Shittalpati
लुम्बिनीमा एक सय ९१ जनामा डेंगी
लुम्बिनीमा एक सय ९१ जनामा डेंगी लुम्बिनी प्रदेशमा डेंगी संक्रमितको संख्या एक सय ९१ पुुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार प्रदेशभर डेंगी संक्रमितको संख्या एक सय ९१ पुगेको  हो ।
गुल्मीको मालिकामा ७० वर्षीय वृद्ध मृत फेला  
गुल्मीको मालिकामा ७० वर्षीय वृद्ध मृत फेला   जिल्लाको मालिका गाउँपालिकामा एक वृद्ध मृत फेला परेका छन् । जिल्लाको मालिका –३  पासेखोलास्थित कच्चि सडकमा ह्वाङ्दीका ७०  वर्षीय नन्दे विक विहीबार मृत फेला परेका हुन् ।
गुल्मीमा भिरबाट लडेर एक महिलाको मृत्यु
गुल्मीमा भिरबाट लडेर एक महिलाको मृत्यु जिल्लाको मुसिकोटमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।  घाँस काट्ने क्रममा विहीबार भिरबाट लडेर मुसिकोट–४ डाँडाथोककी ३६ वर्षीया फुलकुमारी नेपालीको मृत्यु भएको हो । 
एमालेको अवरोध कायमै : राष्ट्रिय सभा बैंठक पनि स्थगित
एमालेको अवरोध कायमै : राष्ट्रिय सभा बैंठक पनि स्थगित प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध कायमै राखेको छ । सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै  प्रतिनिधि सभा बैंठक अवरोध गर्दै आएको एमालेले विहीबारको राष्ट्रिय सभाको बैठक समेत अवरोध गरेको छ ।
महिलालाई क्रेडिट कार्ड निःशुल्क
महिलालाई क्रेडिट कार्ड निःशुल्क महिलाले निःशूल्क रुपमा क्रेडिट कार्ड पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले महिला ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड उपलब्ध गराउने भएको हो । बैंकले श्रावण स्पेसल अफर अन्तर्गत यो सेवा दिन लागेको छ । बैंकले सार्वजनिक गरेको यो योजना अन्तर्गत महिला ग्राहकहरूले निःशुल्क रूपमा बैंकको क्रेडिट कार्ड प्राप्त गर्न सक्नेछन् ...
पेट्रोलको मूल्य बढ्यो, खाना पकाउने ग्यासको घट्यो
पेट्रोलको मूल्य बढ्यो, खाना पकाउने ग्यासको घट्यो पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्य ९ रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको हो । त्यस्तै डिजल र मट्टितेलमा ७ रुपैयाँले वृद्धि भएको छ भने हवाई इन्धनको मूल्य यथावत राखिएको छ ।
पाल्पाको रिब्दीकोटमा सुतेकै ठाउँमा मृत भेटिए ५४ वर्षीय पुरुष 
पाल्पाको रिब्दीकोटमा सुतेकै ठाउँमा मृत भेटिए ५४ वर्षीय पुरुष  ,जिल्लाको रिब्दीकोट गाउँपालिका –७ मैनादी कटहरबारीमा एक पुरुष मृत भेटिएका छन् । कटरबारीस्थित खाली गोठमा एक्लै बस्दै आएका रैनादेवी छहरा गाउँपालिका –५ अधेरी खोलाका ५४ वर्षीय नेत्रप्रसाद पराजुली सुतेकै अवस्थामा मृत भेटिएका हुन् । 
कोसी प्रदेशको मुख्यमन्त्री थापा नियुक्ती, शपथ भोलि
कोसी प्रदेशको मुख्यमन्त्री थापा नियुक्ती, शपथ भोलि कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले थापालाई आजबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । थापा संविधानको धारा १६८ को उपधारा(२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
रामपुरका थप ८७ जनालाई जग्गाधनी प्रमाण पूर्जा वितरण
रामपुरका थप ८७ जनालाई जग्गाधनी प्रमाण पूर्जा वितरण राष्ट्रिय भूमि आयोग पाल्पाले रामपुरका थप ८७ जना अव्यवस्थित जग्गाधनीलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरेको छ । ५० वर्ष अघि देखिको अव्यवस्थित बसोबासीको समस्या रहेको रामपुरमा तेस्रो चरणमा सोमबार पूर्जा वितरण गरेको हो ।
खिर खाएर मनाइयो साउने पन्ध्र
खिर खाएर मनाइयो साउने पन्ध्र खिर खाएर साउने पन्ध्र मनाइएको छ । सोमबार घर–घरमा खिर खाएर हर्षउल्लासका साथ साउने पन्ध्र पर्व मनाइएको हो ।
पाल्पाका शिवालय मन्दिरमा दर्शनार्थीको भिड
पाल्पाका शिवालय मन्दिरमा दर्शनार्थीको भिड साउन महिनाको हरेक सोमबार देशभरका शिवालय मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ । तेस्रो सोमबार पनि हिन्दू धर्मावलम्बीले व्रत बसी भगवान् शिवको विधिपूर्वक पूजा आराधना गरेका छन् ।
आज साउन पन्ध्र : खिर खाने दिन
आज साउन पन्ध्र : खिर खाने दिन साउन १५, आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा हो । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको पाइन्छ । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खिरले...
Weather Update