नवजनचेतना राष्ट्रिय दैनिक २०८० कार्तिक २५ गते शनिबार
शुक्रबार, मंसिर १, २०८०

विश्व विज्ञान दिवसको सन्दर्भ
शुक्रबार, कात्तिक २४, २०८०
प्रत्येक वर्ष १० नोभेम्बरका दिन मनाइने शान्ति र विकासका लागि विश्व विज्ञान दिवस आज बिहीबार विश्वभर मनाइँदै छ । वातावरणको संरक्षण गर्दै शान्ति र विकासका लागि नवीनतम विज्ञान र प्रविधिको विकास गर्ने उद्देश्यका साथ मनाउन लागिएको यो दिवस सन् २००१ मा युनेस्कोले आह्वान गरेपछि पहिलो पटक सन् २००२ मा विश्वभर...

भूकम्पमैत्री संरचना बनाऊ
बिहीबार, कात्तिक २३, २०८०
२०७२ को विनाशकारी भूकम्प बिर्सन नपाउँदै देशले फेरि ठूलो भूकम्प व्यहोर्नुपरेको छ । गत शुक्रबार जाजरकोट केन्द्र बिन्दु भएर गएको भूकम्पले १ सय ५३ जनाको ज्यानमात्र लगेन, १३ जिल्लाका ३५ हजार परिवारलाई घरबारविहीन बनाएको छ । २०७२ वैशाखपछि सबैभन्दा बढी क्षति यसपटक भएको छ ।

भूकम्पपीडितलाई गाँसबासको व्यवस्था गर
मंगलबार, कात्तिक २१, २०८०
जाजरकोट रुकुम पश्चिमका अधिकांस भूकम्प पीडितहरु अहिले खुला आकाशमुनि बस्न बाध्य भएका छन् । शुक्रबार रातिदेखि पीडितहरु खुला आकाशमुनि रात बिताउँदै आएका छन् ।

राहत र उद्धारमा जुटौं
सोमबार, कात्तिक २०, २०८०
शुक्रबार राती आएको विनाशकारी भूकम्पबाट जाजरकोट र रूकुम पश्चिममा ठूलो मानवीय र भौतिक क्षति भएको छ । सयौं घरहरू भत्किएका छन् । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट जनधनको क्षति हुँदा ती दुई जिल्ला शोकमा डुबेको हो ।

बधाई, क्रिकेट टिमलाई
आइतबार, कात्तिक १९, २०८०
नेपालले शुक्रबार घरेलु मैदानमा भएको आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोट खेलको सेमिफाइनलमा यूएईलाई ८ विकेटले पराजित गरी ट्वान्टी–२० विश्वकपको यात्रा तय गरेको छ । नेपालले १० वर्षपछि २०२४ जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुने ट्वान्टी–२० विश्वकपमा प्रतिस्पर्धा गर्ने अवसर पाएको हो ।

च्याउ चिनेर मात्र सेवन गरौं
शुक्रबार, कात्तिक १७, २०८०
गाउँघरमा जंगलबाट च्याउ खोजेर ल्याउने र खाने चलन छ । जंगलमा त्यस्ता थुप्रै प्रजातिका खानयोग्य र स्वादिलो च्याउहरू पाइन्छ । विशेष गरी वर्षायाम लागेसँगै वन, पाखा, खोला तथा खाली चउरमा समेत प्रशस्त च्याउ उम्रने गर्छ ।