नवजनचेतना राष्ट्रिय दैनिक २०८० पुस १ गते आइतबार
आइतबार, पुस १, २०८०

चिसोबाट मर्न नदेऊ
शुक्रबार, मंसिर २९, २०८०
दिनप्रतिदिन चिसो बढ्दै गएको छ । चिसो बढेसँगै नेपालीहरुले ज्यान गुमाउनु परेका समाचारहरु समेत आउन थालेका छन् । अझ भूकम्पबाट ज्यान बचाउन सफल भएका कतिपय नागरिकहरुले चिसोबाट ज्यान गुमाउनु परेको घटना भने अत्यन्त दुखद् हो ।

सुन तस्करी रोक
बिहीबार, मंसिर २८, २०८०
सुन तस्करी रोकथाम तथा नियन्त्रण हुनुपर्ने माग सधैं उठ्ने गर्छ । प्रहरीले केही सुन बरामद र तस्करहरुलाई पक्राउ पनि गर्छ तर श्रृंखलाबद्ध रुपमा सुन तस्कर हुन छोड्दैन । देशका विभिन्न नाकाबाट यति बेला श्रृंखलाबद्ध रुपमा ठूलो परिमाणमा अवैध सुन फेला पर्ने गरेको छ ।

लोकतन्त्रको विकल्प नखोजौ
बुधबार, मंसिर २७, २०८०
सोंंच र हेराईमा परिवर्तन हुनुपर्नेमा त्यो भएको पाइदैन । समस्याहरुको समाधानमा एक्यवद्धता हुनुपर्नेमा त्यसो हुन सकेको छैन । इतिहास भजाएर वर्तमानमा सेवा र सुविधाका कुरा गर्नेहरुले वर्तमान प्रतिको भावना र परिदृश्यलाई परिमार्जन नगरे सम्म मुलुकले नयाँ पिडीलाईसँगै लिएर हिंड्न सक्दैन ।

पर्वत जोगाऔं
मंगलबार, मंसिर २६, २०८०
नेपाललाई पर्वतहरूको राजधानी भनेर चिन्ने गरिन्छ । प्राकृतिक सौन्दर्यताको प्रतिक, वातावरणीय विविधताको धौतक, हिमश्रृंखला र पहाड हाम्रा पर्वत हुन् ।

मानव अधिकारको प्रत्याभूति देऊ
सोमबार, मंसिर २५, २०८०
मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ लागु भएको ७५ औं वर्ष पुगेको छ । सो अवसरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस आइतबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । हरेक वर्षको डिसेम्बर १० मा यो दिवस मनाउने गरिन्छ ।

भ्रष्टाचारको जन्जिर तोडौं
आइतबार, मंसिर २४, २०८०
हरेक वर्षको डिसेम्बर ९ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ । शनिबार नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस मनाइएको छ । राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरे पछि विश्वभर यो दिवस मनाउन थालिएको हो ।