Shittalpati
काँग्रेस जिल्ला सम्मेलनबाट ‘समुन्नत पाल्पा, सम्मानित पाल्पाली’ लाई उजागर गर्छाै : सभापति श्रेष्ठ
काँग्रेस जिल्ला सम्मेलनबाट ‘समुन्नत पाल्पा, सम्मानित पाल्पाली’ लाई उजागर गर्छाै : सभापति श्रेष्ठ नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले नेपाली काँग्रेसको जिल्ला सम्मेलनबाट ‘समुन्नत पाल्पा, सम्मानित पाल्पाली’ भन्ने नारालाई उजागर गर्ने बताएका छन् ।
लोक भजन संरक्षण गर्न  रिडीमा ‘भजन महोत्सव’ हुँदै, तयारी तीव्र 
लोक भजन संरक्षण गर्न रिडीमा ‘भजन महोत्सव’ हुँदै, तयारी तीव्र   गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रिडीमा भजन महोत्सव हुन लागेको  छ । रुरु धार्मिक सेवा सञ्चार प्रालिले पुष १ गते नवौ भजन महोत्सव तथा शिखा शुत्र भजन प्रतियोगिताको गर्न लागेको हो । 
गोठमा आगलागी हुँदा लाखौंको क्षति
गोठमा आगलागी हुँदा लाखौंको क्षति जिल्लाको गुल्मीदरबार गाउँपालिका–६ भलायचौरको एक गोठमा आगलागी हुँदा लाख भन्दा बढीको क्षति भएको छ । स्थानीय २७ वर्षीय नारायण खड्काको गोठमा आगो लाग्दा एक लाख ५० हजार बराबरको क्षति भएको हो ।
आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा
आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा दिएका छन् । उनले मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई राजीनामा बुझाएका हुन् ।
वायु सेवा निगमका अधिकृत पक्राउ 
वायु सेवा निगमका अधिकृत पक्राउ  नेपाल वायु सेवा निगमका एक जना अधिकृत पक्राउ परेका छन् । भिजिट भिसामा खाडी मुलुक पठाउन नक्कली कागजात बनाउने कार्यमा सहयोग गरेको आरोपमा निगमका एक जना अधिकृत पक्राउ परेका हुन् ।
आज अन्तर्राष्ट्रिय तटस्थ दिवस
आज अन्तर्राष्ट्रिय तटस्थ दिवस विश्वमा पूर्ण स्वतन्त्रताको अपेक्षासहित मनाइने अन्तर्राष्ट्रिय तटस्थता दिवस आज परेको छ । प्रत्येक वर्ष डिसेम्बर १२ मा विश्वभर यो दिवस मनाउने गरिएको छ । यो राष्ट्रसंघद्वारा घोषित तटस्थता दिवस हो ।
ग्लोबल बैंकका नयाँ चार शाखा विस्तार
ग्लोबल बैंकका नयाँ चार शाखा विस्तार ग्लोबल आइएमई बैंक लिमिटेडका चार वटा नयाँ शाखा एकैसाथ विस्तार भएका छन् । बैंकले काठमाडौंको बूढानिलकण्ठ नगरपालिका–५, बूढानिलकण्ठ, काठमाडौं चन्द्रागिरी नगरपालिका–१३, दहचोक, चितवनको भरतपुर महानगरपालिका–८, शरदपुरमा र तनहुँको आबुँखैरेनी गाउँपालिका–३, आबुँखैरेनीमा नयाँ शाखा विस्तार गरेको हो ।
पाल्पामा काँग्रेसको सम्मेलनका लागि ठाउँ–ठाउँमा छलफल
पाल्पामा काँग्रेसको सम्मेलनका लागि ठाउँ–ठाउँमा छलफल नेपाली काँग्रेसको यही मंसिर ३० गते पाल्पाको सदरमुकाम तानसेनमा हुन लागेको प्रथम जिल्ला सम्मेलनको तयारीका लागि ठाउँ–ठाउँमा छलफलका कार्यक्रमहरु भइरहेका छन् । पाल्पा काँग्रेसले जिल्लाका सबै पालिका र वडा तहमा पुगेर सम्मेलनको तयारीका लागि छलफल चलाएको हो ।   
 तानसेनको ‘श्रीनगर सांस्कृतिक डबली’ नगर सरकारलाई हस्तान्तरण
 तानसेनको ‘श्रीनगर सांस्कृतिक डबली’ नगर सरकारलाई हस्तान्तरण लुम्बिनी प्रदेश सरकारको लगानीमा तानसेनको कैलाशनगरमा निर्माणधिन  ‘ श्रीनगर सांस्कृतिक डबली’ तानसेन नगर सरकारलाई हस्तान्तरण गरिएको छ । आइतबार एक औपचारिक कार्यक्रमका बिच प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उक्त डबलीको साँचो नगर सरकारका प्रमुख सन्तोषलाल श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । 
छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ को मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ को मृत्यु देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रुपन्देही, अर्घाखाँची, चितवन, मकवानपुर र कैलाली जिल्लामा भएका छुट्टाछुट्टै दुर्घटनामा ८ जनाको मृत्यु भएको हो ।
दुम्सी मार्न जाँदा आफैले बोकेको भरुवा बन्दुक पड्केर निस्दीमा एक पुरुषको मृत्यु
दुम्सी मार्न जाँदा आफैले बोकेको भरुवा बन्दुक पड्केर निस्दीमा एक पुरुषको मृत्यु जिल्लाको निस्दी गाउँपालिका–४ मित्याल गाङसिङ्डाँडामा दुम्सी मार्न जाँदा आफैले बोकेको भरुवा बन्दुक पड्केर एक जना पुरुषको मृत्यु भएको छ । गाङ्गसिंङडाँडाका ४८ वर्षीय डम्बर बहादुर सारुको आफैले बोकेको बन्दुक पड्केर मृत्यु भएको हो ।
काँग्रेस पाल्पा सम्मेलनको तयारी तीव्र
काँग्रेस पाल्पा सम्मेलनको तयारी तीव्र यही मंसिर ३० गते पाल्पाको सदरमुकाम तानसेनस्थित टुँडिखेलमा हुन गइरहेको नेपाली कँग्रेस पाल्पा सम्मेलनको तयारी तीव्र पारिएको छ । सम्मेलनलाई भव्य रूपमा सम्पन्न गर्न सभापति हिमालदत्त श्रेष्ठको संयोजकत्वमा मूल समारोह समिति र विभिन्न उपसमिति गठन गरी तयारी तीव्र पारिएको हो ।
Weather Update