नवजनचेतना राष्ट्रिय दैनिक २०७७ माघ १० गते शनिबार
शनिबार, माघ १०, २०७७
रिब्दीकोटमा सिकार खेल्दा बन्दुकको छर्राले लागि एकको मृत्यु
शुक्रबार, माघ ९, २०७७
पाल्पाको रिब्दीकोट गाउँपालिका ८ दानसिङडाँडामा सिकार खेल्दा बन्दुकको छर्राले लागि एकको मृत्यु भएको छ । बिहीबार रातिको समयमा साथीहरुसँग सिकार खेल्न चिलाउने पानी सामुदायिक वनमा जाँदा भरुवा बन्दुकको छर्राले लागेर रिब्दीकोट गाउँपालिका वडा ८ का १३ वर्षीय बालक लक्ष्मण छहारीको मृत्यु भएको हो ।
दिल्लीद्वारा सन्दीप फुकुवा
बिहीबार, माघ ८, २०७७
आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले फुकुवा गर्ने निर्णय गरेको छ । योसँगै लामिछानेलाई सन् २०२१ को आइपिएलमा अन्य टोलीबाट खेल्ने बाटो खुलेको छ ।
‘रोग पालेर होइन, फालेर बाँचौं’
मंगलबार, माघ ६, २०७७
‘रोग पालेर होइन, फालेर बाचौं’ भन्ने मान्यतालाई सार्थक तुल्याउन बागलुङको बरेङ गाउँपालिकाले विद्यार्थी स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालनमा ल्याएको छ । यस कार्यक्रम अन्तर्गत गाउँपालिकाभित्रका सबै विद्यालयमा अध्ययनरत विद्यार्थीको स्वास्थ्य परीक्षण गर्न थालिएको हो ।
गंगामायाको न्यायप्रति उदासिन सरकार
आइतबार, माघ ४, २०७७
छोराको हत्यारा पत्ता लगाउन भन्दै अनशनरत गोरखा फुजेलकी गंगामाया अधिकारीको अवस्था झन् जटिल बन्दै गएको छ । उनका १७ वर्षीय कान्छा छोरा कृष्णप्रसाद अधिकारीलाई तत्कालीन माओवादीले अपहरणपश्चात् २०६१ जेठ २४ गते यातना दिएर हत्या गरेका थिए ।
चिसो बढेपछि विद्यालय बन्द
शनिबार, माघ ३, २०७७
चिसो बढेपछि यहाँको एक विद्यालय बन्द गरिएको छ । बागलुङको ढोरपाटन नगरपालिका–५ अधिकारी चौरमा रहेको ज्योति विकास आधारभूत विद्यालय आगामी फागुनसम्मका लागि बन्द गरिएको हो । चिसोले बिहान बेलुका तुसारो पर्ने र दिउँसोमा सिरेठो चल्ने भएकाले ४५ दिनका लागि विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक चकबहादुर अदैले जानकारी दिए ।
भूकम्प सुरक्षा दिवसको सार्थकता
शनिबार, माघ ३, २०७७
‘बहुप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने नाराका साथ शुक्रबार २३ औं भूकम्प सुरक्षा दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे गएको भूकम्पको सम्झनामा २०५५ सालदेखि सुरक्षा दिवस मनाउन थालिएको हो ।
पाल्पामा यसरी मनाइयो भूकम्प सुरक्षा दिवस
शुक्रबार, माघ २, २०७७
नेपालमा विस १९९० सालमा गएको भूकम्प र २०७२ साल बैशाख १२ गते गएको भूकम्पका कारण ठूलो धन जनको क्षती भएकाले पूर्व तयारी तथा सुरक्षाको विषयमा प्रत्येक बर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवस मनाउदै आइएको हो ।
माघे संक्रान्तिको धार्मिक महत्व
बिहीबार, माघ १, २०७७
नेपालको एक प्रमुख चार्ड मध्ये माघे संक्रान्ति पनि हो । यो माघ महिनाको पहिलो दिन पर्दछ । यसलाई माघे संक्रान्ति, मकर संक्रान्ति, माघी आदि नामले पनि चिनिन्छ । ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ’मकर संक्रान्ति’ पनि भनिएको हो ।
राष्ट्र निर्माताको सम्मान गरौं
बुधबार, पुस २९, २०७७
पुस २७ गते राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्ती देशव्यापी रूपमा मनाइएको छ । सरकारी स्तरबाट खासै कार्यक्रमहरु नभए पनि राजनीतिक दल, सामाजिक संघ–संस्थाहरुबाट कार्यक्रम गरी राष्ट्र निर्माताको स्मरण गरियो । पृथ्वीनारायण शाह एक राष्ट्रनिर्माता हुन् । उनकै प्रयास र लगानीले नेपाल राष्ट्र निर्माण भएका हो ।