Shittalpati
सुनको बढ्दो मूल्य र सकस
सुनको बढ्दो मूल्य र सकस यति बेला नेपालसहित विश्व बजारमा सुनको भाउ निरन्तर वृद्धि भइरहेको छ । एक वर्षको अवधिमा सुन एक तोलामै करिब ३८ हजारले वृद्धि भएको छ । सोमबार मात्र एक लाख ५० हजार पुगेर हालसम्मकै उच्च रेकर्ड राखेको छ । सुनको मूल्य अझै माथि जाने भनाइहरू सार्वजनिक भइरहेका छन् । तर, विश्व...
स्थानीय सरकार : सुशासनमा ध्यान देऊ
स्थानीय सरकार : सुशासनमा ध्यान देऊ सुशासन सरकारका हरेक संयन्त्रलाई जनमुखी बनाई जनताको आवश्यकता अनुसार सेवा प्रवाह गर्नु  हो । अर्कोतर्फ सरकारी  सरोकारवालाहरूको सक्रिय एवं सार्थक सहभागिता गराई राज्यले नागरिकलाई उपलब्ध गराउने वस्तु तथा सेवाहरू छिटो छरितो सरल एवं न्यायिक रूपमा उपलब्ध गराई आमञनागरिकलाई शासनको सुखद अनुभुति दिलाउनु हो ।
कक्षा १२ को नतिजा सुधारमा गम्भीर बन
कक्षा १२ को नतिजा सुधारमा गम्भीर बन यसपालि १२ कक्षाको नतिजामा ४७ प्रतिशत बढी विद्यार्थी अनुत्तीर्ण भएका छन् र ३ लाख ९० हजार ८ सय ६८ विद्यार्थीले परीक्षा दिएकोमा २ लाख ३ हजार ८ सय ४७ विद्यार्थीमात्रै सफल भएका छन् र यति धेरै विद्यार्थी फेल हुनुमा नतिजा प्रणालीमा समस्या हो कि शैक्षिक गुणस्तरको दोष हो ?
युवा विदेशिने क्रम रोकौं
युवा विदेशिने क्रम रोकौं नेपालका युवाहरू विदेश विदेशिने क्रम झनै बढ्दो छ । पढेलेखेका युवा उच्च शिक्षाका लागि भनेर अमेरिका, अस्ट्रेलिया ताक्छन् । ग्रामीण युवा रोजगारीका लागि अरबका खाडी मुलुक र मलेसिया, दक्षिण कोरिया पुग्छन् । देशमा पर्याप्त रोजगारीका अवसरहरु नहुँदा ठूलो संख्यामा युवाशक्ति विदेश पलायन हुने गरेको पाइन्छ ।
अब बजेट कार्यान्वयनमा जुट
अब बजेट कार्यान्वयनमा जुट देशभरका स्थानीय तहले आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट ल्याइसकेका छन् । नीति तथा कार्यक्रमसँगै स्थानीय सरकारले बजेट ल्याएका छन् । स्थानीय आवश्यकता र जनताको अपेक्षालाई मध्यनजर गर्दै स्थानीय सरकारले आ–आफ्नो स्रोत साधान अनुसार बजेट ल्याए् । बजेट ल्याउनु ठूलो कुरा हैन तर त्यसको कार्यान्वयन महत्वपूर्ण हो ।
बर्खामा डेंगीको डर !
बर्खामा डेंगीको डर ! मुलुकमा यो वर्ष पनि डेंगीको जोखिम बढेको छ । अघिल्ला वर्षमा जस्तै यस वर्ष पनि डेंगी संक्रमण बढेको देखिन्छ । पानी परेसँगै लामखुट्टेका लार्भाको संख्या बढ्ने भएकाले डेंगीको जोखिमसँगै संक्रमण बढेको हो । वर्षा बाक्लिँदै गएको छ । प्रदूषण पनि धेरै नै बढ्दै छ ।
अस्वाभाविक महँगी नियन्त्रण गर
अस्वाभाविक महँगी नियन्त्रण गर यति बेला नेपाली बजारमा उपभोग्य वस्तुमा अनियन्त्रित रुपमा मूल्य वृद्धि भएको छ । मुलुकमा मूल्यवृद्धि हुनलाई कुनै चाडपर्व कुर्न पर्दैन । राजनीतिक अस्थिरता देखिए मात्र पनि बजार भाउ ह्वात्तै बढिहाल्छ । त्यसको मारमा भने आम उपभोक्ता पर्दछन् ।
हैजाबाट बच्न सावधानी अपनाऔं
हैजाबाट बच्न सावधानी अपनाऔं देशको संघीय राजधानी काठमाडौंमा अहिले हैजाका विरामी बढ्दै गएका छन् । निरन्तर हैजाका बिरामी बढेसँगै सचेचना अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपील गरेको छ । तर के के गर्दा के हुन्छ भन्नेतर्फ खासै चाँसो न त सम्बन्धित निकायलाई छ न त सर्वसाधारणलाई नै ।
हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाऊ
हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाऊ काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा बुधबार सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको अकालमै ज्यान गयो । विमानस्थलभित्रै दुर्घटना हुँदा पनि समयमा उद्धार हुन नसक्दा धेरैजना मृत्युवरण गर्न बाध्य भए । यसो हुनु दुखद् हो ।
भ्रष्टाचारको जरो उखेलौं
भ्रष्टाचारको जरो उखेलौं नेपालमा भ्रष्टाचारले संस्थागत स्वरूप लिएको छ । ठूला–ठूला भ्रष्टाचारमा मन्त्रीलगायत राजनीतिक नेतृत्वको संलग्नता हुने गरेको छ । भ्रष्टाचार अन्त्य हुनुपर्नेमा सर्वसहमति छ । तर, सर्वसहमति जनाउनेमध्येकै बहुसंख्यक भ्रष्टाचारी छन् । अधिकार सम्पन्न बहुसंख्यक व्यक्तिहरू कुनै न कुनै भ्रष्टाचारमा संलग्न छन् ।
सरकार विश्वसनीय बनोस्
सरकार विश्वसनीय बनोस् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको काँग्रेस–एमाले गठबन्धन सरकारलाई दुई तिहाइ विश्वासको मत प्राप्त भएको छ । प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभामा आफूलाई विश्वासको मत छ भनेर राखेको प्रस्तावको पक्षमा १८८ र विपक्षमा ७४ मत खसेको हो । मत दिन्न भन्ने पक्षमा १ मत परेको छ । बहुमतका लागि...
आर्थिक अनुशासनमा कमजोर स्थानीय तह
आर्थिक अनुशासनमा कमजोर स्थानीय तह स्थानीय तहमा आर्थिक अराजकता मौलाउँदै गएको छ । अधिकांस स्थानीय तहहरुले नियम मिचेर खर्च गर्ने प्रवृत्ति बढेको छ । महालेखापरीक्षकको प्रतिवेदनले स्थानीय तहमा हरेक वर्ष बेरुजु रकम उल्लेख्य मात्रामा बढेको औंल्याउने गरे पनि सुधारका लागि पहलसमेत भएको छैन । कानुनले तोकेको भन्दा बाहिर गएर मनलागी खर्च गर्ने, सेवासुविधा लिने, सभाले...
Weather Update