रेडक्रस सोसाइटी युजुरेसको स्थापना दिवसमा वक्तृत्वकला प्रतियोगिता
मंगलबार, फागुन २२, २०८०
रामपुरमा सञ्चालित मेलमिलाप सम्बन्धी तालिम सकियो
मंगलबार, फागुन २२, २०८०
जिल्लाको रामपुर नगरपालिका भित्र सञ्चालित आठ दिवसीय मेलमिलाप सम्बन्धी आधारभूत तालिम सकिएको छ । रामपुर नगरपालिकाको आयोजनामा मेलमिलापकर्ताहरुका लागि भएको तालिम सकिएको हो ।
नयाँ मन्त्रीहरूको नामसहित प्रधानमन्त्री दाहाल पुगे राष्ट्रपति रामचन्द्रलाई भेट्न
सोमबार, फागुन २१, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति कार्यालयमा पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री प्रचण्ड शितल निवास पुगेका हुन् ।
छुट्टाछुट्टै घटनामा पाँच जनाको मृत्यु
आइतबार, फागुन २०, २०८०
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा पाँच जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सवारी दुर्घटना, आगलागी र अकस्मात भएका छुट्टाछुट्टै दुर्घटनामा परी पाँच जनाको अकालमै ज्यान गएको हो ।
आज विश्व वन्यजन्तु दिवस मनाइदैं
आइतबार, फागुन २०, २०८०
आज विश्व वन्यजन्तु दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदैं छ । प्रत्येक वर्षको मार्च ३ तारिखका दिनमा यो दिवस मनाइने गरिन्छ । झन्डै एक दशकअघि राष्ट्रसंघले आजैका दिनमा यो दिवस मनाउने घोषणा गरेपछि विश्वभर नै वन्यजन्तुहरुको सुरक्षा र संवर्धनका लागि यस दिवसलाई विशेष उद्देश्यमूलक तरिकाले मनाइँदै आइएको हो ।
रामपुर नगर सरकारले दियो विद्यालयलाई ‘स्मार्ट बुक’
आइतबार, फागुन २०, २०८०
जिल्लाको रामपुर नगर सरकारले यहाँका विद्यालयहरुलाई स्मार्ट बुक दिएको छ । नगर सरकारले यहाँका ४ वटा विद्यालयलाई अडियो डिभाईश सहितको स्मार्ट बुक दिएको हो ।
रामपुरमा निःशुल्क स्वास्थ्य शिविर
शुक्रबार, फागुन १८, २०८०
जिल्लाको रामपुरमा निःशुःल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । पूर्व प्रधानमन्त्री स्वःसुशील कोइरालाको ८ औं स्मृति दिवसका अवसरमा एक दिने शिविर भएको हो ।
मोहन कन्या माविमा एसइई दिने दिदीहरुलाई बहिनीहरुले दिए शुभकामना
बिहीबार, फागुन १७, २०८०
तानसेनको मोहन कन्या माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ९ का (छात्रा) बहिनीहरुले एसइई दिने दिदी (छात्रा)हरुलाई सफलताको शुभकामना दिएका छन् । उनीहरुले एक औपचारिक कार्याक्रमको आयोजना गरी एसइईको तयारीमा रहेका दिदीहरुलाई शुभकामना दिएका हुन् ।
पाल्पामा मापदण्ड विपरीत सञ्चालनमा आएका खानी रोक्न वाइसीएलले गरायो सिडियोको ध्यानाकर्षण
बिहीबार, फागुन १७, २०८०
नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) पाल्पाले जिल्लामा मापदण्ड विपरीत सञ्चालित चुनढुङ्गा खानी रोक्न पाल्पाका प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ । वाइसीएलले प्रमुख जिल्ला अधिकारी आनन्द प्रसाद काफ्लेलाई भेटेर मापदण्ड विपरीत सञ्चालनमा आएका चुनढुङ्गा खानी रोक्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।
पाल्पामा भेटियो पुरानो ग्रिनेड, सेनाद्वारा डिस्पोज गर्ने तयारी
बिहीबार, फागुन १७, २०८०
जिल्लाको तानसेन नगरपालिका–११, जोगीपानीमा ग्रिनेड फेला परेको छ । माओवादी सशस्त्र द्वन्द्वका बेला राखिएको हुनसक्ने आशंका गरिएको ग्रिनेड जोगीपानीस्थित लिपिन्देवी आधारभूत विद्यालयनजिकै भेटिएको हो ।
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा सात जनाको मृत्यु
बुधबार, फागुन १६, २०८०
देशका विभिन्न स्थानमा भएका छुट्टाछट्टै घटनामा सात जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार विभिन्न जिल्लामा भएका सवारी साधन,आगलागी र करेन्ट लागेर सात जनाको मृत्यु भएको हो ।
रामपुरमा समृद्ध जीवन विषयक प्रवचन कार्यक्रम
मंगलबार, फागुन १५, २०८०
जिल्लाको रामपुरमा समृद्ध जीवन विषयक प्रवचन कार्यक्रम भएको छ । रामपुर नगरपालिकाको आयोजनामा जीवन विज्ञान सम्बन्धी जानकारी गराई जीवनलाई सुखि र समृद्ध बनाउन सक्षम बनाउने उद्देश्यल प्रवचन कार्यक्रम गरेको हो ।