नवजनचेतना राष्ट्रिय दैनिक २०८० साउन ३१ गते बुधबार
बुधबार, साउन ३१, २०८०

पर्यटन उठाउन ध्यान देऊ
मंगलबार, साउन ३०, २०८०
मुलुकको आर्थिक मेरुदण्डका रुपमा पर्यटन व्यवसायीलाई लिने गरिन्छ, तर हिजोआज त्यहि व्यवसायी अत्यन्त कमजोर बनेको छ । कोरोना महामारीका बेलादेखि सुस्ताएको पर्यटन व्यवसायी अहिले केही उठे जस्तो गरे पनि खासै गति लिन सकिरहेको छैन । सरकारी तवरबाट समेत पर्यटन व्यवसायीलाई माथि उकास्ने काम हुन सकेको छैन ।

संसद्लाई बन्धक नबनाऊ
सोमबार, साउन २९, २०८०
प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर संसद अवरोध गर्दै आएको छ । सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नैपर्ने अडान राख्दै एमालेले साउन १० यता प्रतिनिधिसभा चल्न दिएको छैन । मुलुकमा आर्थिक मन्दीले आम नागरिक प्रताडित भइरहेका छन् ।

वर्षा भइरहेको छ, सतर्क रहौं
आइतबार, साउन २८, २०८०
केही दिनदेखि देशका विभिन्न स्थानमा अविरल वर्षा भइरहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेकाले अझै दुुई दिनसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भू–संरक्षणप्रति संवेदनशील बन
शुक्रबार, साउन २६, २०८०
पहिरो र भू–स्खलनबाट नेपालका पहाडी तथा हिमाली क्षेत्रहरूले बर्सेनि ठूलो धनजनको क्षति भोगिरहेका छन् । भूक्षयलाई वातावरणीय ह्रास वा प्राकृतिक प्रकोप दुवै तरिकाबाट बुझिन्छ । पृथ्वीको धरातलीय माटोको माथिल्लो तह कुनै कारणबाट स्थानान्तरण भै ठूलो मात्रामा क्षति हुनुलाई भूक्षय भनिन्छ ।

आदिवासी दिवस र जनजाति आन्दोलन
बिहीबार, साउन २५, २०८०
नेपाल सहित विश्वभर आदिवासी दिवस मनाइएको छ । यो दिवस संयुक्त राष्ट्र संघको आह्वानमा विश्वभरिका आदिवासी जनजातिहरूले सन् १९९५ देखि जनजाति अधिकारका लागि महान् अन्तर्राष्ट्रिय पर्वको रूपमा मनाउँदै आइरहेका छन् । यो हरेक वर्षको अगष्ट ९ मा मनाउने गरिन्छ ।

मुलुकको राजनैतिक अवस्था : हाम्रो दायित्व
बुधबार, साउन २४, २०८०
हाम्रा धार्मिक चाडपर्वहरु हामी सबैका आँगनमा तछाड मछाड गरेर आउँदैछन् । बर्षायामसँगै अहिले जताततै हरियालीमयी प्रकृतिको मनोरम आनन्दमयी वातावरण निर्माण भइरहेका बेला मानो रोपेर मुरी उब्जाउने चटारोसँगै मुलुक निर्माण गर्ने जिम्मेवार निकायहरु अहिले गैर राजनैतिक चरित्रको शिकार भएका छन् ।