Shittalpati
बेपत्ता विरुद्ध दिवसको सार्थकता
बेपत्ता विरुद्ध दिवसको सार्थकता आज ३० अगस्ट अर्थात् विश्व बेपत्ता विरुद्धको दिवस नेपालसहित विश्वभर मनाइँदै छ । बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको सम्झनामा हरेक बर्ष आजकै यो दिवस मनाउने गरिन्छ । पहिलो पटक सन् १९८१ को जूनमा ल्याटिन अमेरिकी देश कोस्टारिकामा जबर्जस्ती बेपत्ता पारिएका व्यक्तिहरूको सम्झनामा यो दिवस मनाएकोे इतिहास छ ।
मंकीपक्स फैलिन नदिन पूर्वतयारीमा जोड देऊ
मंकीपक्स फैलिन नदिन पूर्वतयारीमा जोड देऊ कोरोना महामारीले केही समय अक्रान्त बनाएको विश्वलाई फेरी मंकिपक्स संक्रमणले सताउन थालेको छ । यति बेला अफ्रिका र कंगोलाई मंकिपक्सले सताएको छ । त्यसबाहेक अन्य देशमा पनि यो क्रमशः सल्किरहेको छ । १६ हजार ६ सय जनामा मंकिपक्स संक्रमण पुष्टि हुनुले यसको तीव्र फैलावट बुझ्न सकिन्छ ।
डेंगी संक्रमण फैलिन नदेऊ
डेंगी संक्रमण फैलिन नदेऊ पछिल्ला केही दिन यता पाल्पासहित देशका ७५ वटा जिल्लामा डेंगी रोगको संक्रमण बढेको छ । हालसम्म पाँच हजार एक सय १९ जनामा डेंगी रोगको संक्रमण देखिएको छ भने तीन जना डेंगी रोगको संक्रमणको कारणले निधन भइसकेको छ । पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल...
कृष्ण जन्माष्टमीको महिमा
कृष्ण जन्माष्टमीको महिमा आज कृष्ण जन्माष्टमी । सनातन धर्मावलम्बीहरू भगवान् कृष्णको जन्म भएको दिनको सम्झना गर्दै आजको दिन भव्य रुपमा मनाउने गर्छन् । जन्माष्टमी हिन्दुहरुको प्रमुख पर्व हो । आर्यमिश्रीत समुदायको जुनै पनि समारोह र श्रद्धामिश्रित उत्सवमा जहाँ भगवान् श्रीकृष्णको जयन्ती उत्सव मनाइन्छ । त्यो साँच्चै नै दर्शनीय हुन्छ ।
किन रोकिन्न सवारी दुर्घटना ?
किन रोकिन्न सवारी दुर्घटना ? नेपालमा दिनहुँजसो सवारी दुर्घटना हुने गरेका छन् । डेढ महिना अघि त्रिशुलीमा दुई वटा बस खसेर २४ जनाको मृत्यु हुनुको साथै ४० जना बेपत्ता भएको घटना सेलाउन नपाउँदै पुनः शुक्रबार अर्को दर्दानाक सवारी दुर्घटना भयो ।
सन्तुलित नीति अपनाऊ
सन्तुलित नीति अपनाऊ पछिल्ला केही महिना यता वाणिज्य बैंकहरुले निरन्तर व्याजदर घटाउँदै लगेका छन् । लगानी योग्य पुँजी पर्याप्त भएकाले बैंकहरुले व्याजदर घटाउँदै लगेका हुन् । उनीहरुले हरेक महिना सार्वजनिक गर्ने व्याजदरमा निक्षेपको ब्याजदर घटाउँदै गएको पाइन्छ ।
गफ हैन काम गर
गफ हैन काम गर राजनीतिक दलका नेताहरु गफ/भाषण गर्न निकै माहिर छन् । कुनै पनि औपचारिक कार्यक्रम, बैंठक, सेमिनार र प्रत्यक्ष भेटघाटमै किन न होस् नेताहरुको एउटै आवाज हुन्छ सुशासन कायम राख्ने र भ्रष्टाचार अन्त्य गर्ने । तर यसरी भाषण गर्ने र सुशासनका पक्षमा अभिव्यक्ति दिने नेताहरु जब आफ्नो जिम्मेवारीअनुसार काम गर्न थाल्छन्, त्यति...
चाडपर्वले दिने सन्देश
चाडपर्वले दिने सन्देश हरेक जाति, धर्म र सम्प्रदायको आ–आफ्नै सांस्कृतिक सम्पत्ति छ, जो विभिन्न चाडपर्वको रूपमा नेपाली समाजमा चलन चल्तीमा रहेका छन् । हिमाल, पहाड, तराई, पूर्व–पश्चिम सबै ठाउँमा आ–आफ्नै मूल्य–मान्यता र रीतिरिवाजअनुसार चाडपर्व मनाउने गरिन्छ । नेपालमा मनाउने चाडपर्वहरू अनगिन्ती छन् । ती सबै नेपाल र नेपालीको चिनारी र पहिचान हुन् ।
संस्कृत दिवसको सन्दर्भ 
संस्कृत दिवसको सन्दर्भ  संस्कृत देवनागरी लिपिमा लेखिएको पुरानो भाषा हो ।
जनैको धार्मिक र वैज्ञानिक महत्व
जनैको धार्मिक र वैज्ञानिक महत्व भोलि (सोमबार) जनैपूर्णिमा पर्व हो । श्रावण शुक्ल पूर्णिमाको दिन विधि पूर्वक पूजाआजा गरी पवित्र बनाईएको जनै धारण गरी यो पर्व मनाउने गरिन्छ । नेपालकै तराई भेगमा यही दिन दिदी बहिनीले दाजु भाइहरुलाई राखी बाँध्ने चलन समेत रहेको छ । जो जनै लगाउँछन् (ब्राह्मण, क्षत्री र वैश्य) उनीहरुको लागि यो...
बढ्दो बेरोजगारीको चिन्ता
बढ्दो बेरोजगारीको चिन्ता मुलुकमा बेरोजगारीको अवस्था बढ्दो छ । धेरै युवा शक्ति बेरोजगार भएर बस्नु परेको अवस्था छ । बेरोजगारी समस्या हाम्रो मुलुकका लागि एउटा चुनौतीपूर्ण समस्याका रूपमा रहेको छ । आर्थिक दृष्टिले बेरोजगारी भन्नु काम गर्ने इच्छा र योग्यता भएर पनि कुनै पनि काम नभएर त्यसै बस्नु हो ।
खबरदारी गरौं
खबरदारी गरौं देशमा कसैको पनि बहुमत नआएपछि राजनीतिक दलहरुले आलोपालो गरी सरकार सञ्चालन गर्दै आएका छन् । जुन सुकै दल र नेताले सत्ता सम्हाल्दै आए पनि जनताले भने कहिल्यै सुखको अनुभूति गर्न पाएका छैनन् ।
Weather Update