सरकारले दियो भोलि सार्वजनिक बिदा
आइतबार, चैत १७, २०८१

नेपाली काँग्रेस माथागढीको दोस्रो गाउँ सम्मेलन
शनिबार, चैत १६, २०८१
नेपाली काँग्रेस माथागढी गाउँपालिकाको दोस्रो गाउँ सम्मेलन माथागढी–४ झडेवामा भएको छ । शनिबार एक भव्य समारोहकाबिच सम्मेलन भएको हो ।

पत्रकार हत्या र सञ्चारगृहमाथिको आक्रमणविरुद्ध पाल्पामा पनि विरोध सभा
शनिबार, चैत १६, २०८१
नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले शुक्रबार काठमाडौँमा भएको आन्दोलनमा समाचार सङ्कलन गर्ने क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सञ्चारगृहमाथिको भएको आक्रमणविरुद्ध विरोधमा सभा गरेको छ । पत्रकार रजकको मृत्युको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कडा कारवाहीको माग गर्दै महासंघले शनिबार दिउँसो तानसेनस्थित आन्दोलनचोकमा विरोधसभा गरेको हो ।

पाल्पामा राष्ट्रिय सहकारी दिवस भव्य रुपमा मनाइने
शनिबार, चैत १६, २०८१
पाल्पामा भव्य रुपमा राष्ट्रिय सहकारी दिवस मनाइने भएको छ । जिल्लाका विभिन्न ठाउँमा छुुट्टाछुुट्टै कार्यक्रमको आयोजना गरी दिवस मनाउन लागिएको हो ।

तानसेनमा निजी विद्यालयका अध्यक्ष र प्रिन्सिपलहरुको भेला
शनिबार, चैत १६, २०८१
जिल्लाको तानसेनमा निजी विद्यालयका अध्यक्ष र प्रिन्सिपलहरुको भेला भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल, प्याब्सन पाल्पाको आयोजनामा जिल्लाका निजी विद्यालयहरुका अध्यक्ष तथा प्रिन्सिपलहरुको एक दिने भेला शनिबार भएको हो ।

राजावादीको प्रदर्शन अराजक : कतै तोडफोड, कतै आगजनी
शनिबार, चैत १६, २०८१
राजतन्त्र समर्थकले शुक्रबार राजधानीमा गरेको प्रदर्शन अराजक बनेको छ । राजसंस्था पुनस्थापनासहितको माग गरेका राजावादी प्रदर्शनकारीहरूले काठमाडौंका विभिन्न ठाउँहरुमा कतै तोडफोड, कतै आगजनी गरेका छन् ।

सदन अवरोध गर्नु गलत
शनिबार, चैत १६, २०८१
संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो । शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ । तर त्यही संस्थालाई निरन्तर अवरोध सिर्जना गरिएको छ ।

राजावादीको प्रदर्शन अराजक : लाइभ गर्न पुगेका पत्रकारको मृत्यु
शुक्रबार, चैत १५, २०८१
राजावादीको प्रदर्शनका क्रममा तीनकुनेमा एक जना पत्रकारको मृत्यु भएको छ । तीनकुनेस्थित एक घरमा प्रदर्शनकारी लगाएको आगोमा परी एभिन्युजका पत्रकार सुरेश रजकको मृत्यु भएको प्रहरी जानकारी दिएको छ ।

लोक दोहोरी प्रतिष्ठान पाल्पाद्वारा श्रीनगरमा बनभोजसँगै सांस्कृतिक कार्यक्रम
शुक्रबार, चैत १५, २०८१
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पा शाखाले बनभोजसँगै साँस्कृतिक कार्यक्रम गरेको छ । प्रतिष्ठानले शुुक्रबार ऐतिहासिक पर्यटकीयस्थल श्रीनगरडाँडामा बनभोजसँगै साँस्कृतिक कार्यक्रम गरेको हो । तिहारमा देउसी भैलोमार्फत संकलन भएको रकमबाट बनभोजसहित साँस्कृतिक कार्यक्रम गरिएको प्रतिष्ठानले जनाएको छ । उसले देउसी भैलोमार्फत संकलित केही रकम बनभोज र बाँकी रकम...

राजावादीको प्रदर्शन अराजक बन्दै गएपछि कफ्र्यु
शुक्रबार, चैत १५, २०८१
राजावादीहरुको प्रदर्शन अराजक बन्दै गएपछि काठमाडौंले तीनकुने क्षेत्रमा कफ्र्यु लगाइएको छ । व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा कफ्र्यु लगाएको हो ।

अराजक बन्दै राजावादीको प्रदर्शन
शुक्रबार, चैत १५, २०८१
राजावादीहरुको प्रदर्शन अराजक बन्दै गएको छ । राजसंस्था पुनस्थापनासहितको माग गरेका राजावादी प्रदर्शनकारीहरूले काठमाडौंका ठाउँ ठाउामा ढुंगा प्रहार गरेर घरका सिसा फुटाएका हुन् ।अहिले पनि त्यहाँ प्रदर्शनकारीले व्यक्तिका घरहरू तोडफोड र आगजनी गरेका छन् ।

पाल्पा अस्पतालले मनायो ११३ औँ वार्षिकोत्सव
शुक्रबार, चैत १५, २०८१
पाल्पा अस्पतालले ११३ औं वार्षिकोत्सव मनाएको छ । वि.सं. १९६९ मा स्थापना भएको अस्पतालले एक भव्य समारोहकाबिच पहिलो पटक वार्षिकोत्सव मनाएको हो ।

मातृशिशु मृत्युदर घटाउने अभियानमा लुम्बिनी प्रदेश सरकार
शुक्रबार, चैत १५, २०८१
लुम्बिनी प्रदेश सरकारले बढ्दो मातृ तथा शिशु मृत्युदर घटाउन विशेष अभियान सञ्चालन गरेको छ । प्रदेशमा सबै भन्दा बढी मातृशिशु मृत्युदर रहेकाले त्यसलाई कम गर्न प्रदेश सरकारले पाल्पाबाट अभियानको सुरुवात गरेको हो ।