Shittalpati
 लघुवित्त पीडितहरूले गरे संसद् भवनभित्र प्रदर्शन
 लघुवित्त पीडितहरूले गरे संसद् भवनभित्र प्रदर्शन लघुवित्त पीडितहरुले संघीय संसद भवन भित्र प्रवेश गरेर विरोध प्रदर्शन गरेका छन् । संसद भवनमा बैठक सञ्चालन भइरहेको बेला उनीहरु संसद परिसरमै पुगेर प्रदर्शन गरेका हुन् ।
दिउँसोमा बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक खुला
दिउँसोमा बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक खुला दैनिक दिउँसोमा चार घण्टा बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आइतबारदेखि खुला गरिएको छ । पहाड काट्ने काम लगभग सकिएकाले चौविसै घण्टा बाटो खुला गरिएको हो ।
पाल्पा जेसीजलाई चितवनमा अवार्ड
पाल्पा जेसीजलाई चितवनमा अवार्ड पाल्पा जेसीजले उत्कृष्ट अवार्ड प्राप्त गरेको छ । नेपाल जेसीजको आयोजनामा चितवनको सौराहामा भएको नेशनल काउन्सिलर एकेडेमी २०२४ को अवसरमा जेसीज पाल्पा शाखाले ‘हन्ड्रेड प्रसेन्ट ईफिसेन्सी अवार्ड फर दी मन्थ अफ जनवरी’ अवार्ड प्राप्त गरेको हो ।
तानसेनमा विद्युत आपूर्ति सहज बनाइदिन खानेपानी समितिको आग्रह
तानसेनमा विद्युत आपूर्ति सहज बनाइदिन खानेपानी समितिको आग्रह तानसेन खानेपानी उपभोक्ता समितिले विद्युत आपूर्ति सहज बनाइदिन विद्युत प्राधिकरण वितरण केन्द्र पाल्पा शाखालाई आग्रह गरेको  छ । शुक्रबार समितिका अध्यक्ष मोहनप्रसाद श्रेष्ठको नेतृत्वमा गएको टोलीले कार्यालय प्रमुख इन्जिनियर दिलिप मरासेनीलाई भेटेर तानसेनको विद्युत आपूर्ति सहज बनाइदिन आग्रह गरेको हो ।
खोलामा डुवेर रैनादेवी छहराका १७ वर्षीय किशोरको मृत्यु
खोलामा डुवेर रैनादेवी छहराका १७ वर्षीय किशोरको मृत्यु खोलामा डुवेर १७ वर्षीय किशोरको मृत्यु भएको छ । रुपन्देहीको देवदह नगरपालिका–१० चरङगेस्थित त्रिशुली खोलामा डुवेर रैनादेवी छहरा गाउँपालिका–५ घर भएका १७ वर्षीय सिलज रायमाझीको मृत्यु भएको हो ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रूपन्देही, बर्दिया, पर्सा र सुनसरीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाले अकालमै ज्यान गुमाएका हुन् । 
त्रिविको उपकुलपतिमा केशरजंग नियुक्त 
त्रिविको उपकुलपतिमा केशरजंग नियुक्त  त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा प्रा. डा. केशरजंग बराल नियुक्त भएका छन् । त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बराललाई २०औँ उपकुलपतिका रुपमा नियुक्त गरेका हुन्
अतिक्रमित सरकारी जग्गाको विवरण संकलन गर्न देशभरका प्रशासनलाई गृहको निर्देशन
अतिक्रमित सरकारी जग्गाको विवरण संकलन गर्न देशभरका प्रशासनलाई गृहको निर्देशन गृह मन्त्रालयले अतिक्रमणमा परेका सरकारी जग्गाको विवरण संकलन गरी पठाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले बुधबार सबै प्रशासन कार्यालयहरूलाई परिपत्र गर्दै सरकारी जग्गा हानी नोक्सानी गर्ने र कानुन विपरीत प्रयोजनमा भोगचलन गर्नेमाथि कारवाहीका लागि विवरण संकलन गरेर पठाउन निर्देशन दिएको हो ।
पाल्पाको प्यारागनमा ‘दिगो पर्यटन : प्राकृतिक सौन्दर्यता अन्वेषण’ विषयक चित्रकला
पाल्पाको प्यारागनमा ‘दिगो पर्यटन : प्राकृतिक सौन्दर्यता अन्वेषण’ विषयक चित्रकला पाल्पा प्यारागन इङ्गलिश बोर्डिङ्ग स्कूलमा अन्तरविद्यालयस्तरीय चित्रकला प्रतियोगिता भएको छ । पाल्पा प्यारागन राष्ट्रिय दीगो पयर्टन क्लव र प्यारागन ग्रीन फर गूड क्लवको संयूक्त आयोजनामा ‘दिगो पर्यटन : प्राकृतिक सौन्दर्यता अन्वेषण’ विषयक चित्रकला प्रतियोगिता भएको हो ।
तानसेनमा निकालियो भीमसेनको रथ यात्रा
तानसेनमा निकालियो भीमसेनको रथ यात्रा तानसेनको शित्तलपाटीस्थित भीमसेन मन्दिर परिसरबाट श्री ७ भीमसेनको रथ यत्रा निकालिएको छ । बुधबार धार्मिक आस्थासँग जोडिएको भीमसेनको रथ यात्रा निकालिएको हो ।
आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइदैं
आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइदैं आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइदैंछ । हरेक वर्ष फेब्रुअरी २१ लाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा मनाइँदै आइएको हो । यो दिवस सन् २००० देखि भाषिक र सांस्कृतिक विविधता एवं बहुभाषिकता प्रवद्र्धन गर्ने हेतुले मनाउने गरिन्छ ।
चोलेश्वर शर्मालाई जगत्–चन्द्र स्मृति राष्ट्रिय पुरस्कार
चोलेश्वर शर्मालाई जगत्–चन्द्र स्मृति राष्ट्रिय पुरस्कार रत्न श्रेष्ठ पुरस्कार गुठी बागलुङले २०७९ सालको जगत्–चन्द्र स्मृति राष्ट्रिय पुरस्कार चोलेश्वर शर्माको “सगरमाथा एक पहाडको नाम होइन” निबन्ध सङ्ग्रहलाई प्रदान गर्ने भएको छ । मोफसलको सबैभन्दा पुरानो पुरस्कार गुठी रत्न श्रेष्ठ पुरस्कार गुठीका संरक्षक प्रेम छोटाका अनुसार हरेक दुई/दुई वर्षमा प्रदान गरिँदै आएकोमा २०७९ देखि पुरस्कार प्रत्येक वर्ष प्रदान...
Weather Update