ऐतिहासिक श्री ७ रणउजिरेश्वरी भगवती रथयात्रा (लाइभ)
बिहीबार, भदौ २१, २०८०
अंग्रेजलाई जितेको सम्झना र जात्रा महोत्सव
बिहीबार, भदौ २१, २०८०
नेपाली शब्दकोष अनुसार देवदेवीका स्थानमा निश्चित दिनमा पुजा आजा सहित मनाइने विशेष प्रकारको उत्सव यात्रालाई जात्रा भनिन्छ । पाल्पाको तानसेनमा हरेक वर्ष जनैपूर्णिमाको भोलिपल्टदेखि भाद्रकृष्ण नवमीका दिनसम्म जात्रा महोत्सव मनाइन्छ ।
श्रीकृष्ण जन्माष्टमी र भगवती जात्रा
बिहीबार, भदौ २१, २०८०
प्रत्येक वर्षको भाद्र कृष्ण अष्टमीमा भगवान् श्रीकृष्णलाई स्मरण गर्दै कृष्ण जन्माष्टमी मनाइन्छ । यस वर्ष बुधबार मनाइएको छ । श्रीकृष्ण भगवान् जन्मिएको अवसर पारेर उत्सवमा संलग्न रहँदै व्रत बसेर मध्यरातसम्म नै कृष्णकेन्द्रित भजनहरु गाउने, बजाउने परम्परा रहँदै आएको छ ।
सबैमा चेतना भया...!
बुधबार, भदौ २०, २०८०
नेपालको राजनैतिक वृतमा अहिले अनियमितताको बाढी आएको आभास हुन्छ । नेता र दलीय रुपमा वर्चस्व कमाएका कतिपय जिम्मेवार व्यक्तिहरु र उनका परिवारले गरेका अनियमिताका कारण पनि अहिले, अब मुलुकमा केही कतैबाट पनि जनताका पक्षमा काम हुन नसकेका समस्याहरु दिनप्रति दिन उजागर हुँदै गएका छन् ।
संसदीय समितिहरू सक्रिय बन
मंगलबार, भदौ १९, २०८०
प्रतिनिधिसभा निर्वाचन भएको नौ महिनापछि त्यस अन्र्तगतका संसदीय समितिहरूले नयाँ नेतृत्व पाएका छन् । दलीय सहमतिको आधार प्रतिनिधिसभाका १० वटै समितिका सभापतिहरू निर्विरोध निर्वाचित भएका हुन् ।
कृषि उत्पादनमा गम्भीर बन
सोमबार, भदौ १८, २०८०
मुलुकलाई कृषिप्रधान देश भन्छौं तर, हरेक वर्ष आयातको ग्राफ बढ्दै गएको छ । वर्षमा अर्बौैसम्मको खाद्यान्न आयात गर्नु मुलुकको लागि कदापि राम्रो हुन सक्दैन । यसका अलवा दलहन, तेल, तरकारी, माछा, मासुको आयात निरन्तर बढिरहेको देखिन्छ । एक वर्षमा अर्बौको कृषि उपज आयात हुनु हितकर छैन ।
जात्रा संरक्षणमा चुनौती
आइतबार, भदौ १७, २०८०
जात्रैजात्राको सहरका रुपमा परिचित तानसेनमा यति बेला जात्राहरु विस्तारै हराउँदै गएका छन् । विगतमा निकै हर्षोल्लासका साथ तानसेनका टोल–टोलबाट निकालिने चुइकी फिराई, लाखे नाच, गाईजात्रा, रोपाइँ जात्रा एकदुई वटामा सीमित भएका छन् ।