सरकारको अव्यवहारिक उर्दी
शनिबार, जेठ २४, २०७७
हाइस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, २१ घाइते
सोमबार, जेठ १९, २०७७
बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा गए राति भएको सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको छ ।
भारतबाट घर फर्केका नागरिकलाई लिएर नेपालगञ्जदेखि सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रकमा गए राति करिब १२ बजे ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी...
सत्तासँग साटिएको राष्ट्रवाद !
शनिबार, जेठ १७, २०७७
नेपालले नयाँ संविधान जारी गरे लगत्तै भारतीय नाकाबन्दीले चुलिएको खड्ग प्रसाद ओली (केपी)को उचाईले एकाएक सत्ताको शिखर चुम्न पुग्यो । राष्ट्रवादको तिरङ्गा ओडाएर मञ्चन गरिएको नव नाटकका पर्दाहरू समयसँगै अब क्रमसः उदाङ्गो हुने क्रममा पुगेको छ । नेपाली मनोवृत्ति हाम्रो छिमेकी मित्रलाई राम्रोसँग ज्ञान छ ।
चकोरमानले न पार्टीबाट न्याय पाए न भगवानबाटै !
शनिबार, जेठ १७, २०७७
नेपाली काँग्रेस तानसेन नगर समितिका निवर्तमान सभापति, सामाजिक अभियान्ता चकोरमान शाक्यको असमायिक निधनले हामी सबैलाई स्तब्ध पारेको छ । दुई दशक भन्दा बढी समय नेपाली काँग्रेस तानसेन नगर समितिका सभापति रहेका चकोर दाईलाई पाल्पा काँग्रेसका एउटा शसक्त खम्बाका रुपमा लिन सकिन्छ ।
राष्ट्रिय एकता : अतिक्रमित भू–भाग फिर्ता ल्याउने आधार
बुधबार, जेठ १४, २०७७
महामारीको कहरका कारण सिर्जित रोग र भोकसँग लडिरहेका नेपालीहरुले यति बेला मातृभूमि माथि अतिक्रमणको सामना गर्नु परेको छ । हुन त यो चोट कुनै नौलो होइन । झण्डै ५८ वर्षअघिको चोटले अहिले क्रोनिक घाउ बनेर नेपाल र नेपालीलाई पीडा दिएको मात्र हो ।
कोरोना प्रतिकार्य योजना निर्माण
मंगलबार, जेठ १३, २०७७
गुल्मीमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि कोरोना प्रतिकार्य योजना निर्माण गरिएको छ । जिल्लास्थित सबै स्थानीय तहका प्रमुख, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय लगायतका सरोकार पक्षको बैठकले प्रतिकार्य योजना निर्माण गरेको हो ।
सरकार नागरिकप्रति संवेदनशील छ : प्रधानमन्त्री ओली
मंगलबार, जेठ १३, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार नागरिकप्रति संवेदनशील रहेको बताएका छन् । राष्ट्रका नाममा सोमबार सम्बोधन गर्दै ओलीले कोरोना महामारीका कारण कुनै पनि नागरिक रोग र भोकबाट समस्यामा नपर्ने र त्यसका लागि सरकार संवेदनशील रहेको बताएका हुन् ।
प्रदेशसभा बैठक स्थगित
सोमबार, जेठ १२, २०७७
प्रदेश पाँच प्रदेशसभाको सोमबारका लागि बोलाइएको बैठक स्थगित भएको छ । विशेष कारण जनाउँदै बैठक मंगलबारका लागि सारिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
संक्रमण बढेपछि स्थानीय सरकार गुहार माग्दै
आइतबार, जेठ ११, २०७७
नरैनापुर गाउँपालिकामा ११४ कोरोना संक्रमित देखिएपछि स्थानीय सरकारले गुहार मागेको छ । गाउँपालिकाले शनिबार तीन तहका सरकार र सरोकार राख्ने निकायलाई पत्राचार गर्दै तत्काल उच्चस्तरीय चिकित्सक टोलीसहित थप सुरक्षाकर्मी परिचालन गर्न सरकारलाई आग्रह गरेको छ ।
पाल्पामा आईसोलेशन कक्षहरुको अनुमगन, पर्याप्त मात्रामा नभएको गुनासो
बुधबार, जेठ ७, २०७७
कोरोना भाइरसको संक्रमणको सम्भावित जोखिमलाई दृष्टिगत गर्दै जिल्लामा निर्माण गरिएका केही आइसोलेशन कक्षहरुको अनुगमन तथा निरीक्षण गरिएको छ । आईसोलेशन निर्माण तथा व्यवस्थापन समिति पाल्पाले तानसेन नगरपालिकाको सहयोग र युनाईटेड मिसन अस्पतालको सहयोगमा निर्माण भएको आईसोलेशन कक्षहरुको अनुगमन गरेको हो ।
पीडितका पक्षमा लाग्न काँग्रेस पाल्पाको आग्रह
बुधबार, जेठ ७, २०७७
नेपाली काँग्रेस पाल्पाले कोरोना महामारीका बेला जिल्लाका स्थानीय सरकारका काम कारवाही प्रभावकारी हुनुपर्ने कुरालाई महत्वका साथ उठाउँदै आएको छ ।