नवजनचेतना राष्ट्रिय दैनिक २०८० कार्तिक २३ गते बिहीबार
बिहीबार, कात्तिक २३, २०८०
भूकम्पपीडितलाई गाँसबासको व्यवस्था गर
मंगलबार, कात्तिक २१, २०८०
जाजरकोट रुकुम पश्चिमका अधिकांस भूकम्प पीडितहरु अहिले खुला आकाशमुनि बस्न बाध्य भएका छन् । शुक्रबार रातिदेखि पीडितहरु खुला आकाशमुनि रात बिताउँदै आएका छन् ।
राहत र उद्धारमा जुटौं
सोमबार, कात्तिक २०, २०८०
शुक्रबार राती आएको विनाशकारी भूकम्पबाट जाजरकोट र रूकुम पश्चिममा ठूलो मानवीय र भौतिक क्षति भएको छ । सयौं घरहरू भत्किएका छन् । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट जनधनको क्षति हुँदा ती दुई जिल्ला शोकमा डुबेको हो ।
बधाई, क्रिकेट टिमलाई
आइतबार, कात्तिक १९, २०८०
नेपालले शुक्रबार घरेलु मैदानमा भएको आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोट खेलको सेमिफाइनलमा यूएईलाई ८ विकेटले पराजित गरी ट्वान्टी–२० विश्वकपको यात्रा तय गरेको छ । नेपालले १० वर्षपछि २०२४ जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुने ट्वान्टी–२० विश्वकपमा प्रतिस्पर्धा गर्ने अवसर पाएको हो ।
च्याउ चिनेर मात्र सेवन गरौं
शुक्रबार, कात्तिक १७, २०८०
गाउँघरमा जंगलबाट च्याउ खोजेर ल्याउने र खाने चलन छ । जंगलमा त्यस्ता थुप्रै प्रजातिका खानयोग्य र स्वादिलो च्याउहरू पाइन्छ । विशेष गरी वर्षायाम लागेसँगै वन, पाखा, खोला तथा खाली चउरमा समेत प्रशस्त च्याउ उम्रने गर्छ ।
आयात हैन निर्यात बढाऔं
बिहीबार, कात्तिक १६, २०८०
नेपालमा अहिले निर्यात भन्दा पनि आयात बढ्दो छ । यो सकरात्मक पक्ष भने पक्कै हैन । साउनदेखि असोज मसान्तसम्मको तथ्याङ्क हेर्दा आयात अध्याधिक बढेको छ भने निर्यात घटेको छ । चालु आर्थिक वर्षको तेस्रो महिनासम्ममा मुलुकले चार खर्ब सात अर्ब ७५ करोड ८९ लाख बराबरको माल वस्तुको आयात गरेको छ ...
गुटेरेसको भ्रमणको अपेक्षा
बुधबार, कात्तिक १५, २०८०
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस चार दिने नेपाल भ्रमणमा रहेका छन् । उनी आइतबारदेखि चार दिने भ्रमणमा छन् । गुटेरेसले सगरमाथा, पोखरा, लुम्बिनी क्षेत्रको भ्रमण गरेका छन् । यस्तो उच्चस्तरीय भ्रमणले सम्पूर्ण नेपालीका लागि उत्साहित बनाएको छ ।