समसामयिक विषयमा काँग्रेस तानसेनले गरायो सिडियोको ध्यानाकर्षण
शुक्रबार, जेठ ३२, २०८१

आज विश्व रक्तदाता दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
शुक्रबार, जेठ ३२, २०८१
आज विश्व रक्तदाता दिवस नेपालमा पनि रक्तदान लगायतका विभिन्न कार्यक्रम गरी मनाइँदैछ । रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति कृतज्ञता व्यक्त गर्न हरेक बर्ष जून १४ का दिन यो दिवस मनाउन थालिएको हो ।
रामपुरको नीति तथा कार्यक्रममा कृषि र पर्यटनलाई जोड दिन सुझाव
बिहीबार, जेठ ३१, २०८१
जिल्लाको रामपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि बनाउन लागेको नीति तथा कार्यक्रममा कृषि र पर्यटनलाई जोड दिन सरोकारवालाहरुले सुझाव दिएका छन् । नगरपालिकाले आयोजना गरेको सल्लाहकार र पत्रकारहरुसँग नीति तथा कार्यक्रमका लागि सुझाव संकलनसँगै छलफल कार्यक्रममा सहभागीहरुले कृषि र पर्यटनलाई जोड दिन सुझाव दिएका हुन् ।

रूखबाट लडेर घाइते भएकी महिलाको मृत्यु
बुधबार, जेठ ३०, २०८१
स्याङ्जामा रूखबाट लडेर घाइते भएकी महिलाको मृत्यु भएको छ । बुधबार बिहान अन्दाजी ७ बजे चापाकोट नगरपालिका–७ साँखर बस्ने ३५ वर्षीय सृजना ढकाल रूखबाट लडेकी थिइन् । आफ्नै बारीमा रहेको पिपलको रूखमा चढेर घाँस काट्ने क्रममा लडेर घाइते भएकी उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी इन्द्रबहादुर...

आज विश्व बालश्रम विरुद्धको दिवस
बुधबार, जेठ ३०, २०८१
विश्व बालश्रम विरुद्धको दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुन १२ लाई विश्वभर बालश्रम विरुद्धको दिवसका रुपमा मनाउने गरिन्छ ।

असारे विकास र हामी
बुधबार, जेठ ३०, २०८१
देशका विभिन्न जिल्लामा अहिले असारे विकासको माचो बढी रहेको अवस्था छ । असारे बिकासले जनतामा सास्ती पनि थपि रहेको अनुभूति हुन थालेको छ । संघीय, प्रदेश र स्थानीय सरकारहरुका तर्फबाट निर्माणका लागि सम्झौता भएका साना योजनाहरु असार लाग्ने वेलामा शुरु गरेर पन्द्र असार सम्ममा सक्ने किसिमको सोंचका साथ शुरु भएका...

दक्षिण अफ्रिकाको लगातार तेस्रो जित, बंग्लादेश ४ रनले पराजित
मंगलबार, जेठ २९, २०८१
आईसीसी टी–२० विश्वकपमा ब·लादेशलाई हराउदै दक्षिण अफ्रीका लगातार तेस्रो पटक जित निकालेको छ । दक्षिण अफ्रीकाले ब·लादेशलाई ४ रनले हराएको हो । दक्षिण अफ्रिकाले दिएको १ सय १४ रनको लक्ष्य पछ्याएको ब·लादेशले ७ विकेटको क्षतिमा १ सय ९ रन मात्र बनाउन सक्यो ।

लुम्बिनी प्रदेश र सुदूरपश्चिममा ३ दिन तातो हावा र तातो लहर चल्ने चेतावनी
मंगलबार, जेठ २९, २०८१
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी प्रदेश तराईका जिल्ला र सुदूरपश्चिममा जिल्लामा मंगलबार देखि ३ दिनसम्म अत्याधिक गर्मी हुने चेतावनी दिएको छ । महाशाखाले मंगलबार विहान ११ बजे विशेष बुलेटिन सार्वजनिक गर्दै ४० डिग्री वा सो भन्दा बढीसम्म तापक्रम पुग्न सक्ने चेतावनी दिएको हो ।

नेप्से शेयर बजारमा ३३ अंकले बढ्यो
मंगलबार, जेठ २९, २०८१
साताको तेस्रो दिन शेयर बजार उत्साह छाएको छ । मंगलबार शेयर बजार मापन गर्ने नेप्से परिसूचकमा ३३ दशमलव एक पाँच अंकको उत्साह छाएको हो । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १ दशमलव पाँच नौ प्रतिशतले बढेर २१ सय १५ दशमलव दुई चार अंकमा उक्लिएको छ ।
‘हिंसारहित समाजका लागि सकारात्मक सोच आवश्यक’
मंगलबार, जेठ २९, २०८१
जिल्लाको रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले हिंसा र अपराधरहित समाज निार्माणका लागि सकारात्मक सोच आवश्यक रहेको बताएका छन् । नगरपालिकाले आयोजना गरेको न्यायिक समितिसँग प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समाजमा हुने विभिन्न हिंसा तथा अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।