पाल्पामा काँग्रेसले क्रियाशील सदस्यता नवीकरण गर्दै
आइतबार, माघ १३, २०८१

अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइँदै
आइतबार, माघ १३, २०८१
अन्तर्राष्ट्रिय भन्सार दिवस आज विविध कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ । विश्व भन्सार संगठनले हरेक वर्षको जनवरी २६ तारिखमा अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउने घोषणा गरेसंगै नेपालमा पनि यो दिवस मनाउन थालिएको हो ।

पाल्पा जेसीजमा नयाँ नेतृत्व : वर्ष ०२४ ले गर्यो पद हस्तान्तरण
शनिबार, माघ १२, २०८१
पाल्पा जेसीजमा सामाजिक व्यक्तित्व तथा युवा व्यसायी जेसी विवेक काजी शाक्यको अध्यक्षतामा नयाँ समिति चयन भएको छ । वर्ष २०२५ का लागि शाक्यको अध्यक्षमा नयाँ समिति चयन भएको हो ।

लैङ्गिक उत्तरदायी बजेट परीक्षणको समीक्षा
शनिबार, माघ १२, २०८१
जिल्लाको रामपुरमा लैङ्गिक उत्तरदायी बजेट परीक्षणको समीक्षा तथा छलफल भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ र २०८१/८२ योजना कार्यक्रमको लैङ्गिक समानता र सामाजिक समावेशीकरण र लैङ्गिक उत्तरदायी बजेट परीक्षणको समीक्षा सहित छलफल गरेको हो ।

समाज र राष्ट्र निर्माणमा भूतपूर्व सैनिकको योगदान महत्वपूर्ण : सभापति श्रेष्ठ
शुक्रबार, माघ ११, २०८१
नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले समाज र देश निर्माणमा भूतपूर्व सैनिकहरुको योगदान महत्पूूर्ण रहेको बताएका छन् । शुक्रबार काँग्रेसको भातृ संस्था नेपाल भूतपूर्व सैनिक संघ पाल्पाको पाँचौं जिल्ला अधिवेशनलाई तानसेनमा सम्बोधन गर्दै समाज र देश निर्माणमा भूतपूर्व सैनिकहरुको योगदान महत्पूर्ण रहेको बताएका हुन् ।
बगनासकाली गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन
शुक्रबार, माघ ११, २०८१
जिल्लाको बगनासकाली गाउँपालिकाको सुविधासम्पन्न प्रशासनिक भवनको उद्घाटन गरिएका छ । बगनासकाली–१, चिर्तुङधारास्थित चिलाङ्दीमा निर्माण भएको चार तले भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार भर्चुअलमार्फत उद्घाटन गरेका हुन् ।

आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै
शुक्रबार, माघ ११, २०८१
आज अन्तर्राष्ट्रिय शिक्षा दिवस नेपालसहित विश्वभर विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको जनवरी २४ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र संघको महासभाले शान्ति र विकासका लागि शिक्षाको भूमिकाको उत्सव मनाउन जनवरी २४ लाई अन्तर्राष्ट्रिय शिक्षा दिवसको रूपमा घोषणा गरेको हो । सोही अनुरुप हरेक वर्ष...

भोली प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री सिंहसहितका उच्च पदस्थ व्यक्तिहरु पाल्पा आउँदै
बिहीबार, माघ १०, २०८१
भोली शुक्रबार देशका उच्च पदस्थ व्यक्तिहरु पाल्पा आउन लागेका छन् ।

भूमि समस्या समाधान आयोग पाल्पाका अध्यक्ष कार्कीद्वारा पदभार ग्रहण
बिहीबार, माघ १०, २०८१
भूमि समस्या समाधान आयोग पाल्पाका अध्यक्ष रामबहादुर कार्कीले पदभार ग्रहण गरेका छन् । अध्यक्ष कार्कीले एक औपचारिक कार्यक्रमकाबिच पदभार ग्रहण गरेका हुन् ।

भारतमा रेल दुर्घटना : १३ जनाको मृत्यु, मृतक मध्ये ४ नेपाली
बिहीबार, माघ १०, २०८१
भारतको महाराष्ट्रमा बुधबार भएको रेल दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । महाराष्ट्रको जलगाउँ जिल्लाको पाचोरा येथे पारधाडे रेल्वेस्थान नजिक भएको दुर्घटनामा ४ नेपालीसहित १३ जनाको मृत्यु भएको हो ।

छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु
बुधबार, माघ ९, २०८१
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार गुल्मी, रोल्पा र तनहुँमा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको हो ।

रामपुरमा भएको प्रथम अकला कपको उपाधि मोहमीलाई
बुधबार, माघ ९, २०८१
प्रथम अकला कप २०८१ को उपाधि मोहमी युवा क्लव चापाकोट –६ स्याङ्जाले हात पारेको छ । अकला युथ क्लव रामपुर –७ आमडाँडा पाल्पाको आयोजनामा भएको खुल्ला टोल स्तरीय पुरुष भलिबल प्रतियोगितामा लाङ्घाली उत्थान समाज पूर्वखोला १ सिलुवालाई सोझो सेटमा हराउँदै क्लवले उपाधि हात पारेको हो ।

‘अनुसन्धान तथा प्रतिष्ठान’ विधेयक माथि छलफल
बुधबार, माघ ९, २०८१
लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल भएको छ । लुम्बिनी प्रदेशसभाको जारी अधिवेशनको मंगलबारको बैठकमा उक्त विधेयक माथि छलफल भएको हो ।