Shittalpati
करेन्ट लागेर एकको मृत्यु
करेन्ट लागेर एकको मृत्यु रुपन्देहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको रोहिणी गाउँपालिका–४ सुईलिहवास्थित गोएल मेटल उद्योगमा काम गर्ने रौतहट गुजरा नगरपालिका–६ बेदौलीका १९ वर्षीय पप्पु पासवानको करेन्ट लागेर मृत्यु भएको हो ।
बगनासकाली बिवाद कायमै : पीडित बोटे बसे धर्नामा
बगनासकाली बिवाद कायमै : पीडित बोटे बसे धर्नामा बगनासकली बिवाद कायमै छ
काठमाडौंमा पाल्पा छहरेलीहरुको भेला,  गरे रैनादेवी छहरा मिलन समाज काठमाडौं गठन
काठमाडौंमा पाल्पा छहरेलीहरुको भेला,  गरे रैनादेवी छहरा मिलन समाज काठमाडौं गठन पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा स्थायी घर भई काठमाडौंमा पेशा, व्यवसाय, रोजगार र अध्ययनको शिलशिलामा बसोवास गर्दै आएका छहरेलीहरुको भेला काठमाडौंमा भएको छ । छहरेलीहरु बिच आपसी सम्बन्ध र आत्मीयता कायम गराउने उद्देश्यले भेला भएको हो । 
प्रकाशन तथा प्रसारण संघ लुम्बिनीले विज्ञापन बोर्डको नीतिगत निर्णयको गर्‍यो स्वागत  
प्रकाशन तथा प्रसारण संघ लुम्बिनीले विज्ञापन बोर्डको नीतिगत निर्णयको गर्‍यो स्वागत   प्रकाशन तथा प्रसारण संघ लुम्बिनीले विज्ञापन कारोबारमा हुने बेथिति रोक्न विज्ञापन बोर्डको अग्रसरताको स्वागत गरेको छ । बोर्डले विभिन्न सरकारी निकायहरुबाट सञ्चार माध्यमहरुमा प्रकाशन तथा प्रसारण हुने विज्ञापन सूचना तथा सन्देशको बिल भुक्तानीको प्रक्रिया पारदर्शी हुन नसकिरहेको बेला त्यसलाई रोक्न नीतिगत व्यवस्था गरेसँगै संघले त्यसको स्वागत गरेको हो ।  
साउन १० देखि अवरुद्ध संसद् खुल्यो
साउन १० देखि अवरुद्ध संसद् खुल्यो गत साउन १० देखि अवरुद्ध हुँदै आएको संसद् बुधबारबाट सञ्चालन भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सुनकाण्डको छानबिनको माग राखी अवरुद्ध गर्दै संसद् सहमति पछि सञ्चालन भएको हो ।  
पाल्पा अस्पतालको भौतिक पूर्वधारको विकासमा राजनीतिक दलको प्रतिवद्धता
पाल्पा अस्पतालको भौतिक पूर्वधारको विकासमा राजनीतिक दलको प्रतिवद्धता पाल्पा अस्पतालको भौतिक पूर्वाधारको विकासमा आफुहरु प्रतिवद्ध भएर लाग्ने जिल्लाका राजनीतिक दलहरुले बताएका छन् । बुधबार पाल्पा अस्पतालले आयोजना गरेको सर्वदलिय बैंठकमा उनीहरुले स्वास्थ्य जस्तो संवेदनशील विषयमा आफुहरु गम्भीर रहेको बताउँदै सरकारी अस्पतालको भौतिक पूर्वधारको विकासमा आफुहरु प्रतिवद्ध रहेको बताएका हुन् ।
मनाइयो नागपञ्चमी पर्व
मनाइयो नागपञ्चमी पर्व नागपञ्चमी पर्व सोमबार परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइएको छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाउने गरिन्छ । साउनमा अधिकमास परेका कारण यो वर्षको नागपञ्चमी सौरमास अनुसार भदौमा परेको हो ।
पाल्पाको माथागढीमा ट्याक्टर दुर्घटना  : एकको मृत्यु, पाँच घाइते 
पाल्पाको माथागढीमा ट्याक्टर दुर्घटना : एकको मृत्यु, पाँच घाइते  जिल्लाको माथागढी गाउँपालिका –२ सपाङ्दीस्थित बाँसटारी–झडेवा भित्री सडक खण्डमा  ट्याक्टर दुर्घटना भएको छ । झडेवाबाट रुप्सेतर्फ आउँदै गरेको लु ४ त ६६३२ नम्बरको ग्याबिङ जाली बोकेको ट्याक्टर आज साँझ दुर्घटना भएको हो ।
सीईआबीले लियो नेपाल र भट्टराईसँग बयान
सीईआबीले लियो नेपाल र भट्टराईसँग बयान सरकारको आलोचना टार्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई  बयान लिएको छ । ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणका निर्णयाधिकारी नेपाल र भट्टराईलाई ‘सामान्य सोधपुछ’ समेत नगरी उन्मुक्ति दिने प्रयास भएको  भन्दै सर्वत्र आलोचना भएपछि सीआइबीले बयान लिएको हो । 
बगनासकाली गिट्टी–बालुवा प्रकरण :  प्रहरीले यातना दिएको स्थानीयको आरोप 
बगनासकाली गिट्टी–बालुवा प्रकरण : प्रहरीले यातना दिएको स्थानीयको आरोप  जिल्लाको बगनासकाली गाउँपालिकामा भएको अवैध गिट्टी–बालुवा प्रकरणमा स्थानीयहरुले रोयल्टी तिरेर ल्याएको बताउँदै आए पनि प्रहरीको निगरानीमा जवरजस्ती कागज  गराउन खोजेको पीडित स्थानीयको गुनासो छ ।
Weather Update