मेरो प्रीय मान्छे
बिहीबार, असोज १०, २०८१
परमाणु हतियार निर्मूल दिवसको सन्दर्भ
बिहीबार, असोज १०, २०८१
आज अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मूल दिवस । संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक सेप्टेम्बर २६ का दिन यो दिवस मनाउने गरिन्छ । परमाणु हतियारको पूर्ण उन्मूलन गर्न आवश्यकताबारे आमजनमानसलाई जागरूक पार्दै यसले मानव जातीमा पार्ने असरको बारेमा सबैलाई जानकारी दिनु नै दिवसको मुख्य उद्देश्य हो ।
‘अख्तियारमा गलत नियतले उजुरी दिँदा सास्ती भयो’
आइतबार, असोज ६, २०८१
जिल्लाको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुुर थापाले गलत नियतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिदाँ स्थानीय तहहरुले सास्ती भोग्नु परेको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी स्थानीय तहस्तरीय अन्तक्र्रिया कार्यक्रमलाई रामपुरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नीति तथा कार्यक्रम कार्यान्वयनमा स्पष्ट हौं
आइतबार, असोज ६, २०८१
नेपाली काँग्रेस र एमालेको संयुक्त सरकारले केही नयाँ र प्रभावकारी जनपक्षिय कार्य गर्ला भन्ने सबैमा आशा र विश्वासको वातावरण बनि रहेका बेला सरकार सञ्चालन र जनसरोकारका विषयमा सरकारका कुनै पनि निकायहरु जिम्मेवार देखिदैनन् । जनता प्रतिको उत्तरदायित्व बोध नगर्ने परिपाटीलाई वर्तमान सरकारले पनि निरन्तरता दिएको जस्तो भान भएको छ ।
आर्थिक विकास र सहकारी
शनिबार, असोज ५, २०८१
नेपालमा सहकारी समस्या समाधानका लागि सरकार र नागरिकस्तरबाट अत्यान्तै धेरै प्रयासहरु भएका छन् । सहकारीमा विशेष गरेर सदस्यहरुको निक्षेप रकमलाई दुरुपयोग गरेका धेरै जसो राजधानी र शहरमुखि संस्थाहरुमा देखिएका यी समस्या पहिचान र समाधानका लागि सबै पक्षको ध्यान जानु आवश्यक देखिन्छ ।
तानसेनमा गणेश सहकारीले मनायो ११ औं साधारण सभा
बिहीबार, असोज ३, २०८१
तानसेनमा रहेको गणेश बचत तथा ऋण सहकारी संस्थाले ११ औं साधारण सभा मनाएको छ । सहकारीले विहीबार एक औपचारिक कार्यक्रमका बिच आफ्नो वार्षिक साधारण सभा मनाएको हो ।
चाडपर्वमा ६१ स्थानमा सहुलियत पसल
बिहीबार, असोज ३, २०८१
देशभरका ६१ स्थानमा सहुलियत पसल सञ्चालन हुने भएका छन् । सरकारले चाडपर्वको समयमा बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन सहुलियत पसल सञ्चालन गर्न लागेको हो ।
संविधानको कार्यान्वयनमा जोड देऊ
बिहीबार, असोज ३, २०८१
संविधान देशको मूल कानून हो । यसले राज्य सञ्चालनमा आवश्यक निर्देशन गर्ने गर्दछ । यसले देशका हरेक पक्ष र क्षेत्रका लागि आवश्यक पर्ने ऐन ,नियम ,नियावली,नीति निर्माणको आधार तय गर्दछ भने राज्य सञ्चालन तथा सुशासन स्थापित गर्न पनि यसको उत्तिकै महत्व तथा भूमिका रहेको देखिन्छ ।
संविधान दिवसको सन्दर्भ
बिहीबार, असोज ३, २०८१
आज संविधान दिवस । मुलुकले जनप्रतिनिधिबाट लिखित संविधान पाएको ९ वर्ष पूरा भएको छ । इतिहासमै पहिलो पटक जनप्रतिनिधिबाट सम्मिलित संविधान निर्माण भएको दिन हो । असोज ३ गतेलाई सरकारले संविधान दिवसको रुपमा समेत घोषणा गरेको छ ।