एनपीएलमा बेटिङ आरोपमा पक्राउ चारै जनाविरुद्ध जिल्ला अदालतबाट म्याद थप
मंगलबार, मंसिर १८, २०८१

मानसिक समस्याको उपचार ध्यान : प्रदेश सांसद श्रेष्ठ
मंगलबार, मंसिर १८, २०८१
लुम्बिनी प्रदेशका सांसद एंव अर्थ उद्योग तथा पर्यटन विकास समितिका संयोजक राजु प्रसाद श्रेष्ठले मानसिक समस्याको उपचार ध्यान भएको बताएको छन् । रामपुर नगरपालिकाको आयोजनामा भएको सकारात्मक सोँच र स्वस्थ जीवनका लागि जीवन र जगत सम्बन्धी २ दिने मेडिटेशन मोटिभेशन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद श्रेष्ठले यस्तो बताएका हुन् ।

आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै
मंगलबार, मंसिर १८, २०८१
आज ३ डिसेम्बर अर्थात् ३३ औँ अन्तर्राष्ट्रिय अपा·ता दिवस । नेपालसहित विश्वभर विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै यो दिवश मनाइँदैछ । संयुक्त राष्ट्रसंघको पहलमा विश्वभर हरेक डिसेम्बर ३ मा अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइन्छ । सन् १९९२ देखि अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाउन थालिएको हो भने नेपालमा भने सन् १९९३ देखि यो दिवश...

आज प्रधानमन्त्री ओली चीन जाँदै
सोमबार, मंसिर १७, २०८१
प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज बिहान बेइजिङ प्रस्थान गर्न लागेका छन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनी यही मंसिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लागेका हुन् ।

आज स्थानीय तह उपनिर्वाचन
आइतबार, मंसिर १६, २०८१
स्थानीय तह उपनिर्वाचनका लागि आज मतदान हुँदैछ । निर्वाचन आयोगले मतदानका लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ । विभिन्न स्थानीय तहमा रिक्त रहेका नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।...

तानसेनमा न्यू होराजन प्रदेशस्तरीय हाजिर जवाफ
आइतबार, मंसिर १६, २०८१
तानसेनमा न्यू होराइजन प्रदेशस्तरीय हाजिरजवाफ प्रतियोगिता भएको छ । न्यू होराइजन आवासीय मावि बुटवल को आयोजनामा ३१ औं न्यू होराइजन प्रदेशस्तरीय हाजिर जवाफ प्रतियोगिता तानसेन केन्द्रमा भएको हो ।

सेवा प्रवाह सुधार गर
शनिबार, मंसिर १५, २०८१
नेपालमा सार्वजनिक सेवा प्रवाह अझै पनि सहज बन्न सकिरहेको छैन् । सार्वजनिक सेवा सरकार र जनताबिचको सम्बन्ध सेतु मात्र नभई सरकारको प्रभावकारिता र क्षमता पहिचान गर्ने माध्यम पनि हो ।

ग्लोबल आइएमई बैंकको सहयोग
शनिबार, मंसिर १५, २०८१
ग्लोबल आइएमई बैंकले विद्युतीय शवदाह गृह निर्माणका लागि २० लाख सहयोग गरेको छ । उसले बाँकेको कोहलपुर नगरपालिकामा विद्युतीय शवदाह गृह निर्माणका लागि उक्त रकम सहयोग गरेको हो ।

आज बाला चतुर्दशी, शिवालयहरुमा शतबीज छरिँदै
शनिबार, मंसिर १५, २०८१
आज बाला चतुर्दशी पर्व । दिवंगत परिवारका सदस्यहरूको सद्गतिको कामना गर्दै आज बिहान सदबीज छरिँदै छ । बाला चतुर्दशीका दिन देशभरका शिवालयमा दिवंगत पितृको सम्झनामा सतबीज छर्ने गरिन्छ । सदबीजमा धान, गहुँ, जौ, हलेदो, सक्खर खण्डलगायत चीजबिज छर्ने परम्परा छ ।

नेपाल श्रीलङ्कासँग ५५ रनले पराजित
शुक्रबार, मंसिर १४, २०८१
एसीसी १९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटमा नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ५५ रनले पराजित भएको छ । श्रीलङ्काले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभर २ बलमा १ सय ७८ रनमा अलआउट भयो । नेपालका मयन यादवले सबैभन्दा धेरै ६२ रन बनाए । श्रीलङ्काका प्रभीन मनीषाले ३...

तिनाउमा एक पुुरुष मृत फेला
शुक्रबार, मंसिर १४, २०८१
जिल्लाको तिनाउ गाउँपालिका –६ मस्यामस्थित ढाक्रिपार भिरमा एक जना पुुरुष मृत फेला परेका छन् । हाल नामथर वतन नखुलेको अन्दाजी ३०/३५ वर्षको जस्तो देखिने पुरुष व्यक्ति शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । स्थानीयले ति पुुरुषलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।