सवारी दुर्घटनामा नौं जनाको अकालमै गयो ज्यान
सोमबार, मंसिर १०, २०८१
-1721213837.jpg)
सुन तोलामा एकैदिन १५ हजार ९ सयले घट्यो
सोमबार, मंसिर १०, २०८१
नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । सरकारले सुन आयातको भन्सार दर ५० प्रतिशतले घटाएपछि सोमबार सुनको भाउ तोलामै १५ हजार ९ सय रुपैयाँले घटेको हो ।

सहकारी ठगी प्रकरण : रविमाथि अनुसन्धान गर्न फेरी म्याद थप
आइतबार, मंसिर ९, २०८१
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धानका लागि कास्की जिल्ला अदालतले फेरी म्याद थप गरेको छ । लामिछानेलाई अझैं १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदालतले प्रहरीलाई अनुमति दिएको हो ।

छुट्टाछुट्टै घटनामा पाँच जनाको मृत्यु
आइतबार, मंसिर ९, २०८१
देशका विभिन्न स्थानमा भएका घटनामा पाँच जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कपिलवस्तु, दैलेख, सिन्धुली, सर्लाही र धनुषामा भएका छुट्टाछुट्टै घटनामा पाँच जनाको मृत्यु भएको हो ।

किसानलाई धान भित्र्याउने चटारो
आइतबार, मंसिर ९, २०८१
यति बेला पहेँलपुर भएर पोकेको धान काट्न, चुट्न र भित्र्याउन किसान बिहानदेखि बेलुकासम्म खेतमै व्यस्त छन् । कतिपयले भने मंसिर अघि नै धान थन्क्याइसकेका छन् ।

सहकारी ठगी प्रकरण : रविविरुद्ध धमाधम पक्राउ पुर्जी
शनिबार, मंसिर ८, २०८१
सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध धमाधम पक्राउ पुर्जी जारी भएको छ । सहकारीको रकम ठगी र संगठित अपराधको कसुरमा अनुसन्धान गर्न कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेविरुद्ध विभिन्न जिल्लाबाट एकपछि अर्को गरी पक्राउ पुर्जी जारी भएको हो ।

‘हेरिटेज राइड’ सफल पार्न सहयोग गर्नेलाई सम्मान
शुक्रबार, मंसिर ७, २०८१
पाल्पा साइक्लिङ संघले ‘हेरिटेज राइड–२०८१’ सफल पार्न सहयोग गर्नेहरुलाई सम्मान तथा मायाको चिनो वितरण गरेको छ । संघले शुक्रबार तानसेनमा एक औपचारिक कार्यक्रम गरी ‘हेरिटेज राइड’मा सहयोग गर्नेहरुलाई सम्मान गरेको हो ।

विश्व दर्शनशास्त्र दिवस मनाइँदै
बिहीबार, मंसिर ६, २०८१
आज विश्व दर्शनशास्त्र दिवस विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । दर्शन र यसको अर्थ, औचित्य र महत्वबोध गर्ने/गराउने ध्येयले लेखिएका दर्शनसम्बन्धि विश्लेषण र संश्लेषणले भरिएका दर्शन–दिग्दर्शनका ज्ञानहरुका शास्त्रहरुको उच्च मूल्याड्ढन, संरक्षण र संरक्षण गर्दै दर्शन र दर्शनशास्त्रको गरिमा र महिमा बोध गर्न–गराउनका लागि आजको दिन यो दिवस मनाउने गरिएको...

पौंदेली न्वागी पर्वको उत्साह : यस्तो छ परम्परा
बुधबार, मंसिर ५, २०८१
न्वागी पर्व ठाउँअनुसार फरक–कर तरिकारले मनाउने गरिन्छ । न्वागीको आफ्नै महत्व र विशेषता रहे पनि नेपालमा जाति, क्षेत्र र समुदायअनुसार मनाउने चलन छ ।
-1721213853.jpg)
सुन–चाँदीको मूल्य फेरि बढ्यो
मंगलबार, मंसिर ४, २०८१
पछिल्ला केही दिन यता निरन्तर ओरालो लागेको सुन–चाँदीको मूल्य सोमबार र मंगलबार भने बढेको छ । सोमबार एक हजारले बढेको सुुन मंगलबार भने १ हजार १ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको हो ।

दुर्गा प्रसाईं पक्राउ
मंगलबार, मंसिर ४, २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले प्रसाईंलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।

लोकतान्त्रिक आन्दोलनका अभियन्ता ढुंगानाको अवसान
मंगलबार, मंसिर ४, २०८१
नेपालको लोकतान्त्रिक आन्दोलनको एक अभियान्ता एवं पूर्वसभामुख दमननाथ ढुंगाना ८३ वर्षको उमेरमा अस्ताएका छन् । लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण योगदान दिएका ढुंगानाको आइतबार निधन भएको हो । कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुंगानाको पुरानो फ्रन्टलाइन अस्पताल काठमाडौमा आइतबार दिउँसो निधन भएको थियो ।

आज विश्व शौचालय दिवस मनाइदैं
मंगलबार, मंसिर ४, २०८१
आज विश्व शौचालय दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । संयुक्त राष्ट्र संघले १९ नोभेम्बरलाई विश्व शौचालय दिवसको रुपमा मनाउदै आएको छ । विश्वका सबै नागरिकहरुलाई सुरक्षित शौचालयको पहुँचमा पुर्याउने तथा विश्वमा स्वास्थ्य र सरसफाईको स्तर कायम गरी मानव जीवन सुरक्षित बनाउने उद्देश्यले विश्व शौचालय दिवस मनाउन थालिएको...