नवजनचेतना राष्ट्रिय दैनिक २०८० भदौ १३ गते बुधबार
बुधबार, भदौ १३, २०८०

नागरिकलाई स्वास्थ्य सेवाबाट वञ्चित नगर
मंगलबार, भदौ १२, २०८०
स्वास्थ्य उपचारमा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सरकारले सामाजिक सुरक्षाका रूपमा स्वास्थ्य बीमा कार्यक्रम शुरू गरेको छ । स्वास्थ्य बीमा ऐन अन्तर्गत स्वास्थ्य बीमा बोर्ड गठन गरेर सञ्चालन गरिएको यो कार्यक्रममा बीमितहरूले तोकिएका स्वास्थ्य संस्थाबाट बीमा सुविधा अनुसारका तोकिएको औषधोपचार निःशुल्क पाउँछन्, तर सरकारले लामो समयदेखि स्वास्थ्य सेवा दिदै आएका...

राष्ट्रपतिद्वारा विभिन्न देशमा राजदूत नियुक्त
सोमबार, भदौ ११, २०८०
राष्ट्रपति रामचन्द्र पौडेलले सुधीर भट्टराईलाई गणतन्त्र फ्रान्सका लागि नेपालको आवासीय राजदूत पदमा, तेजबहादुर क्षेत्रीलाई संयुक्त अरब इमिरेट्सका लागि नेपालको आवासीय राजदूत पदमा र घनश्याम लम्साललाई कुवेतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका छन् ।

बढ्दो ठगी रोक
सोमबार, भदौ ११, २०८०
वैदेशिक रोजगारमा जाने कयौ नेपालीहरु ठगिने क्रम बढ्दो छ । नेपालका कतिपय मेनपावरले रोजगारीको लोभमा वर्षौंदेखि हजारौं युवायुवतीलाई पटक–पटक ठगिरहेका छन् । सरकारले वैदेशिक रोजगारमा एजेन्टको संलग्नतालाई गैरकानुनी मान्दै व्यक्तिगत प्रक्रियामा रोक लगाएको वर्षौं भएपनि व्यक्तिगत ठगीमा कमी आएको छैन ।

वर्षाको वितण्डाबाट बच्न सचेत बन
आइतबार, भदौ १०, २०८०
केही दिन देखिको अविरल वर्षाका कारण ठाउँ–ठाउँमा बाढी पहिरो र डुबान भएका समाचारहरु आइरहेका छन् । विभिन्न ठाउँमा सडक अवरुद्ध भएका छन् । कतिपय ठाउँमा हवाई सेवासमेत प्रभावित भएको छ । बाढी र डुबानका कारण ठाउँ–ठाउँमा सञ्चार सेवामा बाधा पुगेको छ । मुलुकका धेरै ठाउँमा पानी परिरहेकाले तराईका धेरै भूभागमा...

जनतालाई सहजरुपमा सूचना देऊ
शुक्रबार, भदौ ८, २०८०
नागरिकले सार्वजनिक निकायबाट सूचना पाउने अधिकार नेपालको संविधानले सुनिश्चित गरेको छ । सार्वजनिक चासोका सूचना र गतिविधिको विवरण नागरिकले मागेको खण्डमा तत्कालै वा नसकिने भए १५ दिनभित्र ‘विनारोकतोक’ प्रवाह गर्नुपर्छ भन्ने सूचनाको हकसम्बन्धी ऐनको मूल मर्म हो ।

मिडिया सम्मेलन : प्रतिवद्धता कार्यान्वयनसँगै निरन्तरता देऊ
बिहीबार, भदौ ७, २०८०
सञ्चार माध्यमहरुको समस्या पहिचान, समाधानका उपाय, संस्थागत विकास र व्यावसायिक एकरुपता कायम गर्न भन्दै बुटवलमा मिडिया सम्मेलन गरियो ।