विकासका लागि शान्ति
बिहीबार, असोज ४, २०८०

संविधान दिवसको औचित्य
बुधबार, असोज ३, २०८०
आज संविधान दिवस । लोकतान्त्रिक संविधान २०७२ संंविधानसभाबाट निर्मित संविधान विक्रम सम्वत २०७२ साल असोज ३ गतेदेखि विधिवत रुपमा लागु भएको दिन भएका कारण आजलाई संविधान दिवसका रुपमा मनाउने परम्परा शुरु भएको हो । आज यो दिवस मनाउँदै गर्दा दिवसका लागि दिवस मात्रै हुने खतराहरु पनि त्यति कै बढिरहेका छन्...

पाएँ त खाएँ नगरौं
आइतबार, भदौ ३१, २०८०
मिठा–मिठा परिकारका साथमा आज दर खाइँदै छ । नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको अघिल्लो दिन दर खाने प्रचलन विगत देखि नै रहेको हो । नेपाली महिलाहरु व्रत बस्नु अघिल्लो दिन घरमा टन्न दर खाने र भोलिपल्ट तिजको व्रत बस्ने गर्छन् । दर खाने निहुँमा आफ्नो स्वास्थ्य बिग्रने खालका खाद्यवस्तु...

बालदिवसको सन्दर्भ
शुक्रबार, भदौ २९, २०८०
हरेक वर्ष भदौं २९ गते राष्ट्रिय बाल दिवस मनाउने गरिन्छ । यस वर्ष पनि आज विभिन्न कार्यक्रमहरु गरी दिवस मनाउन लागिएको छ । बालबालिकाहरुको नाममा मनाइने दिवसलाई बाल दिवस भनिन्छ । बाल दिवस आफैमा एउटा महत्वपूर्ण दिवस हो ।

बुबाप्रति सम्मान
बिहीबार, भदौ २८, २०८०
कुशे औंसी अर्थात् आज बुबाको मुख हेर्ने दिन । आफ्ना बुबालाई मिठो खाना र राम्रा कपडा दिएर सम्मान गर्ने गरिन्छ । आजको दिन बुवाको मुख हेर्ने, अर्थात् बुवा दिवसको रूपमा मनाई बुवालाई विशेष सम्मान गर्ने र बाबु नहुनेले तीर्थमा खासगरी गोकर्ण र विष्णुपादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने...

लायन्स क्लव पाल्पाद्वारा रक्तदान
बुधबार, भदौ २७, २०८०
जिल्लामा क्रियाशील सामाजिक संस्था लायन्स क्लव अफ पाल्पाले रक्तदान कार्यक्रम गरेको छ । बिरामीका लागि रगतको अभाव हुन नदिन क्लवले वार्षिक कार्यक्रम अन्तर्गत बुधबार रक्तदान कार्यक्रम गरेको हो ।

बीपी विचार प्रेरणादायी
मंगलबार, भदौ २६, २०८०
बीपी कोइराला राजनेता हुन् भन्नेमा नेपाली काँग्रेस मात्र होइन, उनलाई बुझेका, संगत गरेका र पढेका कम्युनिस्ट नेताहरूसमेत सहमत छन् । यस्ता उच्च कोटिका नेताको सम्झना काँग्रेसले यस पटक विशेष ढंगले गरेको छ ।