Shittalpati
युएईलाई हराउँदै नेपाल विश्वकपमा
युएईलाई हराउँदै नेपाल विश्वकपमा ट्वान्टी–२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनलमा यूएईलाई हराउँदै नेपाल ट्वान्टी–२० विश्वकपमा प्रवेश गरेको छ । एसिया क्वालिफार्यअन्तर्गत शुक्रबार मुलपानीमा भएको खेलमा नेपालले युएईलाई ८ विकेटले हराउँदै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा स्थान पक्का गरेको हो ।
जनसांस्कृतिक महासंघ पाल्पाको अध्यक्षमा गायक कार्की 
जनसांस्कृतिक महासंघ पाल्पाको अध्यक्षमा गायक कार्की  नेकपा (एमाले) सँग आवद्ध राष्ट्रिय जनसांस्कृतिक महासंघ पाल्पाको अध्यक्षमा लोकदोहोरी गायक रुपेश कार्की चयन भएका छन् । पार्टी पूर्नसंरचनापछि तानसेनमा भएको जिल्ला अधिवेशनले गायक कार्कीलाई  सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । 
सर्वोच्चको आदेशपछि रिगल पक्राउ
सर्वोच्चको आदेशपछि रिगल पक्राउ सर्वोच्च अदालतको परमादेशसँगै योगराज ढकाल (रिगल) पक्राउ परेका छन् । सर्वोच्चबाट बिहीबार आदेश आएको केही घण्टामै प्रहरीले रिगललाई नेपालगन्जस्थित सेतु बिक चोकबाट पक्राउ गरेको हो ।
रिगलको कैद मिनाह बदर
रिगलको कैद मिनाह बदर सर्वोच्च अदालतले योगराज भनिने रिगल ढकालको कैद मिनाहा गर्ने सरकारको निर्णय बदर गर्दै तत्काल पक्राउ गर्न परमादेश जारी गरेको छ । सर्वोच्च अदालतको पूर्ण इजलासले ढकालको कैद मिनाहा गर्ने सरकारको निर्णय बदर गर्दै तत्काल पक्राउ गरी कारागार चलान गर्न पनि परमादेश दिएको हो ।
डिजेल र मट्टितेलको मूल्य घट्यो
डिजेल र मट्टितेलको मूल्य घट्यो नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमल बुधबार बिहान १२ बजेर १ मिनेटदेखि लागू हुने गरी डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ४ रुपैयाँले घटाएको हो ।
प्रकृति, संस्कृति र जीवन
प्रकृति, संस्कृति र जीवन संस्कार र संस्कृति जीवनका आधार हुन् । ब्रम्हाण्ड प्रकृति हो । यो मानव निर्मित होइन । पहिले देखिनै बनि बनाउ छ । प्रकृति भित्र जल, तेज, वायू, आकाश, जमिन अवस्थित छन् । प्रकृतिमै अन्तरिक्ष निहित छ । प्रकृति ईश्वरको रचना हो ।
दर्पुकमा युवकले गरे छिमेकी माथि कुटपिट
दर्पुकमा युवकले गरे छिमेकी माथि कुटपिट जिल्लाको बगनासकाली गाउँपालिका–६ दर्पुकमा एक युवकले छिमेकी माथि कुटपिट गरेका छन् । पानीको विषयलाई लिएर शिवप्रसाद अधिकारीले छिमेकी ६३ वर्षीय मोहनीलाल पराजुली र उनको श्रीमति ५० वर्षीया पूर्णकला पराजुलीलाई कुटपिट गरेका हुन् ।
रामपुरका कृषकलाई अनुदानमा तरकारीका बेर्ना
रामपुरका कृषकलाई अनुदानमा तरकारीका बेर्ना जिल्लाको रामपुरका कृषकलाई रामपुर नगर सरकारले अनुदानमा तरकारीका बेर्ना वितरण गरेको छ । नगर सरकारले यहाँका कृषकलाई ५० प्रतिशत अनुदानमा तरकारी तथा प्याजका बेर्ना दिएको हो ।
गुल्मीको सराय नाच संरक्षणमा युवा
गुल्मीको सराय नाच संरक्षणमा युवा गुल्मीका युवा पछिल्लो समय ऐतिहासिक सराय नाच संरक्षणमा जुटेका छन् । परम्परागत रुपमा खेलिँदै आएको सो ऐतिहासिक सराय नाच लोप हुँदै जान थालेपछि यहाँका युवा संस्कृतिको संरक्षणका लागि जुट्न थालेका हुन् ।
आयात बढ्यो, निर्यात बढेन
आयात बढ्यो, निर्यात बढेन नेपालमा आयात बढ्दा निर्यात बढ्न सकेको छैन । साउनदेखि असोज महिना मसान्तसम्मको तथ्याङ्क हेर्दा आयात अध्याधिक बढेको छ भने निर्यात घटेको छ ।  
नेप्से परिसूचकमा निरासा 
नेप्से परिसूचकमा निरासा  दसैं बिदापछिको पहिलो कारोबार दिन सेयर कारोबार मापक नेप्सेमा निरासजनक अवस्था देखा परेको छ । अघिल्लो कारोबार दिनको तुलनामा २८.१८ अंकले गिरावट आएपछि  नेप्सेमा निरासा देखिएको हो । 
आलु निकाल्न रामपुरको शीत भण्डार खुला 
आलु निकाल्न रामपुरको शीत भण्डार खुला  रामपुर शीत भण्डार आगामी एक हप्ताका लागि खुला गरिएको छ । शीत भण्डारमा राखिएको आलु निकाल्नका लागि एक हप्ता शीत भण्डार खुल्ला गरिएको हो । 
Weather Update