Shittalpati
गुल्मीमा पहिरोले च्याप्दा चार महिला घाइते
गुल्मीमा पहिरोले च्याप्दा चार महिला घाइते जिल्लाको सत्यवती गाउँपालिका–२  चेहमीमा पहिरोले च्याप्दा चार जना महिला घाइते भएका छन् । सिँचाई कुलो सफा गर्ने क्रममा एक्कासी माथिबाट खसेको पहिरोले च्यापेर चार महिला घाइते भएका हुन् ।
अवरुद्ध बुटवल–पाल्पा सडकखण्ड एकतर्फी सञ्चालनमा
अवरुद्ध बुटवल–पाल्पा सडकखण्ड एकतर्फी सञ्चालनमा सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्डस्थित सिद्धबाबा क्षेत्रमा पहिरो खसेर अवरुद्ध बनेको सडक एकतर्फी यातायात सञ्चालनमा आएको छ । पहिरो पन्छाएपछि आइतबार दिउँसोदेखि सडक  एकतर्फी सञ्चालनमा आएको हो ।
सिद्धबाबा क्षेत्रमा पहिरो : बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध
सिद्धबाबा क्षेत्रमा पहिरो : बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्डस्थित सिद्धबाबा क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । निर्माणधीन सुरूङमार्गको नजिकै पहिरो खसेको हो । सिद्धबाबा क्षेत्रमा बन्दै गरेको सुरुङमार्ग र त्यस आसपासका क्षेत्रमा शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
आज मानव बेचबिखनविरुद्धको दिवस मनाइँदै
आज मानव बेचबिखनविरुद्धको दिवस मनाइँदै मानव बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइदैछ । ‘हरेक पीडितसँग पुगौँ, कसैलाई न्यायबाट बञ्चित नपारौँ’ भन्ने नारासहित यस वर्षको दिवस मनाउन लागिएको हो ।
प्रेस युनियन पाल्पाको बैंठक : आर्थिक रुपमा मजबुत बनाउनेदेखि संगठन चलायमान बनाउनेसम्मका निर्णय
प्रेस युनियन पाल्पाको बैंठक : आर्थिक रुपमा मजबुत बनाउनेदेखि संगठन चलायमान बनाउनेसम्मका निर्णय नेपाल प्रेस युनियन पाल्पा शाखाको आठौं बैंठक तानसेनमा बसेको छ । बैंठकले युनियनलाई आर्थिक रुपमा मजबुत बनाउनेदेखि संगठन चलायमान बनाउनेसम्मका निर्णय गरेको छ ।
रकम नपाउँदा बिमा उपचार सेवा स्थगित गर्ने तयारीमा मिसन अस्पताल
रकम नपाउँदा बिमा उपचार सेवा स्थगित गर्ने तयारीमा मिसन अस्पताल सरकारले भुक्तानी नदिएपछि तानसेनस्थित युनाइटेड मिसन अस्पतालले स्वास्थ्य बीमाको उपचार सेवा स्थगित गर्ने भएको छ । अस्पतालले शुक्रबार पत्रकार सम्मेलन गरी लामो समयदेखि बीमितको उपचार गरेवापतको रकम भुक्तानी नपाएपछि साउन २१ गतेदेखि  बीमा उपचार सेवा स्थगित गर्न लागिएको बताएको हो ।
तानसेनको अमर नारायण मन्दिरका पुजारीमाथि हातपात
तानसेनको अमर नारायण मन्दिरका पुजारीमाथि हातपात तानसेन नगरपालिका–२ नारायणस्थानमा रहेको अमर नारायण मन्दिरका पुजारी माथि हातपात भएको छ । मन्दिरमा गएका एक युवकले पुजारी लम्सालमाथि हातपात गरेका हुन् । बुधबार विहान तानसेन –१ गैरगाउँका २८ वर्षीय शिशिर बराइलीले मुख्य मन्दिर भित्र जवरजस्ती प्रवेश गर्न खोज्दा रोक्ने क्रममा पुुजारी लम्साललाई हातपात गरेका थिए ।
Weather Update