नवजनचेतना राष्ट्रिय दैनिक २०८० असार २० गते बुधबार
बुधबार, असार २०, २०८०

पाल्पा–बुटवल सडक खण्ड एकतर्फी खुल्यो
मंगलबार, असार १९, २०८०
पहिरोले अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण तानसेन नगरपलिका ८, गौडेपुल नजिकै माथिबाट पहिरो खसेर सडक अवरुद्ध बनेको थियो । सो क्षेत्रमा पहिरो हटाइएपछि केहीबेरअघिबाट एकतर्फी रुपमा सडक खुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

ललिता निवास प्रकरण नसेलाओस्
मंगलबार, असार १९, २०८०
डेढ वर्षपछि फेरि बालुवाटारस्थित ललिता निवास प्रकरणले चर्चा पाएको छ । प्रधानमन्त्रीको सरकारी निवाससँग जोडिएको ललिता निवास जग्गा प्रकरणमा रोकाइएको अनुसन्धानको फाइल प्रहरीले डेढ वर्षपछि फेरि खोलेको छ । तत्कालीन सरकारको हस्तक्षेपका कारण २०७८ पुसदेखि रोकिएको अनुसन्धान फाइल खोल्दै प्रहरीले केही आरोपितलाई पक्राउ गरेको छ ।

गुरु पूर्णिमाको सार्थकता
सोमबार, असार १८, २०८०
आज गुरु पूर्णिमा हो । हरेक वर्ष आषाढ शुक्ल पूर्णिमाका दिन गुरु पूूर्णिमा पर्दछ । आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी यो मनाउने गरिन्छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको ब्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको हो ।

पुष्पलालको योगदान र राष्ट्रिय पत्रकारिता पुरस्कार
शुक्रबार, असार १५, २०८०
पुष्पलाल र वीपी साझा व्यक्तित्व हुन भन्दा अन्यथा नहोला । नेपालका कम्युनिष्ट पार्टीले पुष्पलाल अनि नेपाली काँग्रेसले वीपीलाई आफ्नो कित्ताको पेवा ठान्ने प्रवृत्ति भने हटिसेकेको छैन । आज अर्थात् असार १५, पुष्पलालको जन्म दिन पनि हो । नेपाली माटोमा कम्युनिष्ट आन्दोलन शिलान्यास गर्ने नायकको रुपमा पुष्पलाललाई लिने गरिन्छ ।

धान दिवस : किसानका समस्या सम्बोधन गर
शुक्रबार, असार १५, २०८०
देशभर धान रोपेर ‘राष्ट्रिय धान दिवस’ मनाइँदै छ । नेपालमा हरेक वर्षको १५ असारलाई धान दिवसका रुपमा मनाउने गरिन्छ । सरकारको विसं २०६१ मंसिर २९ को मन्त्रीस्तरीय घोषणाले प्रत्येक वर्षको असार १५ लाई ‘धान दिवस’ मनाउने निर्णय गरेको थियो । सोही वर्षदेखि नेपालमा औपचारिक रुपमा धान दिवस मनाइँदै आइएको हो ...

बहुउपयोगी तुलसी
बिहीबार, असार १४, २०८०
तुलसीलाई हिन्दू परम्परामा विष्णु भगवानको प्रतिक मानिन्छ । हरेक घरमा तुलसी रोप्ने गरिन्छ । घरमा तुलसीको मठ राखे सुख–समृद्धि हुने धार्मिक मान्यता त छँदैछ, यसको लाभ वैज्ञानिक रूपमा समेत प्रमाणित छ । रुघाखोकी, ज्वरो जस्ता थुप्रै बिरामीहरूको उपचारमा तुलसी, घरेलु औषधिका उपयोगमा ल्याउने गरिन्छ ।