लुम्बिनीका मन्त्री केसीको राजीनामा
शनिबार, माघ २८, २०७९
ट्याक्टर दुर्घटनामा दुुईको मृत्यु
शनिबार, माघ २८, २०७९
गुल्मी र अर्घाखाँचीका छट्टाछट्टै स्थानमा भएको ट्याक्टर दुर्घटनामा परी दुुई जनाको मृत्युु भएको छ । अर्घाखाँचीको पाणिनी र गुल्मीको धुर्कोटमा भएको ट्याक्टर दुर्घटनामा दुुई जनाको मृत्यु भएको हो ।
बढी शेयर पूँजी भएका सहकारीलाई राष्ट्र बैंकले नियमन गर्ने
शनिबार, माघ २८, २०७९
बचत तथा ऋणको कारोबार गर्ने ठूला सहकारी संस्थालाई नेपाल राष्ट्र बैंकको नियामकीय क्षेत्राधिकारभित्र ल्याउन लागिएको छ । शुक्रबार प्रतिनिधिसभामा दर्ता भएको ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९’ ले नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा संशोधन गरेर यस्तो व्यवस्था ल्याउनुपर्ने प्रस्ताव...
ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु
शनिबार, माघ २८, २०७९
पाणिनि गाउँपालिकामा भएको ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पाणिनि–८ पालीमा आज लु २ त ९२७१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा स्थानीय १८ वर्षीय हुमबहादुर कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।
बिजुले मनायो ३७ औं वार्षिक उत्सव
शनिबार, माघ २८, २०७९
बिजु इङिलस बोर्डिङ सेकेण्डरी स्कुल तानसेनले ३७ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । स्कूलले शुक्रबार एक औपचारिक कार्यक्रमका बिच वार्षिक उत्सव मनाएको हो ।
एपेन्डिसाइटिसको शल्यक्रिया रामपुरमै
शनिबार, माघ २८, २०७९
रामपुर अस्पतालमा एपेन्डिसाइटिसको शल्यक्रिया सेवा सुरु भएको छ । पहिलो पटक सफलतापूर्वक शल्यक्रिया गरिएपछि चिकित्सक तथा स्थानीय खुसी भएका छन् । अब एपेन्डिसाइटिसको उपचारका लागि सदरमुकाम तानसेन जानुपर्ने समस्या हटेको छ । मंगलबार राति स्थानीय २१ वर्षीया सरला रेग्मीको सफलतापूर्वक शल्यक्रिया गरी सो सेवाको थालनी भएको हो ।
टर्कीए भूकम्पः मृतकको संख्या २१ हजार पुुग्यो
शुक्रबार, माघ २७, २०७९
टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म २१ हजार जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् । टर्कीएको विपद् व्यवस्थापन निकायले अन्तरराष्टिय सहायताका निम्ति अपील गरेको छ । अन्तरराष्टिय रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीले तत्काल आफ्नो आपत्कालीन कोषबाट तत्काल नगद सहायता परिचान गर्ने...
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले लिए शपथ
शुक्रबार, माघ २७, २०७९
सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा शाहले प्रदेश प्रमुख देवराज जोशीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
जोखिम मोलेर बस्ती बचाउने युवाहरु अस्पतालको शैयामा !
शुक्रबार, माघ २७, २०७९
गुल्मीको कालीगण्डकी गाउँपालिका–७ भुर्तुङ्गमा आगलागीमा परी घाइते भएकाहरुको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । बिहीबार भुर्तुङ्ग, खस्कोट नजिकैको थाम भीरमा लागेको आगो नियन्त्रण गर्न पुुगेका स्थानीय १८ वर्षीय नामुु भारती र १६ वर्षीय टीका गिरी आगोमा परी घाइते भएका थिए । शरीरका विभिन्न भागमा आगो लागी जलेर घाइते...