबार, असार २९, २०८१
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार ढलेको छ । शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत नपाएसँगै प्रचण्ड नेतृत्वको सरकार ढलेको हो ।

त्रिशूलीमा बगेको बसका एक यात्रुुको शव फेला
शनिबार, असार २९, २०८१
सिमलताल पहिरोमा परी त्रिशूली नदीमा हराइरहेका बसका एक यात्रुुको शव फेला परको छ । शनिवार खोजी गर्ने क्रममा पहिरो गएको स्थानबाट अन्दाजी ५० किमि तल राप्ती नदी र नारायणी नदी मिसिने स्थान गोलाघाटमा एक यात्रुुको शव फेला परेको हो ।

आज भानु जयन्ती मनाइँदै
शनिबार, असार २९, २०८१
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं. १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तको स्मरण गर्दै उनको जन्मजयन्ती मनाउन लागिएको हो ।

प्रधानमन्त्री प्रचण्डले पाएनन् विश्वासको मत
शुक्रबार, असार २८, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउन सकेनन् । प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ ।

माथागढीकी बेपत्ता महिला खोलामा मृत फेला, कालिगण्डकी किनारमा अर्का पुरुष मृत भेटिए
शुक्रबार, असार २८, २०८१
जिल्लाको माथागढी गाउँपालिका –४ झडेवाकी बेपत्ता भएकी एक महिला खोलामा मृत भेटिएकी छन् । गत असार २२ गते खेतमा काम गरी बेलुकी घर फर्किने क्रममा बेपत्ता भएकी झडेवाकी ७९ वर्षीया पदमकुमारी घर्ती नजिकैको खोलामा मृत अवस्थामा फेला परेकी हुन् ।

जंगली च्याउ नखाऔं
शुक्रबार, असार २८, २०८१
वर्षायाम सुरु भएसँगै जंगली च्याउ उम्रिन थालेका छन् । हरेक वर्ष यही समयमा देशका विभिन्न ठाउँहरुमा जंगली च्याउ खाएर यति जनाको ज्यान गयो, यति विरामी भए भन्ने समाचारहरु आउने गर्छन् ।