Shittalpati
जोर्ते दुर्घटनाका घाइतेहरुको अवस्था बुझ्दै काँग्रेस नेता भट्टराई
जोर्ते दुर्घटनाका घाइतेहरुको अवस्था बुझ्दै काँग्रेस नेता भट्टराई पाली काँग्रेसका युवा नेता तथा गुल्मीका सचिव जगदीश भट्टराई आज विहान जोर्तेमा भएको स्कार्पियो दुर्घटनाका घाइतेहरुको अवस्था बुझ्न अस्पताल पुगेका छन् । भट्टराईले पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा पुगेर उपचारत घाइतेहरुको अवस्था बारे जानकारी लिएका हुन् ।
बालिकाको मृत्यु पछि तनाव ग्रस्त बनेको तम्घास शान्त बन्दै
बालिकाको मृत्यु पछि तनाव ग्रस्त बनेको तम्घास शान्त बन्दै गुल्मी अस्पतालमा उपचारको क्रममा मंगलबार छ वर्षीया बालिकाको ज्यान गएपछि तनाव ग्रस्त बनेको सदरमुकाम तम्घास यति बेला शान्त बन्दै गएको छ । अर्घाखाँचीको छत्रदेब गाउँपालिका–७ काउलेकी छ वर्षीया बालिका प्रशंसा मरासिनीको उपचारको क्रममा ज्यान गएपछि पीडितका आफन्त र स्थानीयहरु आन्दोलनमा उत्रिएपछि तम्घास बजार तनाव ग्रस्त बनेको थियो ।
नेपाली जनसम्पर्क समितिको वार्षिक सभा
नेपाली जनसम्पर्क समितिको वार्षिक सभा नेपाली जनसम्पर्क समिति भारतको केन्द्रीय समितको अगस्त २६ र २७ दुई दिन सम्म चलेको वैठकले महत्वपुर्ण निर्णय गरेको जनाएको छ । हिन्दुस्तानका सात वटै क्षेत्रीय कार्यालयका अध्यक्ष, महासचिवहरु समेतको सहभागितामा भएको वैठकमा मुम्वई, राजधानी दिल्ली, हैदरावाद, वैंगलोर, चेन्नेई, भोपाल समेतका विभिन्न महानुभावले समसामायिक बिषयमा छलफल भएको थियो ।
आज विश्व बेपत्ता विरुद्धको दिवस मनाइँदै
आज विश्व बेपत्ता विरुद्धको दिवस मनाइँदै आज विश्व बेपत्ता दिवस मनाइदैं छ । ३० अगस्ट अर्थात् बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम मनाइने गरिन्छ । बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको सम्झनामा हरेक बर्षको अगस्त ३० तारिखमा विश्वभर संयूक्त राष्ट्रसंघ र एम्नेस्टी इन्टरनेशनलले आफ्नो सक्रिय भूमिका जनाउँदै बेपत्ता व्यक्तिहरुको सम्झनामा दिवस मनाउँदछन् ।
विद्यार्थीलाई शीत प्रशिक्षण
विद्यार्थीलाई शीत प्रशिक्षण शीत काव्य समाज नेपालले विद्यार्थीहरुका लागि शीत सम्बन्धी प्रशिक्षण दिएको छ । नेपालले पाल्पाको बगनासकाली गाउँपालिका यम्घास्थित सीता माविका विद्यार्थीहरुलाई प्रशिक्षण दिएको हो ।
खोलामा डुबेर दुई जनाको मृत्यु
खोलामा डुबेर दुई जनाको मृत्यु खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । रुपन्देही र कपिलवस्तुमा डुबेर दुई जनाको मृत्यु भएको हो । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रूपन्देहीको तिलोत्तमा नगरपालिका–६ दश नम्बरस्थित सताहा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । वडा–४ का ५५ वर्षीय विष्णु शर्माको खोलामा डुबेर मृत्यु भएको हो ।
१० पदमा ११ को उम्मेदवारी निर्वाचन आज हुँदै
१० पदमा ११ को उम्मेदवारी निर्वाचन आज हुँदै प्रतिनिधिसभा अन्तर्गतका विभिन्न १० विषयगत समितिको सभापति पदको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता भएको छ । आज हुने निर्वाचनका लागि सत्तारुढ दलसहित प्रतिपक्षी दलका सांसदहरूले उम्मेदवारी दर्ता गराएका हुन् । प्रतिनिधिसभाको सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्को एक सदस्यको समर्थनसहित उम्मेदवारी मनोनयन दर्ता भएको हो ।
आइपिओ जारी गर्दै भिजन लुम्बिनी
आइपिओ जारी गर्दै भिजन लुम्बिनी सेती नदी जलविद्युत आयोजनाको प्रवद्र्धधक भिजन लुम्बिनीले प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कम्पनीको प्राथमिक सेयर (आइपिओ) जारी गर्न लागेको छ । कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाको लागि यही भदौ १९ गतेदेखि आइपिओ जारी गर्न लागेको हो ।
तानसेनमा लायन्स अन्तर्राष्ट्रियको पदस्थापनसँगै प्रशिक्षण
तानसेनमा लायन्स अन्तर्राष्ट्रियको पदस्थापनसँगै प्रशिक्षण जिल्लाको तानसेनमा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ पी एरिया २ को आयोजनामा पदस्थापना तथा प्रशिक्षण कार्यक्रम गरिएको छ । जिल्लाको एरिया २ अन्तर्गत रहेका १२ वटा लायन्स क्लब र दुई वटा लियो क्लबको पदस्थापना र प्रशिक्षण कार्यक्रम भएको हो ।
तानसेनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु 
तानसेनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु  जिल्लाको तानसेन नगरपालिका –१४ अर्गेलीमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । सोमबार विहान १ :३० बजे भएको दुर्घटनामा चालक सल्यान कालीमाटी गाउँपालिका – २ का  ३० वर्षीय नरेश घर्ती मगरको मृत्यु भएको  हो ।  
रोयल्टी रसिद प्रमाणीकरणपछि बोटे युवाहरुको धर्ना स्थगित
रोयल्टी रसिद प्रमाणीकरणपछि बोटे युवाहरुको धर्ना स्थगित गिट्टी, बालुवा निकासीको रोयल्टी रसिद प्रमाणिकरणको माग गर्दै तीन दिनदेखि बगनासकाली गाउँपालिकाको कार्यालयमा धर्ना बस्दै आएका वडा–६, यम्घा दर्पुकका बोटे युवाहरुले धर्ना स्थगित गरेका छन् । आइतबार पालिकाले रोयल्टी रसिद प्रमाणिकरण गरेको प्रमाणित प्रतिलिपी दिएपछि उनीहरुले धर्ना स्थगित गरेका हुन् ।
Weather Update