Shittalpati
निजामती सेवा दिवस मनाइँदै
निजामती सेवा दिवस मनाइँदै आज (शनिबार) २१ औं निजामती सेवा दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्य नेतृत्वको सरकारले २०१३ साल भदौ २२ गते निजामती ऐन ल्याएको सम्झनामा २०६१ सालदेखि यो दिवस मनाउन थालिएको हो ।
निजामती सेवा दिवसको सार्थकता
निजामती सेवा दिवसको सार्थकता निजामती दिवस आज नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष भदौ २२ गते यो दिवस मनाउने गरिन्छ । २०६१ बाट प्रारम्भ भएको यो दिवस २१ औं पटक मनाइँदा २१ वटा अत्यन्त आकर्षक नारा तय भइसकेका छन् । समग्र निजामती कर्मचारीहरू नारालाई आकर्षक बनाउन लागि पर्दछन् ।
चाडपर्वको सिजन
चाडपर्वको सिजन यो वर्षका ठूला चाडपर्वहरु हिन्दुहरुको घर आगनमा भित्रिन थालेका छन् । साउने संक्रान्तिदेखि गाईजात्रा–रोपाइँजात्रा सम्मका चाड हामीले यो वर्ष मनाइसकेका छौं भने तिजदेखि छठसम्मका पर्वहरु आउँदै छन् । महान चाडपर्वहरु मनाउन पैसा र सामानको जोहो गर्न थालिसकिएको छ ।
मर्स्याङ्दी नदी बस दुर्घटना : १४ जनाको शव निकालियो (अपडेट)
मर्स्याङ्दी नदी बस दुर्घटना : १४ जनाको शव निकालियो (अपडेट) तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरा नजिक दुर्घटना भइ मस्र्याङ्दी नदीमा बस खस्दा  १४ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान पोखराबाट काठमाडौं आउँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस दुर्घटना भई नदीमा  खस्दा १४ जनाको  ज्यान गएको हो ।
बंगलादेशबाट पाठ सिक्ने की ?
बंगलादेशबाट पाठ सिक्ने की ? यति बेला बंगलादेशमा भएको घटनाको चर्चा सर्वत्र छ । लगातार १५ वर्ष बंगलादेशको प्रधानमन्त्री रहेकी शेख हसिनाले सत्तासँगै देश छोडेपछि नेपाल लगायत विश्वमै यसको चर्चा चुलिएको हो । सरकारी जागिरमा कायम आरक्षणको कतिपय व्यवस्थामा असन्तुष्टि जनाउँदै विद्यार्थीले सुरु गरेको आन्दोलन अन्ततः हसिनाराजप्रति असहमतहरूको साझा संघर्ष बन्यो ।
विपत्बाट बच्न सतर्कता
विपत्बाट बच्न सतर्कता देभर निरन्तर परेको वर्षाले ठाउँ–ठाउँमा वितण्ड मच्चाएको छ । कतै पहिरोले जनधनको क्षति भएको छ भने कतै बाढीले क्षति पुर्‍याएको छ ।
सहकारीपीडितप्रति गम्भीर बन
सहकारीपीडितप्रति गम्भीर बन पटक–पटक सरकार परिवर्तन भए तर पनि सहकारीपीडितका माग जस्ताको त्यस्तै छन् । आम सर्वसाधारणको पसिनाको कमाइ सहकारीले फिर्ता नगरेपछि चलेको रुवावासी एक वर्ष भन्दा बढी भयो । सहकारीबाट बचत फिर्ताको माग गरेर आन्दोलनमा उत्रेका पीडितले पटक–पटक सरकारसँग सम्झौता गरे पनि अझैसम्म फिर्ता पाउन सकेका छैनन् ।
राजनैतिक संस्कार र युवा 
राजनैतिक संस्कार र युवा  नेपाली राजनीति र राजनेता प्रति आमनागरिकहरुको श्रध्दामा कमी आउँने क्रम बढी रहेको छ । फलस्वरुप अहिले मुलुकको अवस्थाका बिषयमा  नयाँ पुस्तामा व्यापक नकारात्मक सोंचको बिकास भएको अनुभूति पनि भएको छ ।
Weather Update