Shittalpati
वर्षा भइरहेको छ, सतर्क रहौं
वर्षा भइरहेको छ, सतर्क रहौं केही दिनदेखि देशका विभिन्न स्थानमा अविरल वर्षा भइरहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेकाले अझै दुुई दिनसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भू–संरक्षणप्रति संवेदनशील बन
भू–संरक्षणप्रति संवेदनशील बन पहिरो र भू–स्खलनबाट नेपालका पहाडी तथा हिमाली क्षेत्रहरूले बर्सेनि ठूलो धनजनको क्षति भोगिरहेका छन् । भूक्षयलाई वातावरणीय ह्रास वा प्राकृतिक प्रकोप दुवै तरिकाबाट बुझिन्छ । पृथ्वीको धरातलीय माटोको माथिल्लो तह कुनै कारणबाट स्थानान्तरण भै ठूलो मात्रामा क्षति हुनुलाई भूक्षय भनिन्छ ।
आदिवासी दिवस र जनजाति आन्दोलन
आदिवासी दिवस र जनजाति आन्दोलन नेपाल सहित विश्वभर आदिवासी दिवस मनाइएको छ । यो दिवस संयुक्त राष्ट्र संघको आह्वानमा विश्वभरिका आदिवासी जनजातिहरूले सन् १९९५ देखि जनजाति अधिकारका लागि महान् अन्तर्राष्ट्रिय पर्वको रूपमा मनाउँदै आइरहेका छन् । यो हरेक वर्षको अगष्ट ९ मा मनाउने गरिन्छ ।
मुलुकको राजनैतिक अवस्था : हाम्रो दायित्व
मुलुकको राजनैतिक अवस्था : हाम्रो दायित्व हाम्रा धार्मिक चाडपर्वहरु हामी सबैका आँगनमा तछाड मछाड गरेर आउँदैछन् । बर्षायामसँगै अहिले जताततै हरियालीमयी प्रकृतिको मनोरम आनन्दमयी वातावरण निर्माण भइरहेका बेला मानो रोपेर मुरी उब्जाउने चटारोसँगै मुलुक निर्माण गर्ने जिम्मेवार निकायहरु अहिले गैर राजनैतिक चरित्रको शिकार भएका छन् ।
धान उत्पादन बढाऔं
धान उत्पादन बढाऔं सरकारले कृषि उत्पादन बढाएर खाद्यान्नमा आत्मनिर्भर बन्ने योजना बनाइरहँदा धान उत्पादन भने घट्दै गएको छ । अघिल्लो वर्षहरुको तुलनामा यस वर्ष भने धान उत्पादन झन घट्ने अनुमान गरिएको छ । साउनको मध्य हुँदा मुलुकभर धान रोपाइँ ७७ प्रतिशत मात्र भएको छ ।
लामखुट्टेको टोकाइबाट बचौं
लामखुट्टेको टोकाइबाट बचौं पानी पर्न सुरु भएदेखि डेंगीका विरामी बढ्दै गएका छन् । देशभरका जिल्लाहरुमा डेंगीका विरामीहरु बढेका छन् । यो मौसममा बढी सचेत र सजग हुनुपर्छ । अहिले डेंगु महामारी ६९ जिल्लामा प्रवेश गरिसकेको छ ।
Weather Update