पप माविमा अयोध्याप्रसाद प्रधानको शालिक अनावरण
बिहीबार, मंसिर ७, २०८०

प्रसाईं समर्थकमाथि पानीको फोहोरा र अश्रुग्यास, स्थिति तनावग्रस्त
बिहीबार, मंसिर ७, २०८०
दुर्गा प्रसाईंका कार्यकर्ताले काठमाडौंको बल्खुमा प्रदर्शनका क्रममा घेरा तोड्न खोजेपछि रोक्नका लागि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ ।

काठमाडौंमा झडप : प्रसाईं समूहद्वारा युवा संघका कार्यकर्तामाथि ढुंगामुढा
बिहीबार, मंसिर ७, २०८०
नेकपा (एमाले)को भातृ संगठन युवा संघका कार्यकर्तामाथि मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले ढुंगामुढा गरेका छन् । सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका दुवै समूहबीच आज दिउँसो झडप भएको हो ।

भोली राम्दीमा हुने मेलाको तयारी सकियो
बुधबार, मंसिर ६, २०८०
भोली हरिबोधनी एकादशीको अवसरमा पाल्पा र स्याङ्जाको संगमस्थल राम्दीमा हुन लागेको एकादशी मेलाको सम्पूर्ण तयारी सकिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पाको मुख्य आयोजनामा हुन लागेको मेलाको तयारी सकिएको हो ।

लुम्बिनीमा अझै जुटेन सरकार विस्तारको सहमति
बुधबार, मंसिर ६, २०८०
लुम्बिनी प्रदेशमा सरकार विस्तारको सहमति अझै जुट्न सकेको छैन । सत्ता साझेदार दलभित्रै आ–आफ्नै अडान कायम राख्दा सरकार विस्तारमा सहमति नजुटेको हो ।

स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
सोमबार, मंसिर ४, २०८०
स्याङ्जाको पुतलीबजार नगरपालिका–१४ भिरबारीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

आज लुम्बिनीका ४ जिल्लामा सार्वजनिक बिदा
सोमबार, मंसिर ४, २०८०
लुम्बिनी प्रदेशका चार जिल्लामा आज सार्वजनिक बिदा दिइएको छ । सरकारले छठ पर्वको समापनको अवसरमा ती जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

आज विश्व शौचालय दिवस मनाइदैं
आइतबार, मंसिर ३, २०८०
आज विश्व शौचालय दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र संघले १९ नोभेम्बरलाई विश्व शौचालय दिवसको रुपमा मनाउँदै आएको छ । विश्वका सबै नागरिकहरुलाई सुरक्षित शौचालयको पहुँचमा पुर्याउने तथा विश्वमा स्वास्थ्य र सरसफाईको स्तर कायम गरी मानव जीवन सुरक्षित बनाउने उद्देश्यले विश्व शौचालय दिवस मनाउन थालिएको...

आमाछोरा मृत फेला
शनिबार, मंसिर २, २०८०
आमा शुक्रबार मृत अवस्थामा फेला परेकी हुन भने हराइरहेका ३ वर्षीय छोरा मुस्कान शनिबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको छ ।

राम्दीमा एकादशी मेला लाग्दै, तयारी तीव्र
शनिबार, मंसिर २, २०८०
कला, संस्कृतिको संरक्षण सँगै राम्दीधामको धार्मिक तथा पर्यटकीय विकासमा टेवा पु¥याउने उद्देश्यले एक दिने मेला आयोजना गर्न लागिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले शनिबार पत्रकार सम्मेलन गरी मेलाको बारेमा जानकारी गराएको छ ।

काँग्रेस सभापति देउवासहितका नेता गुल्मी आउँदै
शुक्रबार, मंसिर १, २०८०
नेपाली काँंग्रेसका सभापति शेरबहादुर देउवा सहितका नेताहरु गुल्मी आउने भएका छन् । यही मंसिर ९ र १० गते तम्घासमा हुन लागेको नेपाली काँग्रेस गुल्मीको दोस्रो सम्मेलनलाई सम्बोधन गर्न सभापति देउवासहित वरिष्ठ नेता शेखर कोइराला,महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा गुल्मी आउन लागेका हुन् ।

टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट, सोमबार सुनुवाई हुने
शुक्रबार, मंसिर १, २०८०
सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा आधा दर्जन बढी रिट परेका छन् । टिकटक बन्दले अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हक उल्लंघन भएको भन्दै निवेदकहरुले निर्णय बदरको आदेश माग गर्दै रिट हालेका हुन्