Shittalpati
विश्व क्यान्सर दिवस मनाइदैं
विश्व क्यान्सर दिवस मनाइदैं विभिन्न चेतनामूलक कार्यक्रम गरी आज विश्व क्यान्सर दिवस मनाइदैं छ । ‘विश्वभरि हाम्रो आवाज एकजुट हो र कारवाही’ भन्ने नाराका साथ विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । सुरुमै क्यान्सर रोगको उपचार भएमा बिरामी पूर्णरुपमा निको हुने भएकाले यसबारे सर्वसाधारणमा जनचेतना बढाउन हरेक वर्षको फेब्रुअरी ४ मा यो...
रगतसम्बन्धी सबै सेवा निःशुल्क
रगतसम्बन्धी सबै सेवा निःशुल्क बुटवलमा रगतसम्बन्धी सबै सेवा निःशुल्क हुने भएको छ । बुटवल उपमहानगरपालिकाले रक्तसञ्चार सेवा केन्द्रसँग सम्झौता गरी बुटवलका बासिन्दाले रुपन्देहीका अस्पतालहरूमा उपचाररत रहँदा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ लिँदा शुल्क नलाग्ने व्यवस्था गरेको हो ।
दूध बिक्रीबाट मासिक पन्ध्र लाख आम्दानी
दूध बिक्रीबाट मासिक पन्ध्र लाख आम्दानी स्याङ्जाको फेदीखोला गाउँपालिका–१ मट्टिखानका विष्णुप्रसाद पोख्रेलले गाउँमै पशुपालन गर्दै आएका छन् । किराना पसल सञ्चालन गर्दै आएका उनले अहिले पुर्खयौली थलोमा पशुपालन सुरु गरेका छन् । उनले दुई वर्षअघि ‘जनविश्वास कृषि तथा पशु बहुउद्देश्यीय फार्म’ दर्ता गरी १० वटा भैँसीबाट व्यवसाय थालेका हुन् ।
तेस्रो लिङ्गीको गुनासो:‘हामी पनि मान्छे हौं, आत्मसम्मानका साथ बाँच्न पाउनुपर्छ’
तेस्रो लिङ्गीको गुनासो:‘हामी पनि मान्छे हौं, आत्मसम्मानका साथ बाँच्न पाउनुपर्छ’ यौनिक तथा लैङ्गिक अल्पसख्यांक समुदाय (तेस्रो लिङ्गी) का अगुवा अधिकारकर्मीहरूले समाजमा आत्मसम्मानजनक रुपमा बाँच्न पाउनुपर्ने बताएका छन् । परिवार र समाजले गर्ने नकारात्मक व्यवहारका कारण तेस्रो लिङ्गीहरु अपमानित हुनुु परेको भन्दैं उनीहरुले आत्मसम्मानका साथ बाँच्न पाउनुपर्ने बताए ।
तानसेनमा निकालियो भीमसेनको रथ यात्रा, रौनक भने हराउँदै
तानसेनमा निकालियो भीमसेनको रथ यात्रा, रौनक भने हराउँदै जिल्लाको सदरमुकाम तानसेनमा बिहीबार धार्मिक आस्थासँग जोडिएको भीमसेनको रथ यात्रा निकालिएको छ । नेवार समुदायले हरेक वर्ष माघ शुक्ल भीमा द्वादशीका दिन भीमसेनको रथ यात्रा निकाल्ने गर्दछन् । तानसेनको शित्तलपाटीस्थित भीमसेन मन्दिर परिसरबाट निकालिएको रथ यात्राले तानसेन नगर क्षेत्रका विभिन्न भागको परिक्रमा गरेको थियो । सो क्रममा भीमसेनको मूर्तिलाई खटमा...
भण्डारण गरिएको सुन्तला कुहियो, किसान चिन्तित
भण्डारण गरिएको सुन्तला कुहियो, किसान चिन्तित स्याङ्जामा शीतभण्डारमा भण्डारण गरिएको सुन्तला कुहिएपछि किसान चिन्तित भएका छन् । स्याङ्जा शीतभण्डार सहकारीले सञ्चालनमा ल्याएको शीत भण्डारमा भण्डारण गरिएको केही सुन्तला कुहिएको हो ।
चोरीका घटना बढेपछि पाल्पा प्रहरी चनाखो
चोरीका घटना बढेपछि पाल्पा प्रहरी चनाखो छिमेकी जिल्लाहरुमा चोरीका घटनाहरु बढेपछि पाल्पा प्रहरी चनाखो बनेको छ । जिल्ला प्रहरी कार्यालयले छिमेकी जिल्ला गुल्मी, स्याङ्जा, रुपन्देहीका विभिन्न स्थानमा चोरीका घटना बढ्न थालेपछि उच्च सर्तकताका साथ चनाखो बनेको हो । पाल्पामा पनि चोरीका घटना हुुन सक्ने भन्दै प्रहरीले सबैलाई उच्च सर्तकता अपनाउन भनेको छ । उसले एक सूूचना...
रवि प्रकरणले उब्जाएको प्रश्न
रवि प्रकरणले उब्जाएको प्रश्न रवि लमिछानेले अन्ततः जिल्ला प्रशाशन कार्यालय काठमाडौंबाट नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरे । उनी यस प्रकरणमा सम्मानित अदालत अनुरुप दोषी देखिए । उनले के गर्नु पर्ने थियो या थिएन भन्ने कुरा भन्दा पनि हाम्रो मुलुकको शासन सत्ता सञ्चालन गर्ने शसकहरुले पालन गर्ने विधि, विधान, ऐन, नियमको कुरा हो ।
तानसेनमा निकालियो भिमसेनको रथ यात्रा
तानसेनमा निकालियो भिमसेनको रथ यात्रा जिल्लाको सदरमुुकाम तानसेनमा विहीबार धार्मिक आस्थासँग जोडिएको भीमसेनको रथ यात्रा निकालिएको छ । नेवार समुदायले हरेक वर्ष माघ शुक्ल भीमा द्वादशीका दिन भिमसेनको रथ यात्रा निकाल्ने गर्दछन् ।
सांसद चौधरी पक्राउ
सांसद चौधरी पक्राउ सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । बिहीबार दिउँसो बाँकेबाट प्रहरीले उनलाई पक्राउ गरेको हो । चौधरी नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित सांसद हुन् ।
लुम्बिनी प्रदेश : मन्त्रालय घटे, दलहरूको दाबी घटेन
लुम्बिनी प्रदेश : मन्त्रालय घटे, दलहरूको दाबी घटेन लुम्बिनी प्रदेश सरकारले १३ बाट घटाएर १० वटा मन्त्रालयको टुंगो लगाएको छ । मुख्यमन्त्री लिला गिरीले सत्तारुढ दलका शीर्ष नेताहरूसँगको छलफलपछि १३ बाट घटाएर १० वटा मन्त्रालयको टुंगो लगाएका हुन् । उनले नियुक्ति भएकै दिन मन्त्रालयको संख्या घटाउने घोषणा गरेका थिए । मुख्यमन्त्री गिरीले यस अघि एक मन्त्रालय घटाइसेका थिए ...
Weather Update